लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
गोपाल नगरकोटी
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अवसरवादीमात्र होइन अस्थिर मनका नेता हुन् । उनी प्रधानमन्त्री हुँदा छिनछिनमा विचार फेर्थे । कहिले कहाँ कहिले कहाँ आफूखुसी बोल्थे । गल्ती बोलेर उनले धेरै पटक माफी पनि मागे । कुनै एउटा नयाँ काम भयो कि उनी क्रमभङ्ग भएको बताउँथे । उनकै स्वाभावको रोग वर्तमान प्रम केपी ओलीमा सरेको छ । पूर्वप्रम दाहालले झैँ ओली पनि कहिले विकासदेखि तर्सेको कुरा फलाक्छन् भने कहिले पार्टी फुटाउन षड्यन्त्र गरिरहेको तर्क राखेर जनताको विश्वास लिने मन्त्रको जाल फाल्छन् ।
राजनीतिक दलका नेता, कार्यकर्ता र जनता विकासकै निम्ति लडिरहेका छन् । सरकारले गरेको विकासको कसैले विरोध गर्नुपर्ने होइन । विकास नभएरै, जनताको जीवनस्तर नउठेरै, देश आत्मनिर्भर नभएरै विकास गर्नुपर्ने माग उठिरहेको हो । तिनै राजनीतिक दल र जनतालाई विकासविरोधी देख्ने प्रम ओलीको कस्तो ठम्याइ ? नेकपालाई कसैले फुटाउनु पर्दैन । बरु सिद्धान्त र विचार नमिलेपछि, सिद्धान्त र विचारअनुसार काम नभएपछि नेता तथा कार्यकर्ताहरू आफँै विचलित हुन्छन्, आफँै छुटिन्छन् या छोड्छन् । सिद्धान्त र विचारलाई व्यवहारमा लागू गर्नुको सट्टा तोडमोड गर्छन् भने सच्चा कम्युनिस्टहरूले त्यसको विरोध गर्नुपर्छ । विरोध गरेर पनि सच्चिंदैन भने पार्टी फुट्नुपर्छ । तर, पार्टी कसैले फुटाउने होइन, आफ्नै कमी कमजोरी या असफलताको कारण फुट्छ, फुट्ने हो ।
यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको सफाइको चर्चा सेलाउन नपाउँदै आफूलाई खूब जानेको, बुझेको ठान्ने सरकारी प्रवक्ता, सूचना सञ्चार तथा प्र्रविधि मन्त्री गोकुल बाँस्कोटा कमिसनको चक्करमा फसेका छन् । सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको चर्चा प्रकाशमा आएको छ । कमिसनकै चक्करमा फसेका मन्त्री बाँस्कोटाले बिहीबार राजीनामा दिएका छन् । ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भनेको प्रमको स्वर सेलाउन नपाउँदै सरकारकै प्रवक्ता बाँस्कोटा कमिसनको चक्करमा फसे र राजीनामा दिए । बाँस्कोटा कमिसन लिने प्रयासमा फसेको घटनाले भ्रष्टाचार गर्न दिन्नँ भन्ने प्रम ओलीको मुखमा बुजो लाग्यो । यो खबरले के प्रम ओलीले रातो मुख लाएर पार हुन्छ ?
यसको ठूलो चोट केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई त पर्छ नै । पार्टी नेकपामा पनि यसले ठूलो असर पु¥याउँछ या दाग रहिरहने छ । यसले अन्तर्राष्ट्रिय समुदायमा पनि नराम्रो असर पर्छ । यस्तै यस्तै कमिसनमा पल्केका सत्तारुढ दलका नेता र मन्त्रीहरूको कारण नेपाल भ्रष्टाचारको सूचीमा परेको हो र बदनाम भएको हो । नेता, मन्त्री र सांसदहरूको चरित्रमा सुधार नभएसम्म, इमानदार नभएसम्म देशमा भ्रष्टाचार घट्ने छैन, नियन्त्रण हुने छैन । यो पुँजीवादी व्यवस्थाको चरित्र नै हो । यसकारणले पनि देशमा समाजवादी गणतन्त्र चाहेको हो, समाजवादी गणतन्त्रका निम्ति सङ्घर्ष गर्नुपरेको हो । समाजवाद र कम्युनिस्टको बखान गरेर पदको दुरूपयोग गर्दै अकुत सम्पत्ति कुम्ल्याएर देशमा न त सच्चा कम्युनिस्टहरूको शासन हुन्छ न त देशमा समाजवादी गणतन्त्र स्थापना हुन्छ ।
Leave a Reply