भर्खरै :

चीन भावना

चीन सरकारले कोरोना भाइरसको प्रतिरोध थालेको बीस दिनभन्दा बढी समय भइसकेको छ । अहिले यो प्रतिरोध अभियान सबभन्दा गम्भीर मोडमा पुगेको छ । फेब्रुअरी ८ देखि भाइरसको सङ्क्रमणबाट निको भएर अस्पतालबाट घर फर्किनेको सङ्ख्या दिनानुदिन बढ्दो छ ।
सरकारले भाइरसबाट सम्भावित सबै सङ्क्रमितलाई अस्पतालमा भर्ना गर्न भरमग्दुर प्रयास गरिरहेको छ । साथै, निगरानीमा राखिएका सबै सङ्क्रमितको मिहिन उपचार गरिरहेको छ । भाइरसको सङ्क्रमण रोकिएको छ । व्यापक आकारमा भविष्यमा सङ्क्रमण हुने सम्भावना कम छ । भाइरसमाथिको विजय क्षितिजमा छ ।
भाइरसको प्रतिरोधात्मक
कोरोना भाइरसको प्रतिरोधमा चालू लडाइँमा ठूलो संस्थागत लाभ प्राप्त भएको छ । चीनका राष्ट्रपति सी चिनफिङले महामारीको प्रतिरोधमा सबैलाई दृढताका साथ लाग्न आह्वान गर्नुभयो । लगत्तै पूरा देश चेसको खेलमा जस्तै रणनीति बनाएर अघि बढ्यो । सबै समुदायले पहिलो चरणको जनस्वास्थ्य आपत्काल घोषणा गरे । चीनको केन्द्रीय सरकारको कमान्ड र समन्वयनमा पूरै देशले महामारी नियन्त्रणलाई सशक्त बनायो । चिनियाँ समाजमा सबै नशा नली आज यो लडाइँमा आ–आफ्ना भूमिका खेलिरहेका छन् । यस्तो परिचालन अरू अधिकांश देशमा सम्भव छैन ।
चीनभरिबाट ११ हजारभन्दा बढी स्वास्थ्यकर्मी महामारीको मुख्य केन्द्र उहानमा पठाइसकिएको छ । आकस्मिकरूपमा स्थापना गरिएका ह्वाशेन शान र लेई शेन शान अस्पतालहरूमा २ हजार ६ सय शैय्यामा सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । ती दुवै अस्पताल १० दिनको निकै छोटो अन्तरालमा बनाइएको थियो । सामान्य लक्षण भएका बिरामीको उपचारको लागि घुम्ती क्याबिन अस्पताल स्थापना भएका छन् । होटेल, तालिम केन्द्र र स्थानीय कलेजका छात्रावासलाई पनि अस्थायी अस्पताल बनाइएको छ । ती अस्पतालमा सम्भावित सङ्क्रमित वा निगरानीमा राखिएका विरामीलाई चिकित्सकीय सामग्री र कार्यनिपुण व्यक्तिको सेवा दिइएको छ ।
महामारी फैलिएलगत्तै चीनका वैज्ञानिकहरूले यस भाइरसको प्रकृतिबारे वैज्ञानिक सुत्र तत्कालै सार्वजनिक गरे । उनीहरूले यसो गरेपछि महामारीविरुद्ध लड्न निकै मद्दत पुग्यो । चीन सरकारले भाइरससम्बन्धी जानकारी विश्व स्वास्थ्य सङ्गठन र अरू देशलाई उपलब्ध गरायो । फलतः भाइरसको प्रतिरोधमा अन्तर्राष्ट्रिय समुदायले पनि योगदान गर्न सके । भाइरसको प्रतिरोध लडाइँमा चीनले देखाएको खुलापन र पारदर्शिताको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरे ।
महामारीको नियन्त्रण र रोकथाम बलियो बनाउन चीनले जनजीवन नियमित र व्यवस्थित बनाउन काम गरिरहेको छ । साथै, उत्पादन कार्य नियमित बनाउन पनि सरकारले ध्यान दिएको छ । खाद्य आपूर्ति सुनिश्चित गराएको छ । फेब्रुअरीको आरम्भदेखि नै उत्पादन पुनः थालनी गरिएको छ । केही समय ठप्प भएको व्यापार व्यवसायलाई टेवा पु¥याउन कर, शुल्क र भाडामा कटौती गरिएको छ । केही समयको रोकावटपछि संसारकै दोस्रो ठूलो अर्थतन्त्रका पार्टपुर्जा चलायमान बन्न थालेका छन् ।
चिनियाँ जनताले यो वर्षको वसन्त पर्व सधैँ सम्झिरहने छन् । महामारीको कारणले मात्र होइन, भाइरसविरोधी लडाइँमा धैर्यता र ऐक्यबद्धताको कारण पनि सधैँ यो समय सम्झिरहने छन् ।
स्रोत ः बेइजिङ रिभ्युको सम्पादकीय
नेपाली अनुवाद ः अनिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *