भक्तपुर काण्डको नाममा भएको अत्याचारबारे नयाँ पुस्तालाई बताउनुपर्ने
- भाद्र ९, २०८३
जमिला
आजका बालबालिका मानवजातिकै भविष्य हुन् । नयाँ पुस्तालाई अत्यन्त प्रेमपूर्वक र होसियारीकासाथ हुर्काउनु पुरानो पुस्ताको सामाजिक र नैतिक जिम्मेवारीसमेत हो । देशको भविष्यका बलिया खम्बाहरूको लालनपालन प्राथमिकता पाएको समाज या व्यवस्था सुसंस्कृत कहलिन्छ । सुन्दर र समृद्ध समाज निर्माणका लागि आजका संवेदनशील कोपिलाहरूलाई फुल्न र फक्रन अनुकूल वातावरण निर्माण गर्नु समाजवाद या क्रान्तिको उपलब्धि हो । उत्तर कोरियाली माटोमा बालबालिका अर्थात् नयाँ पुस्ता कसरी हुर्काइन्छन् भन्ने सङ्क्षिप्त चर्चा पुस्तक (द केयर अफ दन राइजिङ जेनेरेसन) मा गरिएको छ । पुस्तकमा प्रजग कोरियाका नेता किम जङ उनले बालबालिकाको विकासका लागि गर्नुभएका अनुकरणीय कार्यहरू प्रस्तुत गरिएका छन् ।
जुच्छे विचारधारा र सोन्गुन नीतिकै आधारशिलामा प्रजग कोरियामा बालबालिकाका थुप्रै दरबार निर्माण भए । देशको ‘राजा’ बालबालिका नै हुन् । भोलि तिनले नै समाजवादको रक्षा गर्नेछन् । भोलि तिनले नै देशको नेतृत्व गर्नेछन् भन्ने विश्वास नेता उन गर्नुहुन्छ ।
बालबालिकाहरू खुसी भएको व्यवस्थामा मात्र सफलता, समृद्धि र उमङ्गको मूल फुट्छ । प्रजग कोरियाका बालबालिकाहरू गाउँछन् –“विश्वमा हामी नै सबैभन्दा खुसी छौँ ।” यो गीत सन् १९६१ देखि आजसम्म गाइँदैछ । दशकौँदशक अर्थात् पुस्तौँपुस्तासम्म पनि प्रजग कोरियाका बालबालिकाहरूले यो गीत गाइरहने छन् । जुच्छे विचारका सिपाही र सोन्गुन नीतिका सम्वाहक नयाँ पुस्ताले क्रान्तिको झन्डा फहराइरहने छन् । एउटा शक्तिशाली समाजवादी देशको रूपमा प्रजग कोरिया विश्वमा सदा उभिइरहने छ ।
प्रजग कोरियामा बालबालिकाको लागि १२ वर्षे अनिवार्य र निःशुल्क शिक्षाको बन्दोबस्त गरिएको छ । बालबालिकालाई मात्र होइन, शिक्षाको उज्यालो छर्ने र नयाँ पुस्तालाई शिक्षा र संस्कार सिकाउने शिक्षकहरूलाई पनि राज्यले सम्मान दिने र प्राथमिकतामा राख्ने गरेको छ । शिक्षक र अनुसन्धानकर्ता र वैज्ञानिकहरूलाई सुविधासम्पन्न अपार्टमेन्टको बन्दोबस्त राज्यले नै गर्छ । असल शिक्षक र राम्रो शिक्षा बालककालमै आवश्यक छ । त्यसकारण बालबालिकालाई सानै उमेरदेखि असल क्रान्तिकारी बन्न सिकाइन्छ, देशको रक्षा गर्न अभिप्रेरित गरिन्छ । देशको भविष्यको जिम्मेवारी लिने शिक्षकलाई राज्यले आवश्यक वातावरण दिइरहेको थुप्रै प्रमाणहरू पुस्तकभित्र समेटिएका छन् ।
प्रजग कोरियाको प्रणालीबाट नेपालजस्ता देशले सिक्न आवश्यक छ । प्रत्येक विद्यालय, शिशुशाला र बालोद्यानहरूमा प्रजग कोरियाको यो शैली र सन्देश प्रवाह गर्नु श्रेयस्कर होला । अत्यन्त पठनीय र रोचक यस पुस्तकभित्र प्रजग कोरियाका ‘बालबालिकाहरूको स्वर्गका केही टुक्राहरू’ तस्वीरका रूपमा छापिएका छन् । प्रजग कोरियाको वैदेशिक भाषा प्रकाशन गृहद्वारा सन् २०१९ नोभेम्बरमा प्रकाशित यो पुस्तक नेपालको शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूको निम्ति अतिउपयोगी हुनेछ ।
बालबालिकालाई ज्ञान दिने, प्रकृतिको सामिप्यमा राख्ने, जीवजन्तु चिनाउने कार्य गरिन्छ । प्रजग कोरियामा असाध्यै राम्रा तथा अत्याधुनिक क्याम्प अर्थात् मनोरञ्जनस्थलहरू छन् र अझै अरू बन्दैछन् । अत्यन्त दूरगामी सोचसहित बालबालिकाका दरबारहरू, उद्यान र शिशु स्याहार केन्द्रहरू बन्दैछन् । प्रजग कोरियाका आमाहरू निकै खुसी र सन्तुष्ट छन् । आफ्ना सन्तान सौहाद्र्र वातावरणमा हुर्काउन पाउँदा र आफू स्व–रोजगार हुन पाउँदा को आमा खुसी नहोला ¤
