तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
दैलेख, ८ फागुन । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति दैलेखले सहिद दिवसको अवसरमा आठबीस नगरपालिका ९ को सुल्लेमा आयोजना गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो ।
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा उहाँले कम्युनिस्ट आन्दोलनमा देखा पर्ने विभिन्न खोटा विचार तथा प्रवृत्ति र सुविधा खोज्ने मनोवृत्तिले गर्दा समाज परिवर्तनमा बाधा पु¥याएको चर्चा गर्नुभयो । नेमकिपाका अर्का केन्द्रीय सदस्य बजिरसिंह विकले सामाजिक व्यवहार तथा पार्टी कार्यकर्ताहरुमा देखिने खोटा व्यवहारले जनताको हित गर्न नसकेको चर्चा गर्नुभयो । नेमकिपा दैलेखका केन्द्रीय अध्यक्ष जग्यबहादुर शाहीले शासक दलका नेताहरु देश र जनताप्रति उत्तरदायी हुन नसक्दा देशमा ठूल्ठूल दुर्घटना भएको प्रस्ट पार्नुभयो । कार्यक्रममा पार्टीको जिल्ला सदस्य बमबहादुर सिंहले समाजवादी आचरण तथा क्रान्तिकारी रुपान्तरण सम्बन्धमा हरेक कार्यकर्ता स्पष्ट रहनुपर्ने जरुरी छ भन्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा निर्वाचित वडाध्यक्ष निरकबहादुर शाही, धनबहादुर सिजापति, धर्मदत्त अधिकारी, खगेन्द्रबहादुर शाही, रतनबहादुर कठायत, दिपकबहादुर शाहीले विभिन्न विषयमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रम कुलबहादुर सिजापति स्वागत गर्नुभयो प्रेमबहादुर थापाको सभपातित्वमा सन्पन्न कार्यक्रम लक्ष्मी विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।
Leave a Reply