भर्खरै :

लोकेश्वर साकोसको अर्धवार्षिक समीक्षा सम्पन्न

भक्तपुर, ४ फागुन । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को आव २०७६÷७७ को अर्धवार्षिक समीक्षा कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले समाजमा बढ्दो राजनीतिक विकृतिले समाजमा मानवीय संवेदना घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले नयाँ पुस्तालाई मानवीय आचार र सैद्धान्तिक ज्ञानबाट शिक्षित बनाउनुपर्नेमा जोड दिंदै अमेरिकी एमसीसी नेपालको हितविपरीत भएको प्रस्ट पार्नुभयो ।
पूर्व वडाअध्यक्ष रवीन्द्र खर्बुजाले विकास निर्माणको नाममा आएका विभिन्न सर्तसहितको विदेशी लगानीले देशलाई परनिर्भरमात्र नभई देश नै विदेशीको हातमा पर्नसक्ने खतरा रहेको औँल्याउनुभयो । उहाँले त्यस्ता सहयोगभित्र लुकेका काला सर्तबाट विदेशी राष्ट्रले हाम्रो देशमा अधिकार र स्वामित्व खोज्ने स्वार्थी नीतिलाई हामीले बुझ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष एवं भनपाका वडा सदस्य श्यामसुन्दर मातां, पूर्वअध्यक्ष रामसुन्दर सुजखूलगायतले शुभकामना व्यक्त गर्नुभयो ।
समीक्षा कार्यक्रममा सचिव कृष्णराम तुकंबन्जारको प्रगति प्रतिवेदन तथा प्रस्तावहरू, कोषाध्यक्ष पुण्यराम स्वँगमिखाको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालको प्रतिवेदन पारित गरियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति राजन जतिले संस्थाले गर्नुपर्ने र संस्था उत्थानको लागि सदस्यहरूको भूमिका सम्बन्धमा प्रस्ट पार्नुभएको थियो । साकोसले आव २०७६÷७७ को असार मसान्तसम्ममा रु. १२,०४,९१,४१०। लक्ष्य लिएकोमा पुस मसान्तसम्म रु. १०,२३,१८,४५६। को कारोबार भएको छ । संस्थामा सदस्य सङ्ख्या १,४९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *