भर्खरै :

चीनमा मास्कको चर्को अभाव टार्न विशेष पहल

पेइचिङ, १४ फागुन । मास्कलगायतका चिकित्सा प्रतिरोधात्मक सामग्री निकै अभाव भएकाले अधिकांश चिकित्साकर्मीहरूको सुरक्षालाई प्रत्यक्षरूपमा असर पारेको मात्र नभई हाल चिनियाँ उद्योग–व्यवसायहरूले काम र उत्पादनको पुनः आरम्भ गर्नको लागि समाधान गरिनुपर्ने समस्या नै हो । ती प्रतिरोधात्मक सामग्री अभाव भएमा उत्पादन पुनः रोकिनुका साथै रोग अझ फैलिन सक्ने सम्भावना रहन्छ । यस्तो कठिनाइको समाधान गर्नको लागि बितेका केही दिनयता समस्त चिनियाँहरूले एकताबद्ध भएर सक्दो प्रयासमार्फत मास्क निकै अभाव हुने समस्याको समाधान गरिरहेका छन् ।
गत फेब्रुअरी १९ तारिखमा शाङहाई मोटर–गाडी लिमिटेड समूह मातहतको वुलिङ व्यवसायले मास्कको उत्पादन र मास्क यन्त्रको उत्पादन गर्ने चीनको पहिलो मोटर–गाडी व्यवसाय बनेको देखिन्छ । त्यस व्यवसायले करिब ७ दिनको समयमा १० लाखवटा मास्कको उत्पादन गरिसकेको छ भने ७६ घण्टामा मास्क यन्त्रको पनि उत्पादन गरिसकेको छ । त्यसको वैबोमा के लेखिएको छ भने जनतालाई जे चाहिन्छ, वुलिङले सो उत्पादन गर्नेछ ।
राष्ट्राध्यक्ष सी चिनफिङले २४ तारिखमा एनसीपीको प्रतिरोध र नियन्त्रण तथा आर्थिक र सामाजिक विकासलाई अघि बढाउने कार्य सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो । उहाँले सकारात्मक कदम चालेर चिकित्सा क्षेत्रमा प्रयोग गरिने प्रतिरोधात्मक पोशाक र मास्कलगायतका सामग्रीको उत्पादन गर्ने उद्योग–व्यवसायले चाँडै नै काम र उत्पादन पुनःसुरू गर्ने, विविध तरिकामार्फत उत्पादन क्षमता र मात्रालाई बढाउने, महत्वपूर्ण सामग्रीलाई देशले एकीकृतरूपमा समन्वय गर्ने, यातायातको ढुवानीका लागि हरित मार्गको स्थापना गर्ने र शृङ्खलाबद्ध कदम चालेर महत्वपूर्ण क्षेत्रमा चिकित्सा सामग्री र जीवनका आधारभूत मालसामानको आपूर्तिलाई सुनिश्चित पार्न आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *