क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
लन शुनचेङ
चीन अहिले नोवल कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने प्रयासमा लागेको छ । तर, केही पश्चिमा सञ्चारमाध्यमले यति नै बेला यो महामारीलाई ‘चीनको चेर्नोबेल’ भनेर चीनविरोधी पूर्वाग्रह पोखेका छन् । सन् १९८६ मा तत्कालीन सोभियत सङ्घको युक्रेनस्थित चेर्नोबेलमा भएको आणविक सङ्कट आजसम्मकै सबभन्दा खराब आणविक दुर्घटना थियो । चेर्नोबेलको आणविक ऊर्जा परियोजनामा त्यो दुर्घटना भएको थियो ।
आणविक विकिरणका कारण सुरुमा तीस जना मानिसको निधन भएको थियो । अरू सयौँ जनालाई अस्पताल भर्ना गर्नुपरेको थियो । उनीहरूबाहेक सो परियोजनास्थलबाट चुहिएको विकिरणको कारण दसौँ हजार मानिस प्रभावित बनेका थिए । त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष दसौँ अर्ब डलरको आर्थिक क्षति भएको थियो ।
विकिरणयुक्त धुलो र बादल चेर्नोबेलबाट उडेर सोभियत सङ्घको पश्चिमी भागमा फैलिएको थियो । विशेषतः बेलारुस र युरोपका अन्य भागसम्म यसको प्रभाव परेको थियो । अन्ततः सो आणविक परियोजनाको ३० किलोमिटर वरपर निषेधित क्षेत्र घोषणा गर्नुपरेको थियो ।
आणविक दुर्घटनाका गम्भीर परिणामबारे तत्कालीन सोभियत अधिकारीहरूले चेर्नोबेल परियोजना वरपरका स्थानीय बासिन्दा र अन्तर्राष्ट्रिय जगतलाई तत्काल खबर गरेका थिएनन् । आकस्मिक अवस्थामा सोभित सरकारले उपयुक्त कदम नचालेको भनी अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना ग¥यो । यो घटनाले संसारमा ठूलै खैलाबैला मच्चाएको थियो ।
तर, चीनमा सरकारलाई कोरोना भाइरस महामारीको परिणाम के हुनसक्छ भन्ने कुरा थाहा थिएन । विशेषतः महामारीको प्रारम्भिक अवस्थामा हुपेईको उहान सहरको स्थानीय सरकारको धिमा गतिको प्रतिकार गतिविधिले पनि यो अवस्था निम्तिएको हो ।
चीनको केन्द्रीय सरकारले हुपेईको वास्तविकता थाहा पाउने बित्तिकै तत्काल कडा प्रतिकारका कदम चालेर महामारी नियन्त्रणमा तदारुकता देखाएको हो । सरकारले तत्काल क्वारेन्टाइनका नियम घोषणा गर्दै राष्ट्रियरूपमा स्वास्थ्यकर्मीहरू परिचालन ग¥यो । स्थानीय सरकार र स्वास्थ्य विभागलाई तत्काल काममा खटिन आदेश दियो । झन्डै दुई साताको अन्तरालमा दुई वटा अस्पताल स्थापना ग¥यो । चीनले यो बीच सबै सूचना पारदर्शी ग¥यो र महामारीसम्बन्धी तथ्याङ्क अद्यावधि गरिरह्यो ।
त्यसकारण चेर्नोबेल सङ्कटलाई कोरोना भाइरसको महामारीसँग तुलना गरेर केही पश्चिमा सञ्चारमाध्यमले संसारमा सन्त्रास फैलाउन खोजिरहेका छन् । चीनको राजनीतिक व्यवस्था र मान्यतालाई बदनाम गर्न खोजिरहेका छन् । जब कि चीन भने यतिबेला तनमन ध्यान दिएर कोरोना भाइरसको महामारी नियन्त्रणमा लागिपरेको छ ।
पश्चिमा केही सञ्चारमाध्यम अझै पनि शीतयुद्धकालीन मानसिकता बोकेर अघि बढिरहेको प्रस्ट देखिन्छ । विशेषतः संरा अमेरिकी सञ्चारमाध्यममा यस्तो चिन्तन जब्बर देखिन्छ । उनीहरूले यो महामारीलाई समेत ‘चाइना आतङ्क’ को हिस्साको रूपमा झूटा प्रचार गर्न बाँकी राखेनन् । जनवरी २८ मा न्यू अमेरिकन सेक्युरिटी नामको संरा अमेरिकी चिन्तन थलोले सार्वजनिक गरेको ‘चीनमाथि चुनौतीको विस्तार ः हिन्द–प्रशान्तमा अमेरिकी प्रतिस्पर्धाको नवीकरण’ शीर्षकको प्रतिवेदनमा भनिएको छ, “पश्चिमा सरकार र कम्पनीहरूको मूल चुनौती चीनसँगको प्रतिस्पर्धा हो ।”
चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र हो । त्यसकारण त्यहाँ पर्ने प्रभावले विश्व अर्थतन्त्रमा स्वभावतः प्रभाव पार्ने छ । उदाहरणको लागि संसारको धितो बजार थिलथिलो बनेको छ । तेलको मूल्य बढेको छ । चीनको तेलको माग घटेसँगै तेलको मूल्य घटेको हो । चीनबाट निर्यात गरिने सवारी साधनका पार्टपुर्जाका कम्पनी बन्द भएका छन् । निसान कम्पनीले धेरै दिनसम्म आफ्नो उत्पादन घटाउने घोषणा गरेको छ ।
तथापि, कोरोना भाइरसको सङ्क्रमण रोक्न चीनले प्रभावकारी कदम चालिराख्न थकान महसुस गरेको छैन । सङ्क्रमणका नयाँ बिरामीको सङ्ख्या घटेको छ । विश्व स्वास्थ्य सङ्गठनले नोबल कोरोना भाइरसको अन्यत्र पनि सङ्क्रमण हुन सक्नेबारे सजग बनाएको छ । चीनबाहिर पनि यो संसारकै गम्भीर समस्या हुनसक्ने उसको भनाइ हो ।
त्यसअतिरिक्त संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले चीनसँग युक्रेन र कजाकिस्तानलगायत देशसँगको सहकार्य बिथोल्ने प्रयास गरे । जनवरी ३१ र फेब्रुअरी २ मा क्रमशः युक्रेन र कजाकिस्तानमा भ्रमणको क्रममा पम्पेओले त्यस्तो प्रयास गरेका थिए ।
संरा अमेरिकाका केही अधिकारीले संसारको लागि चीन एउटा खतरा भएको भट्याउन छोडेका छैनन् । उनीहरूको लक्ष्य भनेको आफ्ना साङ्घुरा राजनीतिक स्वार्थ पूरा गर्नु हो । संरा अमेरिकी वाणिज्य सचिव विलबुर रोसले जनवरी ३० मा चीनमा फैलिएको महामारीले अमेरिकीले काम फिर्ता पाउन सक्ने बताए ।
सरकारहरूले विशेषतः यस्ता प्राणघातक महामारीविरुद्ध एउटा देश लडिरहेको बखत सहकार्य र सहयोगको हात अघि बढाउनुपर्ने हो । तर, केही सञ्चारमाध्यम र राजनीतिक नेताहरू लामो समयदेखि स्थापित यस्ता विश्वव्यापी नियम मिच्दै छन् ।
चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र हो । त्यसकारण त्यहाँ पर्ने प्रभावले विश्व अर्थतन्त्रमा स्वभावतः प्रभाव पार्ने छ । उदाहरणको लागि संसारको धितो बजार थिलथिलो बनेको छ । तेलको मूल्य बढेको छ । चीनको तेलको माग घटेसँगै तेलको मूल्य घटेको हो । चीनबाट निर्यात गरिने सवारी साधनका पार्टपुर्जाका कम्पनी बन्द भएका छन् । निसान कम्पनीले धेरै दिनसम्म आफ्नो उत्पादन घटाउने घोषणा गरेको छ ।
तथापि, कोरोना भाइरसको सङ्क्रमण रोक्न चीनले प्रभावकारी कदम चालिराख्न थकान महसुस गरेको छैन । सङ्क्रमणका नयाँ बिरामीको सङ्ख्या घटेको छ । विश्व स्वास्थ्य सङ्गठनले नोबल कोरोना भाइरसको अन्यत्र पनि सङ्क्रमण हुन सक्नेबारे सजग बनाएको छ । चीनबाहिर पनि यो संसारकै गम्भीर समस्या हुनसक्ने उसको भनाइ हो ।
सारमा यो महामारी कुनै पनि हालतमा चीनको चेर्नोबेल होइन । अन्तर्राष्ट्रिय समुदायले यो महामारीको प्रतिकार गर्न सकेसम्म विश्वव्यापी सुरक्षा र स्थायित्व बलियो बनाउनुपर्छ ।
स्रोत ः चाइना डेली
अनुवाद ः सुशिला
Leave a Reply