कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
अङ्कारा, १९ फागुन । ग्रीसले आगामी महिनादेखि शरणका लागि आउने कुनै पनि आवेदन नलिने घोषणा गरेको छ । यसअघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको थियो ।
प्राप्त समाचारमा यसअघि करिब १० हजार आप्रवासीलाई टर्कीसँग जोडिएको ग्रीसमा रोकिएको थियो । जसका कारण ग्रीसका अधिकारीहरूले ती आवेदन नलिने जनाएका हुन् ।
ग्रीसका प्रधानमन्त्री किरियाकोस् मित्सोटाकिसले ग्रीसको सीमाक्षेत्रमा आवश्यक मात्रामा रोकावट गरिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “हाम्रो सीमातर्फ अनावश्यक रूपमा प्रवेश गर्न खोज्ने कुनै पनि देशका आप्रवासीलाई रोकेर राखिएको छ ।”
टर्कीले पनि शरणार्थी आप्रवासीको भार थेग्न नसक्ने बताएको थियो । टर्कीले सिरियामा विगतका वर्षहरूदेखि जारी रहेको युद्धका कारण ठूलो सङ्ख्यामा नागरिक भागिरहेका आफूले थाहा पाएको भन्दै यति धेरै मानिसको भार आफ्नो देशले बहन गर्नसक्ने अवस्था नरहेको बताएको थियो ।
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले भने सिरिया छोडेर शरणका लागि हिँडेका आप्रवासीहरूलाई छिमेकी देशहरू तथा युरोपेली युनियनका सदस्य राष्ट्रमा जानका लागि अनुमति दिने बताउनुभएको थियो । गत शुक्रबार उहाँले ग्रीस र बुल्गेरियातिर जानका लागि अनुमति दिने घोषणा गर्नुभएको थियो ।
उत्तरी सिरियामा रहेका इद्लिब प्रान्तमा गत हप्ता भएको एक भीषण हवाई हमलामा परी करिब ३३ जना टर्किस सैनिक मारिएका थिए । त्यसपछि उहाँले सो घोषणा गर्नुभएको थियो ।
टर्कीमा ठूलो सङ्ख्यामा सिरियाका नागरिक शरणार्थीका रूपमा बसिरहेको बताइएको छ । पछिल्लो एक प्रतिवेदनका अनुसार टर्कीमा सिरियाका करिब ३७ लाख शरणार्थी रहेका बताइएको छ । टर्कीमा युरोप प्रवेश गर्न लागेका विभिन्न देशका शरणार्थीहरू बस्ने गरेका बताइन्छ ।
उक्त देशमा तालिबान युद्धका कारण द्वन्द्वमा परेका अफगानिस्तानका नागरिक पनि आप्रवासीका रूपमा पुगेका छन् ।
त्यसैगरी प्राप्त एक पछिल्लो समाचारअनुसार ग्रीस र टर्कीको सिमानामा आप्रवासी र सुरक्षाकर्मीबीच केही समय यता झडपहरू पनि भएका छन् । यस विषयमा भने ग्रीस सरकारले केही बताएको छैन । ग्रीसका सुरक्षाकर्मीले आप्रवासीलाई रोक्न बलसमेत प्रयोग गरेका सो समाचारमा जनाइएको छ ।
Leave a Reply