जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
रु लेन आल्डिस र वात्ेट गियापबाट (By Len Aldis and Yvette Giap)
सन् १९६१ अगष्ट १० तारिखको दिन संरा अमेरिकाले दक्षिणी भियतनाममा पहिलोपटक ‘एजेन्ट अरेन्ट’ (Agent Orange) नामक विषादी छरेको थियो । यस वर्षको अगष्ट १० तारिखको दिन उक्त घटनाको ५१ औँ वर्ष पुग्नेछ । दक्षिणी भियतनाममा त्यहाँका रुख, बालीनाली, गाउँबस्ती तथा मानिसहरूमाथि १० वर्षसम्म लगातार उक्त विषादी छरिएको थियो । त्यसरी छर्नका लागि मात्रै ८ करोड लिटर विषादी प्रयोग गरेको थियो ।
संरा अमेरिकी समूह र तिनको गुटको विरोधमा रहेका भियतनामी जनतालाई सताउनका लागि त्यस विषादीको प्रयोग गरिएको थियो । प्रयोग भएको केही दिनमै त्यस विषादीले भियतनामका उत्कृष्ट वन–जङ्गल र त्यहाँका जीवजन्तुहरूमाथि खराब असर पार्नथाल्यो । संरा अमेरिकाले आफ्ना विरोधीहरूले खान नपाऊन् भनी भियतनामका खेतबारी र उम्रिसकेका खाद्यान्नहरूमा समेत एजेन्ट अरेन्ट विषादी छरेको थियो । उक्त विषादी गाउँबस्तीहरूमा छरेको थियो । गाउँबस्तीहरूमा उक्त विषादी दुई–तीन पटकसम्म छरिएको थियो । यसले सम्पूर्ण गाउँबस्तीमा नराम्रो प्रभाव पा¥यो ।

खाद्यान्नमा एजेन्ट अरेन्ज विषादी छरिँदा त्यस्ता प्रभावित खाद्यान्न खाने व्यक्तिहरूको शरिरभित्र उक्त विषादी पुग्यो । त्यसले भियतनाममा सयौं, हजारौं बालबालिकाहरू केही न केही शारीरिक वा मानसिक खराबी लिई जन्मे । भियतनामको शान्ति गाउँ (Peace Village) मा रहेको टु डु अस्पताल (Tu Du Hospital) मा अहिले पनि त्यस्ता बालबालिकाहरूलाई देख्न सकिन्छ जुन दृश्य निकै मार्मिक छ ।
‘एजेन्ट अरेन्ज’ विषादीको प्रयोगबाट त्यस समय धेरै भियतनामी जनता मारिएका थिए तर बाँचेकाहरू पनि विभिन्न प्रकारका रोग र शारीरिक अपाङ्गता भोग्न बाध्य छन् । त्यस्ता व्यक्तिहरूलाई अहिले तिनका अभिभावक तथा हजुरबा–आमाहरूले २४ सै घन्टा रेखदेख गर्नुपर्ने हुन्छ । त्यसरी रेखदेख गर्ने निकै थोरै अस्पतालहरू, क्लिनिक तथा स्वास्थ्यकेन्द्रहरू छन् ।
उक्त विषादी छरिएको प्रान्त तथा सहरका प्रभावित व्यक्तिहरूका छोराछोरी तथा नातिनातिनीहरूमा पनि उक्त सङ्क्रमण वंशानुगतरूपमा देखापरेको छ । हाल भियतनाममा ४० लाख जनता ‘एजेन्ट अरेन्ज’ विषादीबाट ग्रसित छन् । यदि यसलाई समयमा नै समाधान गर्न सकिएन भने उक्त विषादीले त्यहाँका चौथो पुस्तालाई पनि असर गर्नेछ ।

‘एजेन्ट अरेन्ज’ जस्तो खतरनाक विषादी प्रयोग गर्नु आफैँमा एक युद्ध अपराध हो । तर, सन् १९७१ मा उक्त विषादी प्रयोग गर्न बन्द गरिएको तथा आजभन्दा ३७ वर्षअगाडि सन् १९७५ मा नै युद्ध रोकिएको भए तापनि त्यस विषादीको असर हालका निर्दोष बालबालिका र युवायुवतीहरूमा देखिनु त्योभन्दा ठूलो अपराध हो । ती निर्दोष बालबालिका तथा युवायुवतीहरूले हालको अवस्था भोग्नका लागि कुनै पनि प्रकारका अपराध गरेका थिएनन् तर पनि तिनीहरू उक्त युद्धको सजाय भोग्दै छन् ।
