भर्खरै :

‘विद्या विकास ३५ औँ वर्षमा

भक्तपुर, ८ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्या विकासको ३५ औँ स्थापना दिवस तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन बिहीबार गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले विद्यालय स्थापना दिवसको अवसरमा विद्यार्थीहरूद्वारा प्रस्तुत सांस्कृतिक प्रदर्शनीको प्रशंसा गर्दै विद्यार्थीलाई किताबको ज्ञान सँगसँगै अतिरिक्त क्रियाकलापमा सहभागी गराइराख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले नेपाली समाजमा विदेशी संस्कृति हावी हुँदै आएको तर्फ सबै सचेत हुनुपर्ने उल्लेख गर्दै भक्तपुरको मौलिक सीप, कला–संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्य बोकेर अगाडि बढिरहेको छ भन्नुभयो ।
नगरवासी विद्यार्थीलाई कम्तीमा ४ वटा भाषाको ज्ञाता बनाउने उद्देश्यले भक्तपुर नपाले नेपाल भाषा, चिनियाँ भाषा, जापानिजलगायतका भाषा प्रशिक्षण सुरु गरिसकेको प्रकाश पार्दै प्रमुख प्रजापतिले विभिन्न विद्यालयहरूले पनि भाषाको कक्षा सञ्चालन गर्नु खुसीको विषय भएको बताउनुभयो ।
विद्यालय स्थापना दिवस कार्यक्रममा विद्यार्थीहरूले विविध मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरू देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *