भर्खरै :

हङकङको लगातार दोस्रो जीत

काठमाडौँ, २० फागुन (रासस) । एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा हङकङले थाइल्याण्डलाई पराजित गरेको छ । थाइल्याण्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा आयोजक थाइल्याण्डलाई आठ विकेटले पराजित गर्दै हङकङले लगातार दोस्रो जीत हात पारेको हो । यसअघि हङकङले आफ्नो पहिलो खेलमा नेपाललाई ४३ रनले पराजित गरेको थियो ।
थाइल्याण्डले दिएको ७८ रनको लक्ष्य हङकङले ७ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । हङकङका लागि निजाकट खानले सर्वाधिक ३६ रनको योगदान दिँदा किन्चित साहले अविजित १९ तथा जेम्स जोन्सले अविजित ११ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७७ रन बनाएको थियो । उसका लागि जिउल हकले २३ रन जोड्दा डानिल जाकोब्सले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ हङकङका किन्चित साह, अफ्ताब हुसेन र इशान खानले २÷२ विकेट लिए । जितसँगै २ खेलमा ४ अङ्क जोडेको हङकङले शीर्ष दुईमा रहँदै एशिया कप छनोटको सम्भावना बलियो बनाएको छ ।
यता पराजित थाइल्याण्डको भने यो लगातार तेस्रो हार हो । यसअघि थाइल्याण्ड सिङ्गापुरसँग ४३ रनले पराजित भएको थियो भने मलेसियासँग ८ विकेटले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित मलेसिया, आयोजक थाइल्याण्ड, सिङ्गापुर र हङकङले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् । सोही प्रतियोगिताअन्र्गत बुधबार दुई खेल हुनेछ । जसमा नेपालले थाइल्याण्डसँग खेल्नेछ भने हङकङले सिङ्गापुरको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *