क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
रवीन्द्रनाथ टैगोर
एस.एस. ब्रेमिन
८ अक्टोबर, १९३०
सोभियत रुसले पिछडिएका जातिहरूको शिक्षाको लागि गरिरहेका प्रयत्न बारेमा मैले पहिले नै अवगत गराइसकेको छु ।
युराल पहाडको दक्षिण दिशातिर बस्विर जातिका मानिसहरू बस्दछन् । जारकालीन समयमा यहाँका सर्वसाधारणको अवस्था हाम्रोजस्तै थियो । उनीहरू सदाका लागि भोकमरीको सङ्घारमा हुन्थे । उनीहरू थोरैमात्र कमाउँथे । कलकारखानामा जागिर पाउन उनीहरूसँग आवश्यक शिक्षा हुन्थेन । परिस्थितिले उनीहरूलाई ज्यालादारी मजदुरमा सीमित बनाएको थियो । क्रान्तिले उनीहरूलाई जागरुक बनाएर आफ्नो सरकार आफैँ सञ्चालन गर्न अग्रसर गरायो ।
क्रान्तिले सर्वप्रथम मालिक, पादरी र आफूलाई शिक्षित भन्नेहरूलाई उत्तरदायित्व महसुस गरायो । त्यतिखेरै कोलखोज सैनिकले दुःख दिन थाल्यो । कोलखोज जार सरकारको सहयोगी थियो । उसको पछाडि शक्तिशाली विदेशी शत्रुहरू थिए । तैपनि रुसी नागरिकले उनीहरूबाट मुक्ति पाए ।
अनिकालले गर्दा उत्पादन ¥हास हुँदै गयो । सन् १९२२ मा मात्र सोभियत सरकारले राम्ररी काम गर्न सुरु ग¥यो । त्यसपछि सोभियत सङ्घको आर्थिक र शैक्षिक विकास तीव्र हुँदै गयो । बास्किरामा पहिले निरक्षरता व्याप्त थियो । शिक्षाका लागि आठ वटा साधारण विद्यालय, पाँच वटा कृषि विद्यालय, एउटा चिकित्सा विद्यालय, दुई वटा प्राविधिक विद्यालय, सत्र वटा व्यावहारिक तालिमको कार्यशाला, दुई हजार चार सय नब्बे प्राथमिक विद्यालय, पचासी वटा मध्यम प्राथमिक विद्यालय खोलिएका छन् । बास्किरामा हाल दुई वटा प्रान्तीय नाट्यशाला पनि छन् । त्यस्तै दुई वटा सङ्ग्रहालय, चौध वटा नगर पुस्तकालय, एक सय बा¥ह वटा ग्रामीण अध्ययन केन्द्र, तीस वटा चलचित्र भवन छन् । त्यहाँ नगर क्षेत्र र सत्चालीस वटा ग्रामीण क्षेत्र छन् ।
सहरमा आउने किसानहरूका लागि अनगिन्ती पाहुनाघरहरू छन् भने त्यसबाहेक हजारौँ रेडियो किसान र मजदुरहरूका घर–घरमा छन् । निःसन्देह बङ्गालको वीरधम जिल्ला रुसको बास्किराभन्दा उच्चतम छ । यसरी प्रतिस्पर्धा गर्दा दुवै पक्षका समस्यालाई पनि ध्यान पु¥याउनु पर्दछ ।
तुर्कमेनिस्तान र उज्बेकिस्तान सोभियत सङ्घका नवीनतम गणराज्यहरू हुन् । तिनीहरू सन् १९२४ मा स्थापना गरिएका हुन् । अहिले उनीहरूको उमेर ६ वर्षभन्दा कम छ । तुर्कमेनिस्तानको जम्मा जनसङ्ख्या दस लाखभन्दा बढी छ । यीमध्ये ९० प्रतिशत त खेतमा काम गर्दछन् । विभिन्न कारणले भूमिको अवस्था राम्रो छैन । पशुपालनको सम्भावना पनि उस्तै छ ।
यस्तो ठाउँमा आवश्यकता भनेकै कलकारखानाको हो । यो भनेको देशी–विदेशी पुँजीपतिहरूको खल्ती भर्नु नभएर औद्योगीकरण गर्नु हो । यहाँका कलकारखानाहरू जनताका हुन् । यहाँ पहिल नै धागो कारखाना र रेशम कारखाना खुलिसकेका छन् । आस्खावाद सहरमा पावर स्टेसन स्थापना गरिएको छ । यस्तै प्रयासहरू अरू सहरमा पनि गरिँदै छन् । यहाँका मेकानिक्सहरूलाई तालिमको आवश्यकता छ । त्यसकारण यहाँका धेरैजना कामदारहरूलाई मध्य रुसका ठूला कारखानामा तालिमका लागि पठाइने गरिन्छ । विदेशीका कारखानामा तालिम गर्न कति कठिन हुन्छ भन्ने कुरा सबैलाई जानकारी नै छ ।
तुर्कमेनिस्तानमा शिक्षा व्यवस्थापन गर्न अत्यन्त कठिन छ । त्यो कठिनाइ अरूसँग तुलना हुनसक्दैन । मानिसहरूको बस्ती विरलै भेटिन्छ । पानी र सडकको समस्या छ । मानव बस्तीलाई ठूलठूला मरुभूमिले विभाजित गरेको छ । मानिसहरू ठूलो आर्थिक सङ्कटमा छन् ।
हाल शिक्षामा प्रतिव्यक्ति ५ रुबल खर्च गरिएको छ । कति जनसङ्ख्या यहाँ घुमन्ते छन् । प्राथमिक विद्यालयका अलावा छात्रावासयुक्त विद्यालयहरू पनि खोलिएका छन् । यहाँ विद्यार्थीका लागि पत्रपत्रिकाहरू पनि छापिन्छन् ।
पुरानो दरबार बगैँचाले घेरिएको पोस्कमा नदीको किनारमा तुर्क जनताको तालिमका लागि शिक्षकहरू खटाइएका छन् । हाल एक सय तुर्क केटाकेटीले तालिम पाइरहेका छन् । तालिम घर व्यवस्थापन गर्ने गरी विभाग वा समितिहरू गठन गरिएका छन् । यसलाई विभिन्न सङ्कायमा विभाजन गरिएको छ । जस्तोः स्वास्थ्य विभाग, घरेलु विभाग, वर्ग समितिहरू आदि । स्वास्थ्य विभागले कक्षा कोठा, हल, खेल मैदान, वासस्थान आदिको सरसफाइको काम गर्दछ । कोही सानोतिनो बिरामी भए पनि बिरामीलाई चिकित्सकसम्म पु¥याउने काम पनि त्यही विभागले गर्दछ । घरेलु विभागभित्र अरू पनि धेरै हाँगाबिँगाहरू हुन्छन् । यसको काम छात्रहरूको सरसफाइमा ध्यान दिनु हो । वर्ग समितिले छात्रहरूको अनुशासनको निरीक्षण गर्दछ । हरेक विभागका निर्वाचित प्रतिनिधिहरूबाट कार्यकारी समिति बन्छ । यो कार्यकारी समितिले छात्रहरूबीच एकअर्कामा भएका झैझगडा व्यवस्थापन गर्ने काम गर्दछ । यसको निर्णय हरेकले पालना गर्दछन् ।
यो दरबारको तालिम केन्द्रसँगै जोडिएको एउटा क्लव छ । यहाँ छात्रहरू आफ्नै भाषामा नाटक मञ्चन गर्दछन् । क्लवको आफ्नै सिनेमाघर छ, जहाँ छात्रहरू मध्य एसियाको जीवनको बारेमा सिनेमा हेर्छन् । उनीहरू भित्तेपत्रिका पनि निकाल्छन् ।
यहाँ केही सङ्ख्यामा कृषिविज्ञहरू पनि पठाइन्छन् । दुई सयभन्दा बढी नमुना खेती सुरु गरिएको छ । बीस हजार गरीब किसानहरूले भूमि, पानी र कृषि औजारहरू प्राप्त गरेका छन् । यो पातलो जनसङ्ख्या भएको देशमा एक सय तीस वटा अस्पताल खोलिएका छन् । यहाँ डाक्टरहरूको सङ्ख्या ६ सय रहेको छ । बुलेरिनका लेखक लज्जित मुद्रामा गुनासो गर्छन्, “यहाँ वास्तवमै मनोरञ्जनको कुनै अवसर छैन ।” यहाँ २६४१ जना बासिन्दा छन् । यहाँ आधुनिकीकरणले अपरिपक्वता र अनभिज्ञताको विरुद्धमा गरेको सङ्घर्षबाट धेरै उपलब्धि हासिल भएको कुरामा गर्व गर्नैपर्छ । साथै यहाँ सभ्यता कमजोर भए पनि विगतका धेरै रीतिरिवाजको संरक्षण गरिएको छ ।
६ वर्षभित्र तुर्कमेनिस्तानजस्तो मरुभूमिमा एक सय तीस वटामात्र अस्पताल स्थापना भएकोमा उनीहरू लज्जित छन् । यो कुरा मेरा लागि अत्यन्त उदेकलाग्दो र अनौठो छ । हाम्रा लागि यस्तो कुरा लज्जास्पद हुँदैन । हामीकहाँ मैले धेरै आप्ठयाराहरू देखेको छु । हामीले उनीहरूको जस्तो परिवर्तन देखेकै छैनौँ । के यस्तो कुरामा हामी कुनै लाज र सङ्कोच देख्छौँ ?
साँच्चै भन्ने हो भने पहिले त मैले पनि यस्तो आशा गर्ने आँट गरेकै थिइनँ । म पनि पहिले समस्याका बुँदाहरू देख्दा आफूलाई सम्हाल्नै सक्दिनथेँ । म आफैँलाई भन्ने गर्थें, “यतिका जात जाति, थरीथरीका विपरीत धर्महरू भएका ठाउँमा हामी कसरी यो फोहोरको चाङलाई तह लगाउन सक्छौँ ?”
मेरो देशको अवस्था पनि उस्तै छ । आशा गर्न पनि सङ्कोच लाग्छ । जसमा साइमन आयोगको फसल भित्रिएको छ । सोभियत रुसमा आएपछि मैले प्रगतिको घडीको रफ्तार हाम्रो जस्तै रोकिएको र शताब्दियौँपछि फेरि सञ्चालन भई १० वर्ष पूरा भएको देख्दै छु । हुनसक्छ तर यसलाई पर्वाह गरिएको छ । यहाँको अवस्था देखेपछि मैले कठिन अवस्थाको शत्रुको कठिनाइ पत्याउन छोडेको छु । मेरो पत्र अन्त्य गर्नुअघि पहिला यो बुलेटिनका केही अंश प्रस्तुत गर्न चाहन्छु ।
‘अजरबैजानको विजयपछि जार जर्नेलको पुँजीवादी नीतिपछि महम्मदहरूको बस्तीमा परिवर्तन भएको छ । उनीहरू हाल मध्य रुसमा कच्चा पदार्थ पठाउन सफल भएका छन् ।’
धेरै वर्षअघि स्वर्गीय अक्षयकुमार मैत्रेय रेशम उत्पादनमा जागरुक हुनुभएको थियो । उहाँको सल्लाहअनुसार मैले पनि यस्तै गर्ने कोसिस गरेँ । यस कार्यमा मेजिस्ट्रेटबाट धेरै सहयोग पाएको कुरा पनि भन्नुभएको थियो । तर, प्रत्येक समय जब उहाँ किसानसमक्ष यस्तो रेशम धागो बनाउने योजना राख्न चाहनुहुन्थ्यो । त्यसैबेला उही मेजिस्ट्रेटको अवरोध आउँथ्यो ।
‘निर्दयी जार सरकारका एजेन्टहरूले फूट गरेर विभाजन गरी शासन गर्ने सिद्धान्त अवलम्बन गरेका थिए र विभिन्न जातिहरूको बीचमा घृणाको विजारोपण गरेका थिए । राष्ट्रिय द्वेष पैदा सरकारले नै गरेको र अमेरिकी र मध्यदियहरूलाई एक अर्काको विरुद्धमा योजनाबद्ध रूपमा उक्साइएको थियो । यसरी दोहोरिरहने दुई राष्ट्रको द्वन्द्वले निम्त्याएको विवादले एकैचोटि धेरै जनाको ज्यान गएको विश्वास गरिएको थियो ।
बुलेटिनका लेखकले कलङ्कका साथै पनि केही अस्पतालहरूको बारेमा व्याख्या गर्दै यिनीहरूको पहिचानको बारेमा एउटा कुरा नभनिरहन सकेनन् ।
“यो एउटा निःसन्देह तथ्य हो जसलाई सोभियतका शत्रुले पनि अस्वीकार गर्नसक्दैनन् । गत आठ वर्षमा अजरबैजानमा जातजातिको बीचमा शान्ति कहिल्यै भङ्ग भएको छैन ।”
यो कलङ्कको बारेमा व्यक्त गरिएका बारेमा एउटा कुरा प्रस्ट पार्नुपर्ने हुन्छ, जुन कुरा बुलेटिनमा देखाइएको पनि छ कि तुर्कमेनिस्तानमा प्रतिव्यक्ति शिक्षाका लागि ५ रुबल खर्च गरिएको छ । हाम्रो मुद्रामा एक रुबल बराबर दुई रूपैयाँ पचास पैसा हुन्छ । यो रकम उठाएकोमा उनीहरूसँग पक्का पनि कुनै अर्थ होला । तर, यसको कारण किसानमा विभाजन आउने कुरा उनीहरूले कहिल्यै सोचेनन् ।
एस.एस.ब्रेमिन
८ अक्टोवर १९३०
मैले तुर्केमानहरूका बारेमा पहिले नै लेखिसकेको छु । उनीहरू मरुभूमिका मानिसहरू हुन् र सङ्ख्यामा दस लाख छन् । यो पूरक पत्र हो । म यहाँ सोभियत सरकारले प्रस्ताव गरेका विभिन्न शैक्षिक संस्थाहरूको बारेमा बुँदागत रूपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
अक्टोवर १ बाट सुरु भएको १९३० को नयाँ बजेटले तुर्कमेनिस्तानमा धेरै वैज्ञानिक संस्थाहरू स्थापना गरेको छ । यी संस्थाहरू यसप्रकार छन्ः
१. तुर्कमान भू–गर्भ शास्त्रीय समिति
२. तुर्कमान इन्स्टिच्युट अफ अपलाइन बोटानी
३. इन्स्टिच्युट फर रिसर्च इन स्टक ब्रिडिङ
४. इन्स्टिच्युट अफ हाइड्रोलोजी एण्ड जीव फिजिक्स
६. केमिको व्याटेरियोलोजिक इन्स्टिच्युट र इन्स्टिच्युट फर सोसल हाइजिन
यी सबै वैज्ञानिक संस्थाहरूका क्रियाकलाप नियन्त्रण र रेखदेख एउटा विशेष वैज्ञानिक व्यवस्थापनका लागि स्थापना गरिएको काउन्सिल अफ पिपुल्स कमिसार्स अफ तुर्किमेनियाले गर्दछ । यसैका सम्बन्धमा तुर्कमान सरकारले सङ्ग्रहालयको भवन निर्माण सुरु गरेको छ । ऐतिहासिक, कृषिसम्बन्धी, औद्योगिक र व्यापारिक सङ्ग्रहालय, कला सङ्ग्रहालय, क्रान्तिसम्बन्धी सङ्ग्रहालय आदि भवन निर्माण चरणमा छन् । यसबाहेक बधशाला, प्रान्तीय पुस्तकालय, विज्ञान भवन, सांस्कृतिक भवन र प्रकाशित पुस्तक भवनहरू योजनामा परेका छन् ।
भाषा, साहित्य विभाग संस्थाले तुर्कमान भाषाका कविता र सांस्कृतिक विशेष विषयका साथसाथै लोक साहित्य र पुराना कविता रुसी भाषामा उल्था गरिसकेको छ । पाँचवटा आदिवासी सांस्कृतिक आधारहरूको गठन तुर्कमेनियामा गरिएको छ । सन् १९३० को अवधिमा दुईवटा नर्स र सुडिनीहरूको तालिम पूरा गरिएका छन् । जम्मा गरी ४६ जना शिक्षित भएका छन् र उनीहरूलाई गाउँमा पठाइएको छ ।
अनुवाद ः भानु हुमागाई
Leave a Reply