भर्खरै :

युवा कार्यकर्ता कृष्णराम बाटाको निधन

भक्तपुर, १९ फागुन । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिका सदस्य कृष्णराम बाटाको गए राती १ः०० बजे ३२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो । पिता रामशरण बाटा र आमा गंगा बाटाको एकमात्र छोरा कृष्णराम बाटाको श्रीमती र एक छोरासमेत ५ जनाको परिवार छ ।
चाँगुनारायण नपा, वडा नं ५ छालिङ्ग निवासी कृष्णराम बाटा सानै उमेरदेखि नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठनमा आबद्ध भई पार्टीको निर्देशनअनुसार समाजवादी गणतन्त्र स्थापनार्थ क्रियाशील रहँदै आउनुभएको थियो ।
राजनीतिशास्त्र र अङ्ग्रेजी साहित्यमा स्नातकसम्म अध्ययन गरेका कृष्णराम बाटाले भक्तपुरको च्याम्हासिंहमा ‘कोन ल्याङ्ग्वेज इन्स्टिच्युट’ सञ्चालन गरेर जापानीज भाषाको प्रशिक्षण दिँदै आउनुभएको थियो । सबैसँग मिलनसार, सङ्गठनप्रति प्रतिबद्ध होनहार युवा कार्यकर्ताको अल्पायुमै निधन हुनुले सङ्गठनमा क्षति पुगेको विचार नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोंजूले व्यक्त गर्नुभयो ।
उहाँको पार्थिव शरिरमा पार्टी जिल्ला अध्यक्ष न्हुछेभक्त फोंजू, नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका उपाध्यक्ष राजकुमार लघु र नेक्रायुसङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष आर. साखकर्मीले सङ्घको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँको अन्तिम संस्कार भक्तपुरको हनुमानघाटमा सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *