क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
विगोल
सरकारको नेतृत्व गरिरहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्टले आफैँलाई सिध्याइरहेको स्वीकारे पनि आफू र अर्का अध्यक्ष केपी ओलीको कम्युनिस्टलाई कम्युनिस्ट बनाउने सन्दर्भमा अझै होस खुलेको छैन । कम्युनिस्टको सिद्धान्त र विचार छोडेर कम्युनिस्टको सिद्धान्त र विचारको भजन गाएर पद र पैसाको राजनीतिमा हामफालेपछि सत्तारुढ दलका कम्युनिस्ट नेता, मन्त्री र सांसदहरूले आ–आफ्नो आदर्श छोडेकोमा के आश्चर्य ¤ सिद्धान्त र विचारबाट च्युत भएपछि, सिद्धान्त र विचारलाई थन्काएर दलगत र व्यक्तिगत स्वार्थको राजनीतिमा पल्केर अकुत सम्पत्ति कुम्ल्याउन थालेपछि कम्युनिस्ट सिधिँंदैन ? सरकारी प्रवक्ता बाँस्कोटा कमिसनको चक्करमा फसेको कुरा सार्वजनिक भएपछि मात्र ‘पुँजीपति वर्ग, सेना र बन्दुकविनै कम्युनिस्टहरू आ–आफैँ सकिइरहेको’ भनेर बिउँझेर हुन्छ ?
नेकपा (पूर्वएमाले र पूर्वमाओवादी) ले वास्तवमै कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार भुलेकै हो, छायाँमा राखेकै हो । सिद्धान्त र विचारलाई ढाल बनाएर नेकपा सत्तामा पुगेको हो । माओवादी एमालेसँग त्यसै मिल्न गएको होइन । ‘जनयुद्ध’ ताकाको आक्रोश झेल्न या आफूहरू सुरक्षित हुन एमालेसँग मिलेर सरकारमा गएको हो । कम्युनिस्टको सिद्धान्त र विचार बोकेर, तद्नुसार काम गर्न नेकपा सरकारमा गएको होइन । कम्युनिस्ट पार्टीहरू आन्दोलन र क्रान्तिमा भाग लिने, त्याग र तपस्या गरेको सम्झने नेकपाका अध्यक्ष दाहालले नेताहरू सत्तामा गएपछि पद, प्रतिष्ठा र लोभलालचमा फसेकोमा पश्चाताप गरेर के गर्ने ? जेलनेल, यातना र मृत्युसँग नडराउने कम्युनिस्टहरू सरकारमा गएर आमूल परिवर्तन सम्भव छैन भन्ने कुरा उनी किन भुल्छन् ? नेकपा सरकारमा नगएर साँच्चै नेकपा भएर जनताबीच राजनीति गरिरहेको भए हुन्थ्यो नि ¤ कम्युनिस्ट राजनीति गरेर आफ्नै पालामा आफैँ प्रधानमन्त्री र राष्ट्रपति हुने लोभ लागेपछि र सत्ताको सेवा सुविधामा भुलेर ऐस आराम गर्न थालेपछि सत्तारुढ दल नेकपा बिगिँ्रदैन ?
कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट नै बनाउने हो भने माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई आत्मसात गरेर राजनीति गर्ने हो । कम्युनिस्टको सिद्धान्त र विचार जनतामाझ पु¥याएर सङ्गठित र सचेत बनाइने हो । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोडाउन पुँजीपति, सामन्त वर्गमात्र होइन साम्राज्यवादी र विस्तारवादी शक्तिहरू पनि अनेक जाल बुन्छन्, बुनिरहेका छन् भन्ने कुरा ओली र दाहालले आत्मसात गर्ने कहिले ? उनीहरू पुँजीवादी बाटोमा हिँडाउन नेपाललाई सधैँ परनिर्भर बनाएर कमाउ खाने धन्दा बनाउन सक्रिय हुन्छन् भन्ने कुरा सत्तारुढ दलका नेताहरू किन बुझ्न चाहँदैनन् ? मित्र देश भारतले विकासको योजना फालेर, आर्थिक सहयोगको लोभ देखाएरै नेपालसँग नेपालकै अहितमा अनेक सन्धि सम्झौता ग¥यो । भारतले नेपाली भूमि मिचे पनि, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बाँध तथा तटबन्ध बनाएर नेपाली भूमि डुबानमा पारे पनि नेपाल सरकारले बोल्ने आँट नगर्नुका अनेक कारणमध्ये आर्थिक लोभ या सहयोग पनि हो । पछिल्लो पटकको आर्थिक लोभ साम्राज्यवादी संयुक्त राज्य अमेरिकाले पनि देखायो । त्यहीँ लोभमा परेर अमेरिकी योजना एमसीसी जसरी भए पनि पास हुन्छ भनेर अर्थमन्त्री र प्रधानमन्त्री फुकिरहेका छन् । यो देशकै विडम्बनाको विषय हो ।
अमेरिकाको एमसीसी योजना नेपाललाई बाँध्ने, नेपालको संविधान र मान्यतालाई थन्काउने षड्यन्त्र नै हो । यो षड्यन्त्रमा फसेपछि या आर्थिक लोभमा फसेपछि अमेरिकाले नेपालमा जस्तो अन्याय गरे पनि, दबाब दिए पनि विरोध गर्ने ठाउँ हुँदैन या विरोध गर्नसक्दैन । एमसीसी नेपालको निम्ति खतराको सङ्केत हो । त्यो खतराको घण्टा नेपालले बजाउनु हुँदैन ।
सत्तारुढ दलका नेताहरू जानी नजानी सत्तामै भुलेर, पद र पैसामा बिकेर नेपालले प्रगति गर्न नसकेको हो । नेपालमा कम्युनिस्ट पार्टी बलियो र शक्तिशाली भए पनि र सरकारमा रहे पनि बहुमत जनताको हितमा कुनै काम गर्न नसकेको हो । यथार्थमा नेकपा सरकारमा गएर बिग्रिरहेको हो, सिद्धान्त र विचार छोडेकोले फसेको हो । नेपालमा कम्युनिस्ट आन्दोलन अघि बढाउने हो, कम्युनिस्ट पार्टीलाई साँच्चै बलियो बनाउने हो भने देशका कम्युनिस्ट पार्टीहरू सत्तामा भुल्नु हुँदैन, सत्तामा जानको निम्ति कम्युनिस्ट एकता गर्ने होइन । कम्युनिस्टहरू सत्तामा गएर सरकारी सेवा सुविधा पाए पनि, आर्थिक लाभ भए पनि कम्युनिस्ट पार्टी बलियो हुँदैन ।
आज फसेपछि भोलि पछुताएर समस्या समाधान हुने छैन । कुनै देशले गर्ने षड्यन्त्रको जालो या सम्झौतामा नेपाल र नेपालीको अहित हुने कुरा लेख्दैन, भन्दैन, बताउँदैन । एमसीसी अमेरिकाको कुनै सैनिक अखडा होइन भनेर अमेरिकी प्रशासन र अमेरिकी कूटनीतिज्ञको पछाडि नेपालका सत्तारुढ दलका नेताहरू दगुरेर हुन्छ ? अमेरिकाको ५५ अर्ब रकम नपाएर नेपालको के नै डुब्छ र ¤ यस्तै यस्ता लोभलाग्दा विकास योजनामा सत्तारुढ दलका नेता र मन्त्रीहरू भुलेर कहिल्यै नेपाली सुखी हुन्छ, नेपाल समृद्ध हुन्छ ?
