भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, ६ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा चैत ४–८ गते हुने भक्तपुर महोत्सवको तयारीमा बुधबार कर्मचारी भेला भयो ।
भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सवमा सम्पदालगायत नगरको हरेक क्षेत्र, टोल, गल्लीको सरसफाइलाई विशेष ध्यान दिनुपर्ने बताउँदै अवलोकनकर्ताले राम्रो पक्षलाई भन्दा नराम्रो पक्षलाई केलाउने हुँदा सबैखाले चुनौती सामना गर्न हामी सक्षम हुनुपर्ने बताउनुभयो ।
नगरपालिकाले महोत्वसको तयारीस्वरुप दिनहुँजसो समितिहरूमार्पmत विभिन्न सरोकारवालाहरूसँग बसी महोत्सवको व्यापक तयारी गरिरहेको जानकारी गराउँदै पाँच दिने महोत्सवमा सांस्कृतिक महोत्सव गर्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नपाको आयोजनामा यही फागुन ८–१२ सम्म हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगितामा भनपालगायत १६ वटा नगरपालिकाले भाग लिएको जनाकारी दिँदै प्रतियोगिताको विभिन्न त्ेन्टबारे जानकारी गराउनुभयो ।
उहाँले भक्तपुर महोत्सवको तयारीमा नगरपालिका तदारुकताका साथ अगाडि बढिरहेको छ भन्दै भक्तपुरमा रहेको मूर्त र अमूर्त सम्पदाहरू देखाउने यो सुनौलो मौका भएकोले कर्मचारीहरूले आ–आफ्नो ठाउँबाट मिहिनेत र लगनशीलताका साथ महोत्सवको तयारी तथा प्रचार प्रसारमा लाग्नुपर्ने आवश्यकताबोध गराउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले भक्तपुर महोत्सव सिङ्गो भक्तपुरवासीले उल्लासमय तरिकाले सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवा र ओमप्रसाद धौभडेलले पनि बोल्नुभएको थियो ।
Leave a Reply