राजनीति, सरकार र सुशासनको नारा
- श्रावण ११, २०८३
प्रमुख प्रतिपक्ष दल एमालेलगायत ९ वटा दलहरुले प्रधानन्यायधीश सुशिला कार्की विरुद्ध व्यवस्थापिका–संसदमा दर्ता गरिएको महाभियोगको प्रस्ताव अनुचित भएको ठहर गर्दै विरोध वक्तव्य जारी गरेको छ । बिहीबार बसेको संयुक्त बैठकले शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र, न्यायपालिकाको मर्म र लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर प्रहार गरेकोले महाभियोग प्रस्ताव तुरुन्त फिर्ता लिई कानुनी शासनको सम्मान गर्न प्रस्तावक राजनीतिक दलहरुसमक्ष्ँ माग गरेको छ ।
वक्तव्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, नेकपा मालेका महासचिव सीपी मैनाली, राप्रपाका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल, बौद्धिक जनतान्त्रिक परिषद् नेपालका अध्यक्ष लक्ष्मण राजवंशी, बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान र मधेस समता पार्टीका अध्यक्ष मेघराज नेपाली निषादले हस्ताक्षर गर्नुभएको छ ।
Leave a Reply