भर्खरै :

दुई दिवसीय क्रिकेटको उपाधि ग्रेट हिमालयलाई

काठमाडौँ, १९ फागुन । दुई दिवसीय हिमालय क्रिकेट लिग यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि आयोजक ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा मङ्गलबार भएको फाइनल खेलमा काठमाडौँ क्रिकेट टेनिङ सेन्टर (केसीटीसी) लाई एक विकेटले पराजित गर्दै ग्रेट हिमालयले उपाधि जितेको हो ।
उपाधिसहित ग्रेट हिमालयले रु. एक लाख ५० हजार प्राप्त ग¥यो । त्यसैगरी उपविजेतामा चित्त बुझाएको केसीटीसीले रु. ७५ हजार प्राप्त ग¥यो । केसीटीसीले जितका लािग दिएको ११५ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयले ५७ ओभरमा नौ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । ग्रेट हिमालयका प्रशान्त सिंहले ३० बलमा दुई चौकासहित १६ रनको अविजित पाली खेले ।
त्यसैगरी आयुष बस्नेतले २४, अभिषेक बस्नेतले १९, सङ्गीत बुढाथोकीले १६ तथा राशिद खानले १८ रनको योगदान दिए । बलिङतर्फ केसीटीसीका तिलक भण्डारीले छ विकेट लिँदा सूर्य तामाङले दुई तथा विविन आचार्यले एक विकेट झारे ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको केसीटीसीले २४ ओभर तीन बलमा ८० रनमा समेटिएको थियो । उसका लागि विवेक राना मगरले १८ रन जोडे भने सचिन लखाहले १४, निर्भीक पाठकले १३ तथा सूर्य तामाङले ११ रन जोडे । ग्रेट हिमालयका अरियो पौडेलले तीन विकेट लिँदा मोहम्मद हुसेन, विवेक यादव र सोनु देवकोटाले समान दुई÷दुई विकेट लिए । त्यस्तै राशिद खानले एक विकेट हात पारे ।
उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि केसीटीसीका सूर्य तामाङ घोषित भए । उनले रु. २५ हजार प्राप्त गरे । त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान ग्रेट हिमालयका आसिफ शेख र उत्कृष्ट बलर केसीटीसीका तिलक भण्डारी घोषित भए । दुवै खेलाडीले जनही रु. दश हजार प्राप्त गरे । त्यस्तै इमर्जिङ खेलाडी घोषित भएका ग्रेट हिमालयका आरियो पौडेलले ट्रफी र क्रिकेट सामग्री प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *