नेपाली भूमिमा परचक्रीको किन गिद्दे दृष्टि ?
- जेष्ठ ८, २०८३
– विकेश सुवाल
बिहीबारको मजदुर दैनिकमा प्रकाशित सितुको ‘कुनै पनि विषयको एकपक्षीय नकारात्मक सन्देशको पछि नलागौँ’ शीर्षकको लेख राम्रो लाग्यो । चीनमा फैलिएको कोरोना भाइरस अथवा कोभिड–१९ भाइरसको सङ्क्रमणबारे मजदुर दैनिकले लगातार विभिन्न कोणबाट लेखहरू प्रकाशित गर्दै आएका छन् । ती लेख र समाचारले कोभिड–१९ को सङ्क्रमणले चीनमा पारेको प्रभावबारे वास्तविकता थाहा पाउँदैछु । यसअघि सङ्क्रमण सघन बनेको उहान सहरकै बासिन्दाको लेख पनि निकै जानकारीमूलक र मन छुने खालको छ । त्यस्ता जानकारीमूलक लेख आगामी दिनमा पनि प्रकाशित हुने आशा गरेको छु ।
चचियाङ्ग विश्वविद्यालयका विद्यार्थी सितुले सङ्क्रमण फैलिएपछि चीनमा आफूले भोगेको अनुभव लेखेर जनतालाई सुसूचित बनाउनु भएको छ । त्यसको निम्ति धन्यवाद ¤ मेडिकल साइन्सको विद्यार्थीले पनि यसरी आफ्नो अनुभव लेख्दा खुशी लाग्यो । नत्र सामान्यतः मेडिकल साइन्सका विद्यार्थीले यस्ता लेख लेख्ने गर्दैनन् । नेपालका अन्य सञ्चारमाध्यमले विभिन्न पश्चिमा सञ्चारमाध्यमलाई आधार बनाएर कोरोना भाइरसको प्रभावबारे छाप्ने गरेका छन् । त्यसकारण उहानलगायत चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरू अनावश्यक रूपमा आतङ्कित बने । अनावश्यक त्रास फैलाइयो । वास्तविकताभन्दा अतिरञ्जना बढी फैलाइयो । चीनमा रहेका हरेक नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनले नियमित स्वास्थ्य परीक्षण जाँच गरेको र आवश्यक अन्य विषयमा नियमित ध्यान दिएको अनुभव छापिएका छन् । समस्या र सङ्कटको समयमा सबैले केही समय आफ्नो नियमित जीवनमा केही अप्ठ्यारा भोग्नु स्वाभाविक हो । तर, तिललाई पहाड बनाएर हल्ला गर्नु भने गलत हो । त्यसकारण सितुको सन्देश कुनै पनि विषयमा एकपक्षीय नकारात्मक सन्देशको पछि लाग्नु ठीक होइन ।
मजदुर दैनिकको अन्तर्राष्ट्रिय समाचार पृष्ठमा चीनले कोरोना भाइरसमाथि हासिल गरेको विजय, स्वास्थ्यकर्मीहरूले गरेको त्याग र समर्पण आदिबारेका समाचारले त्यहाँको सही सत्य जानकारी प्राप्त भएको छ ।
आगामी दिनमा पनि यस्ता लेख र समाचार प्रकाशनमा हुनेमा आशावादी छु । चीनका अरू नागरिक र त्यहाँ पढ्न गएका अरू नेपाली विद्यार्थीका अनुभव पनि छाप्नु होला ।
Leave a Reply