भर्खरै :

भीम आदर्शको ५७ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर, १५ फागुन । भीम आदर्श आधारभूत विद्यालयको ५७ औँ वार्षिक उत्सव कार्यक्रम बिहीबार सम्पन्न भयो
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूका लागि शिक्षकले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“विद्यार्थीहरूलाई अन्धविश्वासमा होइनमा मिहेनतमा विश्वास गर्न सिकाउनुपर्छ । अभिभावकबाट बालबालिकाले धेरै सिक्ने हुनाले अभिभावकहरूको व्यवहार राम्रो हुनु आवश्यक छ ।” उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले निजी विद्यालयलाई पोस्ने सरकारी नीतिले वर्तमान सरकार गरिब जनताको पक्षमा नरहेको स्पष्ट गर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “शिक्षा किन्ने वस्तु नभएकोले गरिबका छोराछोरीहरूपढ्ने विद्यालय बनाउन सरकारले ध्यान दिनुपर्छ ।”
भनपा वडा नं. ८ का वडा अध्यक्ष महेन्द्र खायमलीले निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धताअनुसार भनपाका जनप्रतिनिधिहरूले कार्य गरिरहेको दावी गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र खायमलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा आधारभूत विद्यालय समितिका सचिव सूर्यबहादुर फोँजू, संस्थापक प्रतिनिधि रविकृष्ण हाडा, अभिभावक चण्डिका राय, प्रधानाध्यापक दीपक माक र शिक्षक पुजा दाहालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक मदनकृष्ण हाडाको निधनमा उहाँप्रति श्रद्धाञ्जलीस्वरुप मौनधारण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *