भर्खरै :

चप्पल लगाएर राजधानी पसेका नेताहरूको सम्पत्ति छानबिन

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सबै पूर्वप्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा बोले । उनले प्रम केपी ओली र आफ्नै पुख्र्यौली घरको उदाहरण पेश गर्दै त्यत्ति पुख्र्र्याैली सम्पत्ति भएको मानिसको नाममा अहिलेको अथाह सम्पत्ति अस्वाभाविक भएको बताए । सर्पको खुट्टा सर्पले देख्छ । पूर्व प्रधानमन्त्री र अर्थमन्त्री बनेका र तत्कालीन सशस्त्र विद्रोहका एक जना नेता भएकोले उनलाई स्वभावतः सत्तासुख भोगेका सबै नेताहरूको गोप्य र खुला इतिवृत्तान्त थाहा हुनु स्वाभाविक हो । उनको सो भनाइलाई नै आधार मानेर सत्तामा बसेका र बसिसकेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गरिएमा कसले कसरी अकुत सम्पत्ति कमाए भन्ने कुरा प्रस्ट हुन्छ ।

राजनीति गर्नु व्यक्तिगत हितको लागि राज्यकोष दोहन गर्नु पक्कै होइन । देश र जनताको निःस्वार्थ सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेर राजनीतिमा होमिएका नेताहरूले देशको अवस्थामा कुनै प्रगति र परिवर्तन नगरी आफ्नो व्यक्तिगत जीवनमा ठूलो परिवर्तन गर्नु जनताप्रतिको विश्वासघात हो । नेपाली जनताको जीवनस्तरमा हिजो तुलनामा आज कुनै ठूलो अन्तर छैन । अझै पनि लाखौँ–लाख नेपाली युवाहरू रोजगारीको लागि विदेशिन बाध्य छन् । विदेशिन बाध्य युवाहरूलाई देशमा फिर्ता गरेर देशमै रोजगारी सुनिश्चित गर्न कुनै सरकारले सकेको छैन । बरू नेपाली युवाहरूलाई विदेशमा सस्तो श्रमिकको रूपमा बेचेर कमिशनबाट अथाह सम्पत्ति कमाउने ‘उद्यम’ नेताहरूले गरिरहेका छन् ।

मन्त्रीहरू स्वयं भ्रष्टाचार र कमिशनखोरीमा लिप्त भएको वास्तविकता हालै गोकुल बाँस्कोटामाथि भएको खुलासाबाट पुष्टि भएको छ । कति यस्ता वास्तविकता अझै छोपिएकै छन् । बलियो र जनताको सरकार स्थापना भए यस्ता सबै कर्तुत उदाङ्गिने र दोषीमाथि कारबाही हुने थियो । विडम्बना, यस्ता भ्रष्ट र कमिशनखोरकै घेरामा अहिलेको सरकार छ । यसअघि पनि त्यस्तै मानिसहरूले सत्ताको बागडोर हाँके । देश विकासमा उपयोग हुनुपर्ने पैसा यसरी जुगाले रगत चुसेजस्तै चुस्दा देश कहिल्यै विकास हुन सकेन । राणाशासनमा राणा शासकले, पञ्चायतकालमा राजदरबार र पञ्चहरूले र अहिले नेकपा र काङ्ग्रेस मिलेर देशको ढुकुटीमाथि लुटपाट गरेकै कारण देश विकास हुन नसकेको हो । भट्टराईले भनेजस्तै हिजो चप्पल लगाएर राजधानी पसेका शासक दलका नेताहरूको आजको जीवन हिजोका राणा र राजाको जीवनभन्दा फरक छैन । हिजोको आर्थिक हैसियत र आजको आर्थिक उचाइ अतुलनीय छ । कुनै उत्पादनशील काममा नलागेका राजनीतिक नेताहरूले कसरी यति धेरै सम्पत्ति कमाउन सम्भव भयो ? कुन आर्थिक स्रोतले उनीहरूलाई आजको ऐय्यासी जीवन दियो ? प्रस्टतः नेताहरूले राज्यकोषको दोहन गरेर नै अथाह सम्पत्तिको जोहो गरेका हुन् ।
राजनीति गर्नु व्यक्तिगत हितको लागि राज्यकोष दोहन गर्नु पक्कै होइन । देश र जनताको निःस्वार्थ सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेर राजनीतिमा होमिएका नेताहरूले देशको अवस्थामा कुनै प्रगति र परिवर्तन नगरी आफ्नो व्यक्तिगत जीवनमा ठूलो परिवर्तन गर्नु जनताप्रतिको विश्वासघात हो । नेपाली जनताको जीवनस्तरमा हिजो तुलनामा आज कुनै ठूलो अन्तर छैन । अझै पनि लाखौँ–लाख नेपाली युवाहरू रोजगारीको लागि विदेशिन बाध्य छन् । विदेशिन बाध्य युवाहरूलाई देशमा फिर्ता गरेर देशमै रोजगारी सुनिश्चित गर्न कुनै सरकारले सकेको छैन । बरू नेपाली युवाहरूलाई विदेशमा सस्तो श्रमिकको रूपमा बेचेर कमिशनबाट अथाह सम्पत्ति कमाउने ‘उद्यम’ नेताहरूले गरिरहेका छन् ।
राजकीय पदमा आसिन पदाधिकारीहरूले अधिकारको दुरूपयोग गर्दै आफ्ना निकटका मानिसलाई राज्यकोष र राज्यको सम्पत्ति दोहन गर्न दिएर अथाह सम्पत्ति कमाउन लगाए र उनीहरूकै आडमा नेताहरूले पनि सम्पत्ति जोहो गर्न सकेका हुन् ।
त्यसो त बाबुराम भट्टराई नेपाली राजनीतिमा अस्थीर मनस्थितिका नेता भनी चिनिन्छ । उनले बुधबार बोलेको कुरामा उनी कतिको स्थीर रहने हुन् ? त्यो भविष्यले बताउला । तर, उनले पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने विषयलाई राज्यले कार्यान्वयनमा लग्न जरूरी छ । आफू, आफ्नो, आफ्नो दलको मानिस भनेर कसैप्रति मोलाहिजा नराखी सरकारले भ्रष्टाचार र कमिशन कुम्ल्याएको सम्पत्ति जफत गरी राज्यको बनाउनुपर्छ । भ्रष्ट जोसुकै होस्, उसलाई कारबाहीको परिधिभित्र ल्याउन जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *