क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
पेइचिङ, २० फेबु्रअरी । नयाँ कोरोना भाइरस महामारीको केन्द्र सहर उहान २९ दिनको लागि ‘बन्द’ भएको थियो । हुपेई प्रान्तको अवस्था अझ गम्भीर छ, तर सम्बन्धित रोकथाम र नियन्त्रणका उपायहरूको क्रमिक प्रगतिसँगै, महामारी स्थितिको रोकथाम र नियन्त्रणको प्रभाव देखा पर्ने क्रम जारी छ । १९ तारिखको २४ बजेसम्म हुपेई प्रान्तबाहेक चीनको मुख्यभूमिका क्षेत्रहरूमा नयाँ कोरोना भाइरसको नयाँ पत्ता लागेका बिरामीको सङ्ख्या लगातार १६ दिनदेखि घट्दै गइरहेको छ । उपचार र डिस्चार्ज बिरामीहरूको सङ्ख्या पनि सो¥ह हजारभन्दा बढी छ । चीनको मुख्यभूमि बाहिर, पुष्टि भएका सङ्क्रमितको सङ्ख्या कुल सङ्क्रमणको १५ भन्दा कम छ, उन्नाइस तारिखसम्म केवल ३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्ठनका अनुसार नयाँ कोरोना भाइरस विश्वव्यापी रूपमा विकसित भएको छैन । यो चीनको निर्णायक र प्रभावकारी रोकथाम र नियन्त्रणका उपायहरूको कारण हो ।
१ करोड १० लाख जनसङ्ख्या रहेको उहानका लागि ‘सहर बन्द’ गर्ने निर्णय सहज होइन । वास्तवमा महामारी फैलिनबाट जोगाउनमात्र सहर बन्द गरिएको थियो, जीवन बचाउने च्यानल सधैँ खुला नै थियो । फेब्रुअरी १६ तारिखसम्म चीनले विभिन्न ठाउँका बत्तीस हजार चिकित्साकर्मी हुपेईमा पठाएको छ । अहिले झन् बढीले चीनको रोकथाम र नियन्त्रण कदमको प्रशंसा गर्न थालेका छन् । अझ धेरैले चीनले विश्वका लागि बलिदान गरिरहेको महसुस गरेका छन् ।
नयाँ कोरोना निमोनियासम्बन्धी पछिल्लो तथ्याङ्क
चीनको राष्ट्रिय स्वास्थ्य आयोगबाट थाहा भएअनुसार फेब्रुअरी १९ तारिमाचीनको मुख्यभूमिमा नयाँ कोरोना निमोनिया (एनसीपी) सङ्क्रमित थप ३ सय ९४ बिरामी निश्चित गरिएका छन् भने थप ज्यान गुमाउनेको सङ्ख्या १ सय १४ रहेको छ । नयाँ शङ्कास्पद बिरामीको सङ्ख्या १ हजार २ सय ७७ रहेको छ ।
१९ तारिखको २४ बजेसम्म चीनको मुख्यभूमिमा निश्चित गरिएका बिरामीको सङ्ख्या ७४ हजार ५७६ रहेको छ । ४ हजार ९ सय २२ शङ्कास्पद बिरामी रहेका छन् । १६ हजार १ सय ५५ जनाको सफल उपचार भएको छ । २ हजार १ सय १८ जनाको मृत्यु भएको छ र चिकित्सा अवलोकनमा रहेका बिरामीसँग घनिष्ट सम्पर्क गर्नेहरूको सङ्ख्या १ लाख २६ हजार ३ सय ६३ रहेको छ ।
चीनको हङकङ, मकाउ र थाइवान क्षेत्रमा जम्मा ९९ जना बिरामी रहेका छन् । यसमध्ये हङकङ विशेष प्रशासनिक क्षेत्रका ६५ जना, मकाउ विशेष प्रशासनिक क्षेत्रका १० जना र थाइवान क्षेत्रका २४ जना रहेका छन् ।
Leave a Reply