भर्खरै :

धनगढीमा विश्व नेपाली साहित्य महोत्सव

लक्ष्मी पोखरेल
धनगढी, १३ फागुन । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा फागुन १४ देखि २० गतेसम्म विश्व नेपाली साहित्य महोत्सवको आयोजना हुँदै छ । महोत्सवको तयारीका सबै कामहरू अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिनुभयो ।
महोत्सवमा देशविदेशमा रहेका नेपाली भाषी साहित्यकारको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।
उद्घाटन सत्रमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार लिलबहादुर क्षेत्री, भारतको सिक्किमका पूर्वमुख्यमन्त्री समेत रहेका वरिष्ठ साहित्यकार डा. पवन चामलिङलनलाई सम्मान गरिने कार्यक्रम रहेको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।
फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा साहित्य, राजनीति, समसामयिकलगायत विभिन्न विषयका सत्रहरू हुनेछन् ।
सुदूरपश्चिममा पहिलो पटक हुन लागेको महोत्सवले सुदूरपश्चिमलाई चिनाउने छ । सुदूरपश्चिमको पहिचानलाई विश्वभर चिनाउनको लागि महोत्सवले ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ ।
विश्व नेपाली साहित्य महोत्सवमा एक सत्न्दा बढी नेपाली भाषी तथा नेपाली भाषाको उत्पादनमा लागिपरेका साहित्यकारहरूको सहभागिता रहनेछ । नेपाली साहित्य र कला क्षेत्रका सबै विशिष्ट व्यक्तिहरूलाई कार्यक्रममा निमन्त्रणा गरिएको सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिनुभयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *