भर्खरै :

झीगु ख्वप साकोसमा बाजा प्रशिक्षण सुरु

भक्तपुर, ५ फागुन । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि.ले ६ महिने बाँसुरी, पछिमा, धलक बाजा प्रशिक्षण आइतबार शुभारम्भ भएको छ ।
शुभारम्भ कार्यक्रममा बाजा गुरुहरूलाई बाजा हस्तान्तरण गर्दै नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष एवं वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले सीप सिकेको व्यक्ति समाजमा अग्रपङ्क्तिमा पुगेकै हुने बताउनुभयो ।
उहाँले आजभन्दा ६ वर्षअगाडि सन् २०१४ मा समाजवादी देश प्रजग कोरिया पुग्दा त्यहाँको राज्यले हरेक बालबालिकाहरूलाई पढाइको साथसाथै चित्रकला, सङ्गीत, नृत्यबाट मनोरञ्जनका साथै थप सीप सिकाउने गरेको र यस्ता क्रियाकलापले विद्यार्थीको सोच्ने, सम्झने, सिर्जनात्मकता अभिवृद्धि हुने गरेको बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले परम्परागत बाजागाजालाई जीवन्तता दिने उद्देश्यले संस्थाले बाजा प्रशिक्षण गरेकोमा खुसी व्यक्त गर्दै पर्यटकीय नगर, शैक्षिक गन्तव्यस्थल बनाउने सोचलाई यसले केही भए पनि टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्षले संस्थाले आयोजना गरेको बाजा प्रशिक्षणले संस्थाको प्रगति गर्नमा थप टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा ख्वप पौका प्रधानसम्पादक आशाकुमार चिकंबञ्जार, पूर्वअध्यक्ष तुल्सीराम ग्वाछा संस्कृतिकर्मी जननीप्रसाद मूल बाजा गुरु दिलबहादुर त्यात, वाद्यगुरु इन्दिरा लाछिमस्यूले बोल्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष गोसाईले बाँसुरी गुरुद्वय रुद्रबहादुर कवां र सुनिल धौबञ्जारलाई बाँसुरी, पछिमा गुरु कृष्ण सितिखुलाई पछिमा र ढोलक गुरु रामकृष्ण किसीलाई पछिमा हस्तान्तरण गर्नुभयो ।
संस्थाका अध्यक्ष बलराम गोसाईको सभापतित्वमा भएको कार्यक्रममा सचिव हरिकृष्ण दनेगुलू, सांस्कृतिक उप–समितिका संयोजक नारायणप्रसाद मचामसी, प्रकाश गोसाईलगायतले बोल्नुभएको थियो ।
प्रशिक्षणअन्तर्गत बाँसुरीमा १८ जना, पछिमामा ८ जना, ढोलकमा ८ जना सहभागी रहेको आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *