भर्खरै :

महामारीको प्रतिरोधमा चिनियाँ कदम सबैभन्दा उपयुक्त

पेइचिङ, २५ फेब्रुअरी (सीआरआई) चीनको उपाय हालसम्म थाहा भएको एउटा मात्रै र वास्तविकताबाट पुष्टि भएको सफल उपाय हो । कोरोना भाइरस सङ्क्रमण महामारीसम्बन्धी चीन विश्व स्वास्थ्य सङ्गठनका संयुक्त विशेषज्ञद्वारा गठिक अध्ययन मण्डलले फेब्रुब्रुअरी २४ तारिख पैचिङमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो अवसरमा विश्व स्वास्थ्य सङ्गठनका महाप्रबन्धकका उच्चस्तरीय परामर्शदाता बु्रस एलवोर्डले उक्त कुरा बताउनुभएको हो ।
अध्यायन मण्डलको विचारमा चीनले चालेका कदमले महामारीको प्रसारको रोकथाममा स्पष्ट उपलब्धि हासिल गरेको छ । मण्डलले अरू देशलाई चीनप्रति चालेको कदमको छिटै पुनः मूल्याङ्कन गर्ने सुझाव पनि दिएको छ ।
यो सक्रिय मूल्याङ्कन महामारीको रोकथाम तथा नियन्त्रणबारे गहिरो रूपमा अनुसन्धान गरेपछि प्राप्त गरिएको हो । १२ जना अन्तर्राष्ट्रिय विशेषज्ञहरूद्वारा गठित अध्ययन मण्डलले नौ दिनमा पैचिङ, क्वाङतुङ, सछ्वान, हुपे आदि क्षेत्रको निरीक्षण गरेको छ । जसबाट प्राप्त समीक्षासँग अख्तियार र विश्वसनीयता रहेको छ ।
यसैबीच जापान, दक्षिण कोरिया लगायत देशमा कोरोना भाइरस सङ्क्रमण महामारीमाथि नजर पु¥याउनुका साथै महामारीको अन्तर्राष्ट्रिय प्रसारलाई रोक्न र क्षेत्रीय तथा विश्वव्यापी स्वास्थ्यको सुरक्षा गर्नका लागि यी देशहरूसँग आदानप्रदान तथा सहकार्यलाई अझ घनिष्ट पारी संयुक्त रोकथाम तथा नियन्त्रण गर्ने इच्छा चीनले राखेको छ ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिच्यानले फेबु्रअरी २५ तारिख नियमित पत्रकार सम्मेलनमा बताउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *