ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, ७ फागुन । ख्वप्रिङ इङ्कलिश एकेडेमीले आफ्नो २० औँ स्थापना दिवसको अवसरमा भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित दोस्रो ख्वप्रिङ कप उपत्यकाव्यापी अन्तरविद्यालय बुद्धिचाल प्रतियोगितामा बीएन एकेडेमी, काठमाडौँले दुई स्वर्ण र एक रजत जित्न सफल भएको छ ।
बुधबार सम्पन्न तेस्रो, चौथो र पाँचाँै चरणका खेलहरूमा ११ वर्षमुनि छात्रतर्फ बीएन एकेडेमीका आलोक चौधरी ४.५ अङ्गका साथ प्रथम, बीएन एकेडेमीकै विद्यार्थीद्वय सिमोद विक ४ र अविन पाण्डे ३.५ अङ्गका साथ तृतीय भए । त्यस्तै १३ वर्षमुनि छात्र समूहमा रिलायन्स स्कूलका सङ्कम कटुवाल प्रतियोगिताका ५ वटै खेलहरू जितेर प्रथम हुन सफल भए र सो समूहमा प्रभात माविका स्वर्णिम दुवाल ४ अङ्गका साथ द्वितीय तथा अन्नपूर्ण माविका सुजन गौतम ४ अङ्गका तृतीय भए । १३ वर्षमुनिको छात्रा समूहमा बीएन एकेडेमीका सन्तोषी विक प्रतियोगिताका ५ वटै खेलहरू जितेर प्रथम हुन सफल भइन् भने ख्वप्रिङ एकेडेमीका प्रशोज्ञा गोसाई र दिल प्रजापति ४÷४ अङ्गका साथ द्वितीय र तृतीय भइन् । १५ वर्षमुनिको छात्र समूहमा अन्नपूर्ण स्कूलका प्रविश लामा ५ अङ्गका साथ प्रथम भए भने ख्वप्रिङ एकेडेमीका दिपर्शन प्रजापति ४ र हिमालयन ग्लोरी स्कूलका आयुश शाही ३ अंकका साथ क्रमशः द्वितीय र तृतीय भए ।
स्थापना दिवसकै अवसरमा आयोजित अन्तरविद्यालय कथा लेखन प्रतियोगितातर्फ नेपाली भाषा माध्यमको कथा लेखन प्रतियोगितामा ख्वप्रिङ एकेडेमीका सिञ्चन प्रजापति प्रथम, विद्या आर्जन माविका वर्षा थापा र वर्षा ढुकुछु क्रमशः द्वितीय र तृतीय भए भने अङ्ग्रेजी भाषा माध्यमको कथा लेखन प्रतियोगितामा ख्वप्रिङ एकेडेमीका स्नेहा बासुकला प्रथम, प्रभात माविका विजेन तजले द्वितीय र विद्या आर्जनका रचना धिमाल तृतीय भइन् ।
प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई बुधबार एक समारोहबीच वाग्मती प्रदेशका सभासद् एवम् नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सृजना सैंजूले पुरस्कार तथा मेडल वितरण गर्नुभयो ।
कार्यक्रममा सांसद सैँजूले भक्तपुर सांस्कृतिक र सम्पदाको सहरमात्र नभई देशकै शैक्षिक केन्द्रको रूपमा पनि विकास भइरहेको छ भन्नुभयो ।
भक्तपुरको शैक्षिक र खेलकुदको क्षेत्रमा ख्वप्रिङ एकेडेमीको योगदानको चर्चा गर्दै उहाँले विद्यार्थीहरूले राजनीतिक गतिविधिमा पनि रूचि राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यालयका प्रिन्सिपल विनोद प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतियोगिता प्रमुख एवम् राष्ट्रिय आर्विटर राजकुमार लघू, जिल्ला बुद्धिचाल सङघ भक्तपुरका पूर्वअध्यक्ष राम कासुला, विद्यालयका प्रबन्धक कृष्णसुन्दर प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply