जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, १४ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा चैत ४ गतेदेखि ८ गतेसम्म हुने भक्तपुर महोत्सव – २०७६ मा प्रदर्शन गरिने शैक्षिक प्रदर्शनीको तयारीमा विद्यालयका प्रधानाध्यापक र शिक्षक–शिक्षिकाहरूबीच छलफल कार्यक्रम बुधबार सम्पन्न भयो ।
भेलामा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सव २०७६ लाई स्मरणयोग्य महोत्सव बनाउन र भक्तपुरलाई वर्षैभरि पर्यटकीय र महोत्सवमय बनाउने प्रयासमा नगरपालिकाले सक्रियता बढाउने बताउनुभयो ।
भक्तपुर शिक्षामा धेरै प्रचार भएको जिल्ला भएको हुँदा महोत्सवमा आकर्षक शैक्षिक प्रदर्शनी र प्रतियोगिताहरू समावेश हुने बताउँदै प्रमुख प्रजापतिले लोप हुन पुगेका संस्कृतिलाई जनतामाझ प्रदर्शन गर्ने र भक्तपुरको जीवन्त शैली, सीप, कला–कौशल प्रदर्शन गर्ने अवसरको रूपमा महोत्सवलाई लिनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरको सम्पदा पुनःनिर्माणको लागि नेपाल सरकार र जर्मनी सरकारबीच भएको सम्झौता र अमेरिकी एमसीसी सम्झौता उस्तै रहेको औँल्याउँदै प्रमुख प्रजापतिले उक्त सम्झौता संसद्बाट अनुमोदन गर्नुको अर्थ नेपालले भारतको उपनिवेशलाई स्वीकारेको ठहर्ने धारणा राख्दै पैसाको लागि देशको सार्वभौमिकता बन्धकमा राख्ने काम कसैले गर्न नहुने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य एवम् एवम् पुस्तक तथा शैक्षिक प्रदर्शनी व्यवस्थापन समितिका सदस्य सुजन माकले महोत्सवलाई शैक्षिक उद्देश्य प्राप्ति गर्न पुस्तक प्रदर्शनीलाई व्यापक बनाई ख्वप इन्जिनियरिङ कलेजले रोबोटिक प्रदर्शनी र प्रतियोगिताको आयोजना गर्ने जानकारी गरउनुभयो ।
ख्वप कलेजका प्राचार्य एवम् पुस्तक तथा शैक्षिक प्रदर्शनी व्यवस्थापन समितिका सदस्य रूपक जोशीले महोत्सवमा विद्यार्थीहरूको सहभागिता बढाउन शैक्षिक गतिविधिलाई प्राथमिकता राखेको बताउनुभयो ।
भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सवमा समावेश हुने विभिन्न विधाहरूबारे जानकारी गराउँदै भक्तपुरको परम्परागत पोशाक, नाच प्रदर्शन, परम्परागत नेवारी खाना महोत्सव र जीवनशैलीसँग मिल्ने भोजभतेर पनि महोत्सवको मुख्य आकर्षण हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष एवम् महोत्सव व्यवस्थापन समिति संयोजक हरिराम सुवाल र वडा नं. ७ का वडा सदस्य एवम् महोत्सव व्यवस्थापन समिति सदस्य रञ्जना त्वातीले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाहरूले महोत्सवमा पाठ्यक्रममा आधारित उद्देश्यमूलक शैक्षिक प्रदर्शनी गर्नुपर्ने, लोकनृत्य प्रतियोगिता गर्नुपर्ने, शैक्षिक प्रदर्शनीमा समावेश गरिने विधाहरूबारे विद्यालयहरूलाई प्रस्ट पार्नुपर्ने, प्लास्टिकजन्य सामग्री निकै कम प्रयोग गर्नुपर्ने र प्रदर्शनीमा विविध शैक्षिक विषयवस्तुमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायतका धारणाहरू व्यक्त गर्नुभयो ।
Leave a Reply