क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
श्येदा हामिद
‘तिमी हौ घरकी राजकुमारी
विरानो हृदयको तिमी खुसियाली
तिमीमाथिको इमान दुरुस्त छ
ए ¤ आमा, दिदी बहिनी र छोरीहरू
संसारको आशीर्वाद तिमीहरूलाई ।’
महिलाप्रति सम्मान पोख्दै मेरो पुर्खा मौलाना अल्ताफ हुसैन हलीले सन् १९०५ मा कविताका यी पङ्क्ति लेखेका थिए । यी कविताका शब्दहरूले अहिले शाहिन बागमा जीवन पाइरहेको म देख्दैछु ।
शाहिन बागको धर्ना स्थलमा हामी पस्दा कठ्याङ्ग्रिदो चिसोमा पनि सडकमा दुई हजारभन्दा बढी महिला बसेका थिए । उनीहरू यसरी धर्ना बसेको महिनाँै भइसकेको छ । धर्ना बसिरहेका महिलाको भीड वरपर ठूलो सङ्ख्यामा ज्येष्ठ र युवा पुरुष उभिएका थिए । दबुमा र वरपर उज्यालो प्रकाशको व्यवस्था गरिएको थियो । भारतको मोदी सरकारले पारित गरेको विवादास्पद राष्ट्रिय नागरिकता पञ्जीकरण (एनआरसी) र नागरिकता संशोधन ऐन (सीएए) को विरोधमा धर्ना बसेका महिलाहरूले महात्मा गान्धी र बाबा भीमराव अम्बेडकरका तस्वीर र प्लेकार्ड बोकेका थिए । मैले बितेका ३५ वर्ष भारतका मुसलमान महिलाहरूबीच काम गर्दै आएकी छु । यो क्रममा त्यस्तो दृश्य कहिल्यै देखेकी थिइनँ । विशेषतः नयाँ पुस्ताका मुसलमान महिलाले आज बिना कुनै भय आफ्ना कुरा बोलिरहेको म देख्दै छु ।
“हामी यही जन्मियौँ र यही ठाउँमा हामी मर्नेछौँ । हामी मोदी वा अमित शाहसँग डराउँदैनौँ । हाम्रो देशको सबभन्दा पवित्र भावनालाई किन उनीहरू मिचिरहेका छन् ।” उज्यालो मुहार र प्रस्ट आवाजका साथ आत्मविश्वासी महिलाहरू बोलिरहेका छन् ।
“छोरी बचाऔँ, छोरी पढाऔँ भनेर बोल्नेहरू विश्वविद्यालयभित्र घुसेर छोरीहरूमाथि निर्मम दमन गर्न आदेश दिन्छन् । यस्तो बर्बरतालाई कसरी छुट दिन सकिन्छ ?” जीवनमै पहिलो पटक यस्ता विरोध प्रदर्शनमा सहभागी बनेका छात्रा र युवतीहरूले प्रश्न गरे । उनीहरू कसैको लहलहैमा लागेर यो आन्दोलनमा होमिएका होइनन् । भावनाले डो¥याएर उनीहरूलाई शाहिन बागको यो चिसो भुइँमा धर्ना बस्ने बनाएको हो ।
“के कुराले तिमीलाई आफ्नो गृहस्थी छोडेर, भान्छा, केटाकेटी छोडेर यो धर्नामा सहभागी बन्न उत्साहित बनायो ?” यो प्रश्नको जवाफ निकै घतलाग्दो छ । “मेरी छोरीले मलाई सोधिन्–आमा ¤ आज उनीहरूले मलाई पुस्तकालयबाट गलहत्याउँछन् । भोलि विद्यार्थीलाई कुटपिट गर्छन् । अनि उनीहरूले मेरो विद्यालयमाथि हमला गर्नेछन् । त्यत्तिबेला के गर्ने ?”
शाहिन बागमा धर्ना बसेका महिलालाई यसरी विरोध प्रदर्शनमा आउने अधिकार भारतको संविधानले प्रदान गरेको छ । उनीहरूको आन्दोलन कुनै धर्म विशेषको आन्दोलन होइन । यो सबै धर्मसम्प्रदायको आन्दोलन हो । यसमा सबै धर्म र सम्प्रदायको समान साझेदारी छ । सामान्यतः मुसलमान महिलाहरूको सन्दर्भ ‘तीन पटक तलाक’, ‘खतरामा इस्लाम’ वा भोट बैङ्कको सन्दर्भ जोडिएर आउने गरेको छ । तर, शाहिन बागको अहिलेको आन्दोलन ती सबै सन्दर्भभन्दा भिन्न छ । यो आन्दोलन मुसलमान महिलासँगै मुसलमान पुरुष र सबै धर्म आस्थामा महिला र पुरुषको आन्दोलन हो ।
घरभित्रको न्यानोमा बसेर म यो लेख लेख्दै गर्दा बाहिर निकै चिसो छ । तथापि शाहिन बागका महिलाहरू दृढ प्रतिक्षासहित साम्प्रदायिक मुद्दाविरुद्ध धर्ना बसेका छन्, नारा लगाएका छन् । आफ्नो अस्तित्वलाई नै खतरामा पार्ने साम्प्रदायिक मुद्दालाई उनीहरू छिन्नभिन्न बनाउन प्रतिबद्ध छन् । उनीहरू अहिलेको मुद्दा हिन्दू र मुसलमानबीचको द्वन्द्वको मुद्दा बन्नेमा सजग छन् ।
यी महिलाहरू भारतमा भइरहेका सबै घटनाले निम्त्याएको खतराप्रति पूर्णतः सचेत छन् । उनीहरू उत्तर प्रदेशमा प्रहरीले गरेको दमनमा परी युवाहरू मारिएको समाचार सुनिरहेका छन् । प्रहरीको लाठीले टाउको फुटेका घाइतेलाई दिल्ली प्रहरीले गोप्यरूपमा ताका लगाउनुपरेको र उपचारको लागि स्वास्थ्यकर्मीले प्रहरीसँग भिड्नुपर्ने समाचारले उनीहरूलाई आक्रोशित बनाएको छ ।
शाहिन बागमा धर्ना बसेका महिलालाई यसरी विरोध प्रदर्शनमा आउने अधिकार भारतको संविधानले प्रदान गरेको छ । उनीहरूको आन्दोलन कुनै धर्म विशेषको आन्दोलन होइन । यो सबै धर्मसम्प्रदायको आन्दोलन हो । यसमा सबै धर्म र सम्प्रदायको समान साझेदारी छ । सामान्यतः मुसलमान महिलाहरूको सन्दर्भ ‘तीन पटक तलाक’, ‘खतरामा इस्लाम’ वा भोट बैङ्कको सन्दर्भ जोडिएर आउने गरेको छ । तर, शाहिन बागको अहिलेको आन्दोलन ती सबै सन्दर्भभन्दा भिन्न छ । यो आन्दोलन मुसलमान महिलासँगै मुसलमान पुरुष र सबै धर्म आस्थामा महिला र पुरुषको आन्दोलन हो ।
भारतको संविधानमा हेरफेर गर्ने, बङ्ग्याउने वा क्षति पु¥याउने कुनै पनि जालसाजी खेलमा आफूले धेरै गुमाउनुपर्ने कुरा यी महिलाहरूलाई थाहा छ ।
मैले प्रदर्शनमा सहभागीहरूमध्ये कसैले हिटलरको तस्वीर पनि बोकेको देखेँ । त्यो भीडमा हिटलरको व्यङ्ग्यात्मक तस्वीर देखापर्नुले धेरै अर्थ बोकेको छ । हिटलर पनि जर्मनका मतदाताबाट निर्वाचित थिए । ३७.३ प्रतिशत जनताले उनलाई निर्वाचित गरेका थिए । हिटलरको तस्वीरले भारतमा बन्दै गरेका यातना शिविरलाई सङ्केत गरेको छ ।
उनीहरूले भीडतन्त्र, बाबरी मस्जिदको फैसला, आसाममा एनआरसी आदि सबै मुसलमानहरूमाथि दमनकै औजार भएको बुझेका छन् ।
दिल्लीको सहरी क्षेत्रमा बस्ने मजस्तो मान्छेले एनआरसी र सीएएजस्ता कुराले आफूलाई केही लछारपाटो नलगाउने कुरा सोच्छौँ । अनि म सम्झन्छु, गुजरातका पूर्वसांसद सदस्य एहसान जाफ्रीलाई । सन् २००२ मा अहमेदावादको गुलबर्ग कोलोनीस्थित आफ्नो घरमा उनी मारिएका थिए । के उनले आफ्नो हत्या हुनसक्ने कहिल्यै अनुमानसम्म गरेका थिए ?
शाहिन बागको धर्नामा बसेका महिला र पुरुषको अनुहार हेरेर मैले उनीहरूलाई यो ठाउँसम्म ल्याउने विवेक र चेतना महसुस भयो । उनीहरूलाई त्यहाँ आवश्यक पर्ने दैनिक आवश्यकताका वस्तुजस्तै खाना र पानी सबैबाट बटुलेको चन्दा रकमबाट सञ्चालित सामुदायिक मेसमा तयार गरिन्छ । उनीहरूमा यस्तो भावना भित्रैबाट आउने गरेको छ ।
हामी हरेक त्यहाँ उनीहरूलाई हौस्याउन जान आवश्यक छ । म जामिया इस्मालिया विश्वविद्यालय छेउछाउमा बस्छु । डिसेम्बर १४ मा भएको विद्यार्थी प्रतिरोधको दृश्य मैले आफ्नै आँखाले देख्दै आएकी छु । आज शाहिद बागको भ्रमणपश्चात् म यो भावना भारतभरि फैलिनेमा ढुक्क छु । अन्ततः मुसलमान महिला आफ्नै परिचय बनाउन सफल भएका छन् ।
(लेखक मुसलमान महिला मञ्चका संस्थापक अध्यक्ष एवम् लेखिका हुनुहुन्छ ।)
स्रोतः द वायर
नेपाली अनुवादः अनिल
Leave a Reply