एजेन्ट अरेन्जको निर्माण गर्ने कम्पनीहरू मोन्सान्टो (Monsanto) र डो केमिकल्स
(Dow Chemicals) थिए । त्यस्ता ३६ वटा संरा अमेरिकी रासायनिक कम्पनीहरू जिम्मेवारी लिन्छन् । तिनीहरूमध्ये मोन्सान्टो र डो केमिकल्स मुख्य हुन् ।
तिनीहरूले भियतनाममा उक्त विषादीबाट प्रभावित मानिसहरूलाई पनि कुनै प्रकारको क्षतिपूर्ति दिएका छैनन् । संरा अमेरिकी सरकार, मोन्सान्टो डो र अरू कम्पनीहरूसँग क्षतिपूर्ति पाउन अन्तर्राष्ट्रिय अभियानहरू चालू राख्नेछन् ।
हालसालै गरिएको बेइज्जती ः
यही वर्षको जुलाई २७ तारिखका दिन संरा अमेरिकामा लण्डन ओलम्पिक (London Olympic) र प्यारालिम्पिक खेलहरू (Paralympic Games) हरूको सुरुवात हुनेछ । २०११ अगस्ट महिनामा ‘एजेन्ट अरेन्ज’ निर्माण गर्ने डो कम्पनीलाई सन् २०२० सम्म उक्त खेल प्रायोजन गर्न दिने घोषणा गरियो । साथै ओलम्पिक खेलिने रङ्गशालामा भएका ३३६ ठूलठूला खम्बाहरूलाई छोप्नका लागि आवश्यक कपडाहरू बनाउने सम्झौता पनि सोही कम्पनीसँग गरियो ।
यसप्रकारबाट जनताको बेइज्जती गरिएको विरुद्धमा धेरै विरोध प्रदर्शनहरू गरिएका छन् । उक्त डो कम्पनीले नापाम (Napalm) नामक विषालु रसायन पनि उत्पादन गर्दछ ।
यसरी डो कम्पनीलाई प्रायोजक बनाएको विरोधमा उकाट संस्था (Ucatt) का महासचिव स्टिभ मर्फी (Steve Murphy) ले ओलम्पिक आयोजकहरूलाई विरोध पत्र दिएका छन् । हामी अन्य मजदुर सङ्घसंस्थाहरूलाई पनि उक्त विरोधमा समर्थन गर्न आह्वान गर्दछौँ ।
भियतनाम युद्धको समयमा बेलायती श्रमसङ्गठनहरूले भियतनामी जनताको समर्थनमा ठूलो भूमिका निभाएका थिए । अहिले पनि भियतनामी जनताका लागि त्यस्तै समर्थनको आवश्यकता छ ।
हाल निम्न कार्यहरू गर्न आवश्यक छ ः–
– डो केमिकल कम्पनीको विगतको इतिहास हेरी अन्तर्राष्ट्रिय ओलम्पिक समितिले उक्त कम्पनीलाई ओलम्पिक खेलको प्रायोजकबाट हटाउने,
– एजेन्ट अरेन्ज विषादीले प्रभावित पारेका भियतनामी जनताको आवश्यकता के–के छन् भनी बेलायती सरकारले भियतनामी सरकार र त्यहाँको रेडक्रस संस्थासँग सल्लाह गर्ने तथा आवश्यक सामग्री वा हेरचाह उपलब्ध गराउने,
– भियतनामी श्रम सङ्गठनमा हाल ५०,००,००० भन्दा बढी सदस्यहरू छन् । त्यस्तै भियतनामी महिला सङ्गठन (Vietnam Women’s Union) मा १,५०,००,००० भन्दा बढी सदस्यहरू छन् । ती सदस्यहरूमध्ये कोही आफैँ वा कसैको आफ्ना नातेदारहरू ‘एजेन्ट अरेन्ज’ नामक विषादीबाट प्रभावित छन् । यस्तो समयमा श्रम सङ्गठन परिषद्
(TUC) ले भियतनामी श्रम सङ्गठन तथा भियतनामी महिला सङ्गठनलाई समर्थन गर्नुपर्छ तथा ती सङ्गठनलाई हामीले कस्तो प्रकारले सहयोग गर्नसक्छौँ भनी सल्लाह गर्नुपर्दछ ।
– भियतनामी श्रम सङ्गठन तथा बेलायती सङ्गठनबीच शिक्षा, स्वास्थ्य आदि जस्ता क्षेत्रहरूमा आदान–प्रदान वृद्धि गर्ने ।
(Agent Orange and its effects on Vietnam)
The New Worker 4th May 2012
Leave a Reply