सत्तारुढ दलका नेताहरू जानी नजानी सत्तामै भुलेर, पद र पैसामा बिकेर नेपालले प्रगति गर्न नसकेको हो । नेपालमा कम्युनिस्ट पार्टी बलियो र शक्तिशाली भए पनि र सरकारमा रहे पनि बहुमत जनताको हितमा कुनै काम गर्न नसकेको हो । यथार्थमा नेकपा सरकारमा गएर बिग्रिरहेको हो, सिद्धान्त र विचार छोडेकोले फसेको हो । नेपालमा कम्युनिस्ट आन्दोलन अघि बढाउने हो, कम्युनिस्ट पार्टीलाई साँच्चै बलियो बनाउने हो भने देशका कम्युनिस्ट पार्टीहरू सत्तामा भुल्नु हुँदैन, सत्तामा जानको निम्ति कम्युनिस्ट एकता गर्ने होइन । कम्युनिस्टहरू सत्तामा गएर सरकारी सेवा सुविधा पाए पनि, आर्थिक लाभ भए पनि कम्युनिस्ट पार्टी बलियो हुँदैन । कम्युनिस्ट पार्टी बलियो नभइकन परिवर्तन सम्भव छैन । आमूल परिवर्तनविना बहुमत जनताको हित हुने छैन । यसकारण कम्युनिस्ट नेताहरू जहिल्यै सजग र सचेत हुनुपर्छ, अरुले के कस्ता लोभलालच देखाएर फसाउँछन् र फसाउन षड्यन्त्र गर्छन् भन्ने कुरामा चनाखो हुनुपर्छ ।
नेकपाका केही नेताहरू सत्तामा गएर बिग्रेको बताउँछन् र स्वीकार्छन् तर सरकार छोड्दैनन् । सरकार छोडेमा पार्टीका नेताहरू छोड्लान्, नेताहरू निष्क्रिय होलान् र पार्टी कमजोर बन्दै जान्छ भन्ने चिन्ता नेकपाका नेताहरूमा छ । पार्टीले गलत बाटो लिएपछि पार्टीभित्रका सच्चा कम्युनिस्टले आलोचना गर्नुपर्ने हो या बहसको विषय बनाउनुपर्ने हो । बारम्बार आलोचना गरे पनि, खबरदारी गरे पनि सचिँदैन भने गलत बाटो लिएको पार्टी छोड्नुपर्ने हो या विद्रोह गरेर अर्काे सच्चा कम्युनिस्ट पार्टी खोल्नुपर्ने हो । तर, त्यो पनि भइरहेको छैन । त्यो नहुनुको कारण सत्तामा बसेर फाइदा लिनु नै हो । नेकपाले सत्ता छोडेर साँच्चै कम्युनिस्टको सिद्धान्त र विचारअनुसार राजनीति गरेको भए देशमा आमूल परिवर्तन गर्न समय लाग्दैन । देशमा बहुमत जनता कम्युनिस्टहरूकै पक्षमा छन् । कम्युनिस्ट पार्टीले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार राजनीति गर्नुपर्छ, राजनीति गर्न हौसिनुपर्छ । के नेकपाले त्यो आँट गर्ला ?
हरेक राजनीतिक दल दर्शन, सिद्धान्त र विचारको आधारमा चल्नुपर्छ, पद, पैसा र लोभमा होइन । पार्टीको सिद्धान्त, दर्शन र विचार छोडेपछि त्यस्तो पार्टी जति बलियो, शक्तिशाली भए पनि आमूल परिवर्तन हुँदैन, बहुमत जनताको हितमा सरकार बन्दैन । माक्र्सवाद र लेनिनवादको शिक्षा वर्षको एकचोटि बताएर जनता सिद्धान्तनिष्ठ हुँदैनन्, कम्युनिस्ट हुँदैनन् । कम्युनिस्ट पार्टीले साम्राज्यवाद, विस्तारवाद र पुँजीवादको विरोध गर्नैपर्छ । कम्युनिस्ट पार्टीले समाजवाद र पुँजीवादको भेदबारे जनतालाई बुझाउनैपर्छ । कम्युनिस्ट नेता, मन्त्री, सांसद र जनता सिद्धान्त र विचारले भिजेका छैनन् भने ठूलो दल भएरै के गर्ने ? सरकारको नेतृत्व गरेरै के गर्ने ? कम्युनिस्ट भनिने दलले त सरकारको पटक–पटक नेतृत्व गरिसकेकै हो, सरकार चलाइरहेकै हो । तर कम्युनिस्टको सिद्धान्त र विचारअनुसार अघि बढेको छैन, बढेको देखिँदैन ।
Leave a Reply