बालबालिकाका लागि स्वास्थ्य उपचार निःशुल्क बनाइएको छ । अस्पतालभित्र अध्यापन सुविधा, खेलकुद र रचनात्मक गतिविधिका लागि कोठाहरू छुट्याइएका हुन्छन् । निःशुल्क शिक्षा र स्वास्थ सँगसँगै दिइने व्यवस्था समाजवादमा मात्रै सम्भव छ ।
बालबालिकालाई शैक्षिक सत्रको सुरूआतमै पोसाक वितरण गरिन्छ । बालबालिकाको शरीर स्वस्थ राख्न गुणस्तरीय कपडा छनोट गरी पोसाक सिलाइन्छ ।
मौसमअनुसारको पोसाक दिइन्छ । सबैलाई एकैचोटि पोसाक वितरण हुँदा कसैको नयाँ र पुरानो हुन्न, गुणस्तर पनि उही हुन्छ । विद्यालय झोला र पोशाक कारखानाको निरीक्षण राष्ट्रपति स्वयम्ले गर्नुहुन्छ । कोरियाली मजदुर पार्टीको प्रधान चासो पनि बालबालिका र तिनको शारीरिक एवम् बौद्धिक स्वास्थ्य नै हो ।
बालबालिकाको निम्ति स्वस्थ र पोषणयुक्त खानाको बन्दोबस्त राज्यले नै गर्छ । प्रजग कोरियाका सडकमा भटमासको दूधका गाडीहरू निरन्तर हुइँकिरहन्छन् । बालबालिकालाई पोषणयुक्त खानेकुरामात्र दिइन्छ । खेल्ने ठाउँ र पौडी खेल्ने पोखरी ठाउँठाउँमा बनाइएका छन् । ती सुविधासँगै प्राथमिक उपचारको बन्दोबस्त पनि गरिएको छ । बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट बनाउन राम्रा राम्रा पुस्तकहरूको आयात गरिन्छ । बालबालिकाहरूको हाँसोले नै पुरानो पुस्ताको मन प्रफुल्लित हुन्छ र क्रान्तिकारीहरूले बालबालिकाको हाँसोमै बाँच्नुको अर्थ भेट्छन् भनी पुस्तकमा लेखिएको छ । स्वस्थ र स्फुर्तिला बालबालिकाको उन्मुक्त हाँसोभित्र युगौँयुगसम्म समाजवादको विजय हुने आशाको किरण लुकेको हुन्छ । बालबालिका खुसीले हाँस्दा देश नै सुन्दर बगैँचाजस्तै ढकमक्क फुल्छ ।
प्रजग कोरियामा कोही अनाथ हुन्नन् । नेता किम जङ उन आफैँ बालबालिकाका पिता बनेर दायित्व निर्वाह गर्नुहुन्छ, माया गर्नुहुन्छ । राज्यले बालबालिकालाई अभिभावकविहीन छु भन्ने भावना राख्न दिँदैन । आमाबुबा भएका बालबालिकासरह ती पनि हुर्कन्छन् । पितातुल्य नेताका रूपमा किम जङ उन बालबालिकाको माझमा समय व्यतित गर्नुहुन्छ । बालबालिका गीत गाउँछन् –“हाम्रा नेता किम जङ उनप्रति हामी आभारी छौँ ।”
सानैदेखि लवाइखवाइ र ‘टेबल म्यानर’ अर्थात् खाँदाबस्दाको आत्मअनुशासन सिकाइन्छ । सामाजिक बन्न उत्साहित गरिन्छ । समाजवादी देश भएकै कारण बालबालिकालाई यसरी हुर्काइएको हो भन्ने तर्क मननीय छ । पुँजीवादी व्यवस्थामा यो सम्भव छैन । बालबालिकाप्रतिको माया भविष्यप्रतिको माया र मानव जातिप्रतिको प्रेम हो भन्ने शिक्षा यस पुस्तकबाट मिल्छ । बालबालिकालाई फुल्न दिनुपर्छ, ओठमा उन्मुक्त हाँसो हुनुपर्छ, शरीरमा स्फुर्ति हुनुपर्छ त्यसो भएमात्र देशको सेवा गर्ने वैज्ञानिक, खेलाडी, कलाकार, सिपाही, डाक्टर, इन्जिनियर र थुप्रै नायकहरू देशले प्राप्त गर्नेछ ।
प्रजग कोरियाको प्रणालीबाट नेपालजस्ता देशले सिक्न आवश्यक छ । प्रत्येक विद्यालय, शिशुशाला र बालोद्यानहरूमा प्रजग कोरियाको यो शैली र सन्देश प्रवाह गर्नु श्रेयस्कर होला । अत्यन्त पठनीय र रोचक यस पुस्तकभित्र प्रजग कोरियाका ‘बालबालिकाहरूको स्वर्गका केही टुक्राहरू’ तस्वीरका रूपमा छापिएका छन् । प्रजग कोरियाको वैदेशिक भाषा प्रकाशन गृहद्वारा सन् २०१९ नोभेम्बरमा प्रकाशित यो पुस्तक नेपालको शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूको निम्ति अतिउपयोगी हुनेछ ।
Leave a Reply