नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
– गौरव प्रधान
सम्पूर्ण जनताको जिम्मेवारी सरकारले लिन्छ रे ! वाह ! प्रधानमन्त्री केपी ओलीको महावाणी त वजनदार नै रहेछ । वजनदार भाषणको जो कसैले तौल्न सायद गा¥है हुन्छ । जनताले चाहेको व्यवस्था जनताको जिम्मेवारी सरकारले लिनुपर्छ भन्ने नै हो । त्यो व्यवस्था समाजवाद भनोस् या नभनोस् । तर, प्रश्न उठेको छ, सम्पूर्ण जनताको जिम्मेवारी सरकारले कहिलेदेखि लिने हो ? जनता प्रतिक्षारत छन् । जनताको निम्ति गर्नुपर्ने जोहो सरकारले जिम्मा लिने काम दमकको एक कार्यक्रममा उपस्थितिको ताली पाउनमात्र हो या साँच्चै व्यवहारमा लागू गर्न ! त्यो बोझिलो कुरा भित्री हृदयदेखि भनेको हो या एकक्षण जनतामा उत्साह थप्न या जुरुक्क उचाल्न !
के अब प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम र बजेटमा दश जोड दुईसम्म निःशुल्क र अनिवार्य शिक्षा पाउनेमा ढुक्क भए हुन्छ ? उच्च शिक्षासम्म जनताका छोराछोरीले निःशुल्क शिक्षा अध्ययन गर्ने मौका पाउने भयो होइन ? देशभरका निजी विद्यालय तथा कलेज पनि सरकारीकरण भएर सबैले समान शिक्षा आर्जन गर्ने दिन आउने भयो होइन ? जमिन जोत्नेको व्यवस्था, कृषकहरूको निम्ति स्वदेशमै रासायनिक मल, नयाँ–नयाँ बीउबिजन, सर्वसुलभ कृषि औजार र सिंचाइको सुविधा भयो भने खाद्यानमा आत्मनिर्भर बनाउने सपना पनि त पूरा हुन्छ नि ! सबै जनताले निःशुल्क स्वास्थ्योपचार गर्ने व्यवस्था भयो भने कसको विरोध रहन्छ र ! खानेपानी सबैले खान पाए, देशभरि बिजुली बत्ती पु¥याउन सके त्यो जति राम्रो काम अरू के नै हुन्छ र ?
सबैको निम्ति नाना, छाना र दानाको व्यवस्था भयो भने विदेशी भूमिमा किन पाइला टेक्नुप¥यो ? विदेशी भूमिमा पसेर अरूको लात र बात खाएर किन दासी जीवनजस्तो बिताउनुप¥यो ? के अबदेखि कसैले कसैलाई कुनै बहाना बनाएर बेपत्ता पार्दैन, अङ्ग बेचबिखन गर्दैन, बलात्कार गर्दैन, बेश्यालय पु¥याउँदैन या हत्या हिंसा गर्दैन भन्ने बुझ्दा हुन्छ ? के अब सबैको सुरक्षित हुन्छ ? कहीं कतै चोरी चकारी हुँदैन ? डाँका मार्दैन ? भोक, रोग र शोक कसैलाई हुने छैन, अनि त्यसको कारण मर्नु पनि पर्दैन ? यी सबै पूरा भए त साँच्चै दुई अध्यक्ष भएको नेकपालाई नक्कली कम्युनिस्ट पार्टी भन्ने उपाधी पनि दिनुपर्दैन हगि ! अनि त सबैलाई हाइसञ्चो नहुनु कसरी !
सम्पूर्ण जनताको जिम्मेवारी सरकारले लिएपछि प्रधानमन्त्री ओली साँच्चै ‘शासक’ होइन ‘सेवक’ रहेछ नभनी सुख ! तर, जिम्मेवारी कहिलेदेखि लिने भन्ने कुराको नापो के ? विनानापोको सपना बाँडेर अघाउने, गर्व गर्ने प्रम ओली ‘शासक’ नबनी कसरी ‘सेवक’ हुन्छ र ! प्रम ओली सेवक होइन शासक बनेरै रमाइरहेका छन्, सिंहासनमा बसिरहेका छन् । सरकारले बेलाबखत ल्याएको नीति, नियम र निर्णयले पनि प्रम ओली शासकै बनेका छन् । केपी ओली सरकारको दुईवर्षे गतिविधिको पाना पल्टाएर हेर्दा आफू बाचुञ्जेल शासक नै भइरहने छाँटकाँट देखिन्छ । तर, जनतालाई पेलेरै ठाउँमा ल्याउने प्रमको गतिविधिले ओली कसरी ‘सेवक’ बन्छन् ?
सम्पूर्ण जनताको जिम्मेवारी लिएपछि त सरकारलाई असल र उदाहरणीय सरकार भन्न किन कञ्जुस्याइँ गर्ने ? अनि त यो जनताको सरकार हुँदैन र ! सरकार देशप्रति पनि जिम्मेवार भए सुनमा सुगन्ध हुन्छ । जनताप्रति जवाफदेही सरकार बनेपछि कसलाई केको चिन्ता ¤ सबै जनताको काम, माम र कपडाको व्यवस्था भएपछि रोग, भोक र शोकको चिन्ता पनि हुँदैन । घर बनाउन नसकेका सबै भूकम्प पीडितलाई सरकारले नै घर बनाए त हाइसञ्चो हुन्छ नि ! अब देशमा कहीँ कतै मागेर खाने नेपाली नागरिक पनि नहुने भो रे । तीन छाक खान नपर्ने नेपाली कामको खोजीमा विदेश जाने छैनन् रे । अब नेपाली भूमि बाँझो हुने छैन रे । सबै नेपालीले आ–आफ्नो श्रम, समय, ज्ञान र अनुभव आफ्नै माटो या भूमिमा खर्चिने छन् रे । अनि गाउँ बन्छ, देश बन्छ रे । तब सुखी नेपाली र समृद्ध नेपाल पनि बन्छ नि होइन ? तर, मनको लड्डु घ्यूसित खाएर मनको बह कसरी पूरा हुन्छ ?
Leave a Reply