भर्खरै :

नेकपाका नेताहरु कहिले को नजिक कहिले को ?

 कमल आलेमगर
नेकपाका नेताहरू नेकपाभित्र अन्तर्विरोध स्वाभाविक ठान्छन् र तिनै अन्तर्विरोधको पत्रपत्रिकामा चर्चा परिचर्चा हुँदा नेकपालाई फुटाउन खोज्यो भनी हल्ला पिट्नेहरू पनि नेकपाकै नेताहरू हुन् । यो अन्तर्विरोधमा कहिले माधवकुमार नेपाल देखापर्छन् त कहिले झलनाथ खनाल । आफ्नो पक्कड राम्रो बनाउन ओलीले कहिले नेपाललाई कुनै जिम्मेवारी दिएर आफ्नो निकट बनाउने मन्त्र रच्छन् भने कहिले खनाललाई हातमा लिएर आफ्नो नजिकको पात्र बनाउँछन् । यसको शिकार कहिले वामदेव गौतम बन्छन् भने कहिले ईश्वर पोखरेल बन्छन् । यसरी छिनछिनमा केटाकेटीहरूजस्तै ओलीको कहिले माधव नेपाल त कहिले झलनाथ खनाल नजिकका पात्र किन बन्छन् ?
क्रियाकलाप र गतिविधिले प्रम ओली सरकार र पार्टी आफ्नै अधीनमा राख्न चाहन्छन् । उनी अरु नेताहरूलाई आफ्नै छत्रछायाँमा राख्न चाहन्छन् । यस्ता चलखेल धेरै भए । ओलीको चलखेलले आफ्नै वरिपरिका नेताहरू चिढिए, आक्रोशित भए । ओली पदमा पुगेपछि मात्तिएको र मात्तिएरै उनको विरोध बढेको स्वयम् नेकपाका नेताहरू बताउँछन् । पार्टी अध्यक्ष भए पनि पुष्पकमल दाहाल कहिले निरीह त कहिले लाचार बन्छन् । ओलीसामु बोल्ने आँट नभएकोले पनि दाहाल पार्टीको नायक भएर पनि बेलाबखत छायाँमा परेका हुन् । कार्यकारी अध्यक्ष बनेर पार्टीमा केही सक्रिय त भए तर उनलाई नेताहरूले गनेनन् । रिसको पारो चढेपछि उनी बरोबर ओलीविरुद्ध खनिन पुग्छन् । राजनीतिमा तिनीहरूको मात्र चर्चा परिचर्चा भइरहेको हुँदा बीच–बीचमा वामदेव गौतम उफ्रिन्छन् र चर्चामा आउँछन् ।
नेता गौतम लायक हुन् कि होइनन् आफ्नो ठाउँमा छ तर उनी न विचार पु¥याएर बोल्छन् न त काम नै गर्छन् । लामो समयसम्म बोल्दै नबोल्ने, चर्चामा पनि नआउने तर बोलेपछि पोल्ने गरी बोल्ने र ठाउँमै आउन ताक्ने स्वभावका नेता हुन् गौतम । संसद्को निर्वाचनमा हारे पनि उनी पटक–पटक संसद् सदस्य बन्ने प्रयास गरे । यतिसम्म कि आफू सांसद बन्न निर्वाचित सांसदलाई समेत राजीनामा गराउन उनी तयार भए । सांसद बन्ने उनको पटक–पटकको प्रयास असफल भयो । पछिल्लो पटक वामदेव गौतम राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्नुपर्ने सर्त राखेर अघि बढे । राष्ट्रियसभा सदस्य भए पनि संविधान संशोधन गरेर प्रम बन्ने सपना पनि अधुरो भयो । यस्ता बेइज्जतीपूर्ण कामहरू उनले धेरै झेले । तर पनि उनमा चेत आएनन् ।
ओली प्रम हुँदा हुँदै आखिर पहिले अध्यक्ष दाहाल र अहिले गौतम किन प्रम बन्नको निम्ति लालायित भएका हुन् ? त्यस लालायितभित्र साँच्चै के रहस्य छ ? त्यो रहस्य नेकपाले चाहेर या नचाहेर एक दिन खुल्ने नै छ । कति कुराहरू सार्वजनिक गर्न नमिल्ने भएर पनि गोप्य राखिएको हुनसक्छ । त्यसो त नेता गौतमलाई उपनेता सभामुख सुवास नेम्वाङले अहिलेझैँ सक्रिय भएर अर्काे निर्वाचनमा निर्वाचित भएर प्रम बन्नसक्ने भनी व्यङ्ग्य गरे । बेला न कुबेला नेता गौतम नै प्रम बन्नुपर्ने जाँगर किन पलायो ? उनी आफू प्रम भएर देशलाई कहाँ पु¥याउने या लैजाने रहर छ ? त्यो पनि सार्वजनिक भयो भने जनता सुसूचित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *