प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
इमानुएल सुमारी
कोरोना भाइरसको महामारी फैलिनुअघि विश्वविद्यालय कक्षामा हामीले निकै रमाइलो समय बिताएका थियौँ । सेमेस्टर सकिएलगत्तै मेरा केही सहपाठीहरू बसन्त पर्वको मौका पारेर आफ्नो परिवारसँग भेट्न घर फर्के । विश्वविद्यालयमा झन्डै चालीसजना विद्यार्थी बाँकी थियौँ । बिदा सदुपयोग गर्नेबारे सबैले ‘ठूला सपना’ देखेका थिए । हामी चाङ्सालगायत चीनका विभिन्न ठाउँ र क्वानचाउ जस्ता केही व्यापारिक सहरको भ्रमण गर्ने योजना बुनिरहेका थियौँ । हामीले ती सहर चीनको नक्सामा मात्र देखेका थियौँ । धेरै कथाहरू सुनेका थियौँ । हामी चीनमै वसन्त पर्व उत्साहपूर्वक मनाउन र त्यहाँको समृद्ध संस्कृति अनुभूत गर्न चाहन्थ्यौँ । बसन्त पर्वका कल्पनातीत कुराले हामीलाई निकै उत्साहित बनाएको थियो । डम्प्लिङ बनाउने, बसन्त ऋतुका कविता कोर्ने र नयाँ वर्षको पूर्वसन्ध्याको रात्रिभोजको कल्पनाले हामी हर्षविभोर भएका थियौँ ।
हाम्रो परीक्षा सकिएको केही दिनपछि नै नोबल कोरोना भाइरसको महामारी फैलियो । त्यसपछि जाडो विदाको लागि हामीले बुनेका सबै योजना चकनाचुर भए ।
महामारी फैलिनु निकै दुःखको कुरा थियो । महामारीसँगै पीडाभाव र डरले पनि मनमा डेरा लियो । त्यसो हुनुको कारण हामीले हाम्रा सबै प्रियजन र परिवारबाट टाढा नयाँ देशमा यस्तो महामारी सामना गर्नुपरेको थियो । सुरु सुरुका दिनमा दैनिकी त्यति तनावपूर्ण थिएन । हामी बाहिर पसलमा किनमेलको लागि जान सक्थ्यौँ, साथीहरूसँग भेटघाट गर्न सक्थ्यौँ र कोठाबाहिरको पारिलो घाममा स्वच्छ हावाको मज्जा लिन सक्थ्यौँ । तर, दैनिकजसो सङ्क्रमित मानिसको सङ्ख्या बढेको समाचार सुनेपछि अवस्था गम्भीर बन्दै गएको हामीले महसुस ग¥यौँ । महामारीबाट धेरै मानिस प्रभावित नबनून् भनेर सरकारले महामारीको निम्ति नै अलग विशेष अस्पताल बनाएको, मानिसको आवतजावतमा रोक लगाएको र चीनका विभिन्न भू–भागमा सार्वजनिक यातायात सेवा बन्द गरेपछि हामीले यो कुनै सामान्य खालको महामारी नभएको बुझ्यौँ । हामीलाई अत्यावश्यक परेको अवस्थामा मात्र कोठा बाहिर जानु, बाहिर जाँदा मुखमा मास्क लगाउनु र एक साताभन्दा बढी समयको लागि खाद्य सामग्रीको जोहो गर्नु भन्ने सूचना आएपछि हाम्रो लागि सबै कुरा परिवर्तन भए ।
सबभन्दा नरमाइलो त विश्वविद्यालय प्रशासनले हामीलाई छात्रावासबाट बाहिर नजान सूचना जारी गर्दा महसुस भयो । विश्वविद्यालय प्रशासनले त्यो निर्णय हाम्रै भलाइको लागि गरेको थियो । सङ्क्रमित बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा हामी बाहिर जाँदा सङ्क्रमणको सम्भावना बढी हुन्थ्यो । हाम्रो कोठा नै सबभन्दा सुरक्षित ठाउँ थियो । छात्रावासभित्रकै साथीहरूसँग समेत भेटघाट पातलिँदै गयो । परिवारसँग कुराकानी गर्दा हाम्रो पीडा र तनाव अझ बढ्थ्यो किनभने उनीहरूले अविश्वसनीय समाचार स्रोतबाट अनेकथरि समाचार सुनेका हुन्थे । उनीहरूले मेरो स्वास्थ्यप्रति गहिरो चिन्ता लिँदै र महामारीको अवस्थाबारे चासो राखेर दैनिक सम्पर्क गर्थे । महामारीको यो अवधिमा हामीले बिताएको समयलाई अङ्ग्रेजी चार वटा अक्षरबाट व्यक्त गर्न सकिन्छः एसईएलएस (क्भ्ीक्)
एसको अर्थ स्लिप फर लङ आवर (लामो समय सुत्नु)
एको अर्थ इट (खानु)
एलको अर्थ लिटिल सोसिएलाइजेसन (अरू मानिससँग कम भेट्नु) र
एसको अर्थ स्लीप (सुत्नु) ।
वास्तवमा भन्नुपर्दा यो अवधि सामाजिक, मानसिक र शैक्षिक रूपमा ज्यादै निराशाजनक र दिक्क लाग्दो थियो, जसलाई सामना गर्न हामीलाई हम्मेहम्मे परेको थियो । यो जीवनकै अमिट अनुभव र जीवनभरको कथा बनेको छ ।
यद्यपि, यसले हामीलाई नोबल कोरोना भाइरसजस्तो महामारी फैलिएको जटिल समयमा चीनले त्यसको सामना कसरी ग¥यो भन्ने कुराको अनुभव गराएको छ । चीनले महामारी रोकथाम र नियन्त्रणको लागि गरेको प्रयास निकै महँगो र धेरै स्रोतको खाँचो पर्ने खालको देखिन्छ । मानिसको आवतजावतमा रोक, क्वारेन्टाइनमा राख्नु, अस्पताल निर्माण, व्यापार व्यवसाय बन्द गर्नु र सबै महत्वपूर्ण पक्षमा मानिसको हेरविचार गर्नु सजिलो काम पक्कै थिएन । सबै देशले यस्तो खालको बन्दोबस्त गर्न सक्दैनन् । चीन सरकार आफ्नो देशभित्र र बाहिर संसारभरका देशमा कोरोना भाइरसको सङ्क्रमण रोक्न निकै व्यवस्थित र केन्द्रित देखिन्छ । यी सबै कारणहरूले नै चीनले यो महामारीलाई पराजीत गर्नेमा हामी ढुक्क थियौँ । त्यसले हाम्रो पीडाबोधलाई कम गरेको छ । त्यसका साथै हामीले चीनका जनता निकै सहयोगी र सरकारका निर्देशनको कडाइपूर्वक पालना गर्छन् भन्ने कुरा बुझ्यौँ ।
आफू नर्स भएकोले चीनमा कसरी नर्स र डाक्टरलगायत स्वास्थ्यकर्मीहरू महामारीको कारण सङ्क्रमित विरामीको ज्यान जोगाउन आफूलाई कसरी समर्पित भएर लाग्दा रहेछन् भन्ने कुरा समाचारमाध्यममार्फत थाहा पाएँ । उनीहरू अरू कसैको ज्यान जोगाउन आफ्नो जीवन दाउमा लगाइरहेका थिए । आफ्नो प्रियजनभन्दा टाढा उनीहरू दिन र रात अथक रूपमा काम गरिरहेका छन् । उनीहरूको यो कटिबद्धता, ऐक्यबद्धता र इमान्दारीभन्दा धेरै माथिको कुरा हो । चीन अझ अघि बढ !
यस्ता सबै प्रतिकूलता छिचोलेर पनि हामी अझै बाँचेका छौँ । म चीन सरकार, अर्थ तथा वाणिज्य मन्त्रालय, सेन्ट्रल साउथ युनिभर्सिटीको स्कूल अफ इन्टरनेसनल एडुकेसन र सियान्ज्या स्कुल अफ नर्सिङप्रति हार्दिक आभार प्रकट गर्छु ।
विश्वविद्यालयले हामीलाई महामारीको पछिल्लो अवस्था र विश्वविद्यालयको शैक्षिक कार्ययोजनाबारे अद्यावधि राखेको छ । त्यस्ता सूचनाले पनि हामीलाई अझ बढी आत्मविश्वास दिएको छ ।
भाइरसको सङ्क्रमण रोक्न हामीलाई रोकथामका विभिन्न उपायसम्बन्धी सूचना सम्प्रेषण गरिएको छ । हामीले आफ्नो स्वास्थ्यको ख्याल आफैं कसरी गर्ने भन्ने विषयमा जानकारी दिइएको छ । हामीले यस्ता सूचना हाम्रो परिवारलाई पनि भनेको छु । परिवारले पनि आफ्नो सुरक्षा आफैंले गर्न सकू्न् भनी हामीले उनीहरूलाई पनि त्यस्तो सूचना दिने गरेका छौँ ।
विश्वविद्यालयले हामीलाई दिनको तीन छाक खानाको बन्दोबस्त गरेको छ । तीन पटकको खाना मनग्ये पुग्ने छ । ठीक समयमा नै खाना हात पर्छ । क्याम्पसका सबै विदेशी विद्यार्थीलाई मास्क उपलब्ध गराइएको छ । नोबल कोरोना भाइरससम्बन्धी कुनै लक्षण समयमै पत्ता लगाउन दैनिक कम्तीमा दुई पटक शरीरको तापक्रम जाँच्ने गरिएको छ ।
हाम्रो लागि स्वस्थ र स्वच्छ वातावरण उपलब्ध गराउन छात्रावासमा नियमित र लगातार सरसफाइ गर्ने र सङ्क्रमणमुक्त बनाउने काम हुने गरेको छ ।
हाम्रो छात्रावासको जिम्मेवार व्यक्तिहरू हामीलाई आमाबुबाले जस्तो मायालु हेरचाह गरिरहेका छन् । हामीलाई बरोबर फोन गर्ने र विच्याट मेसेजमार्फत सन्देश पठाउने र चासो राख्ने गरेका छन् । सङ्क्रमणबाट जोगिने उपाय अपनाउन हामीलाई घचघच्याउने गरेका छन् ।
हामी छात्रावासभित्र बस्दा हाम्रो लागि तरकारी र अन्य आवश्यक सामग्री उपलब्ध गराउन हाम्रा समूह संयोजकहरूले अरू सामान्य समयमा भन्दा लामो दुरीको यात्रा गरेर पनि ती सामानको जोहो गरेका छन् । संयोजकहरूले बनाएको एउटा दबुमा हाम्रै क्याम्पसका र बाहिरका विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे आपसमा आदानप्रदान गर्न सकेका छौँ । गज्जबको जुक्ति !
यी सबै कुरा सुन्दा ससाना विषय जस्ता लाग्छन् । तर, यस्ता साना कुराले नै हामीलाई यो महामारीसँग सामना गर्न सक्षम बनाएको छ । हामीले सकारात्मक अनुभव गरेका छौँ । हामीले यतिबेला मायाको अनुभव र मूल्यबोध गरेका छौँ । हामीले वास्तवमै घरजस्तै अनुभव गरेका छौँ । कठिन समयमा हामीप्रति चासो र चिन्ता गर्ने मान्छेहरू पनि छन् भन्ने जतिको विशेष अनुभव के हुन सक्छ ? !
हामी चीनबाट धेरै कुरा सिक्न अरू देशलाई अनुरोध गर्छौं । अनि अरू विश्वविद्यालयलाई सेन्ट्रल साउथ विश्वविद्यालयबाट सिक्न अनुरोध गर्छौं ।
हामी सबै नोबल कोरोना भाइरसको सङ्क्रमणको समयमा चीनको साथमा उभिएका छौँ ।
चीन बलियो होस् र भाइरसमाथि विजय हासिल गरी सधैँ बलियो होस् भनी हामी प्रार्थना र आशा गर्छौं ।
चीन र चिनियाँ जनता जिन्दावाद !
(सेन्ट्रल साउथ विश्वविद्यालयअन्तर्गत सियान्ज्या स्कूल अफ नर्सिङमा स्नातकोत्तर गरिरहेका चालीस विद्यार्थीको तर्फबाट इमानुएल सुमारी)
स्रोत ः चाइना डेली
नेपाली अनुवाद ः नीरज
Leave a Reply