ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, ६ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ८ गतेदेखि १२ गतेसम्म हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताबारे मङ्गलबार पत्रकार भेटघाट कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको समयमा भक्तपुरका जनताबीच व्यक्त प्रतिबद्धता पूरा गर्ने सिलसिलामा भक्तपुर नपाले हरेक वर्ष खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले खेलकुदलाई संविधानको मौलिक हकको रूपमा समावेश गर्नुपर्ने बताउँदै नगर प्रमुख प्रजापतिले खेलकुदलाई सबै नागरिकको अभिन्न अङ्गको रूपमा विकास गर्दै लाने उद्देश्य नगरपालिकाको रहेको बताउनुभयो ।
भक्तपुर नपाले नगरका सबै वडा तथा नपाद्वारा सञ्चालित कलेजहरूमा व्यायामसामग्री स्थापना गरिसकेको, सभ्य र अनुशासित नागरिक तयार गर्ने काम गरिरहेको उल्लेख गर्दै उहाँले खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने मञ्च प्रदान गर्न खेलकुद प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले जनतालाई परिचालन र सक्रिय बनाइराख्न भक्तपुर नगरपालिकाले समय–समयमा बाजा तथा खेलकुद प्रतियोगिता, स्वास्थ्य शिविर सञ्चालन, विभिन्न सीपमूलक तालिम यहाँका नागरिकहरूलाई उत्साहित गर्दै आएको बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समिति संयोजक श्यामकृष्ण खत्रीले अन्तरनगर एथ्लेटिक्स प्रतियोगितासम्बन्धी प्रेस विज्ञप्ति वाचन गर्नुभयो भने भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।
नेपाल एथ्लेटिक्स सङ्घका सचिव राधाकृष्ण विष्टले भक्तपुर नपाको आयोजनामा हुने एथ्लेटिक्स प्रतियोगिता अन्तर्राष्ट्रिय मूल्य–मान्यताअनुसार खेलाइने र यो राष्ट्रिय स्तरकै खेल प्रतियोगिता भएको बताउनुभयो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमबाट प्रतिनिधित्व गर्नुभएका पत्रकारहरूले प्रतियोगिताबारे जिज्ञासा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले अन्तरनगर एथ्लेटिक्स प्रतियोगितामा सहभागी खेलाडीहरूलाई ट्रयाकसुट वितरण गर्नुभयो ।
Leave a Reply