भर्खरै :

रौतहटमा एमसीसीको विरोध

रौतहट, २० फागुन । अमेरिकी एमसीसी परियोजनाविरुद्ध देशव्यापी अभियानअन्तर्गत नेपाल मजदुर किसान पार्टी रौतहट जिल्ला समितिको आयोजनामा मङ्गलबार रौतहटको गरुडामा विरोधसभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले एमसीसी परियोजना नेपालको सार्वभौमिकता विपरीत भएको बताउनुभयो । उहाँले नेपालको कानुनभन्दा अमेरिकी कानुन माथि रहने गरी एमसीसी पारित गरे शासक दलहरू देशघाती पार्टी प्रमाणित हुने बताउनुभयो ।
उहाँले एमसीसी परियोजनाविरुद्ध नेपाली जनता एकजुट हुन नसके देश अमेरिकी साम्राज्यवादको क्रिडास्थल बन्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य दिनेशप्रसाद साहले संरा अमेरिकी साम्राज्यवादले पाइला राखेको देशमा विध्वंस मचिरहेको चर्चा गर्दै एमसीसीले नेपालमा पनि विध्वंस मचाउने बताउनुभयो ।
उहाँले भारतीय विस्तारवाद र संरा अमेरिकी साम्राज्यवाद मिलेर नेपाली भूमिलाई छिमेकी देश चीनविरुद्ध प्रयोग गर्न खोजिरहेको धारणा राख्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य सरोजकुमार साहले नेमकिपाले स्थापनाकालदेखि साम्राज्यवादविरोधी सङ्घर्षलाई निरन्तरता दिँदै आएको बताउनुभयो । विरोधसभामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरेराम सुवाल, महेन्द्र बखुन्छेलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *