‘अमेरिकी प्रजातन्त्र’ पुस्तकबारे अध्ययन गोष्ठी
- भाद्र १०, २०८३
दैलेख, १० भदौ । नेपाल मजदुर किसान पार्टीको आयोजनामा चामुण्डा विन्द्रासैनी वडा नं. ५ को लेखडाँडामा भदौ ९ को ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम मङ्गलबार भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले कर्णप्रसाद ह्योजुलाई पञ्चायती शासकहरूले बलिको बोको बनाई नेमकिपालाई समूल नष्ट गर्ने षड्यन्त्र रची ‘भक्तपुर काण्ड’ गरेको प्रस्ट पार्नुभयो ।
कतिपय मानव अधिकारवादी र प्रजातन्त्रका पक्षधरहरूले भक्तपुर काण्डको विरोध गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले राष्ट्रिय पञ्चायतमा पनि भक्तपुर काण्डको विरोधमा आवाज उठेको चर्चा गर्नुभयो ।
नेमकिपा चामुण्डा विन्द्रासैनी नगर समितिका अध्यक्ष दीपक शाहीले भक्तपुर काण्ड नेमकिपालाई समाप्त पार्न रचिएको सरकारी दमन भएको चर्चा गर्दै अन्ततः नेमकिपालाई समाप्त गर्न खोज्ने पञ्चायत सरकार नै समाप्त भयो भन्नुभयो ।
वर्गसङ्घर्ष मात्र कामदारवर्गको मुक्तिको बाटो भएको उल्लेख गर्दै उहाँले नेमकिपाविरुद्ध फेरि पनि षड्यन्त्र हुनसक्ने भएकोले सचेत रहनुपर्ने बताउनुभयो ।
नेपाल प्राध्यापक समाजका नगेन्द्र कार्कीले भक्तपुर काण्ड कामदारवर्गका विरुद्ध सरकारी हमला भएको उल्लेख गर्दै पुँजीपतिवर्ग आफ्नो स्वार्थ पूरा गर्न कुनै पनि कसर बाँकी राख्दैन भन्नुभयो ।
बलबहादुर विकको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा नगर समिति सदस्य बिन्दु विक र अर्जुन विकले पनि बोल्नुभएको थियो ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टी ठाँटीकाँध ४ वडा एकाइ समितिको आयोजनामा भक्तपुर काण्डको भत्र्सना कार्यक्रम गैरागाउँमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा जिल्ला समितिका सदस्य खड्कबहादुर कठायतले राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड नेमकिपालाई समाप्त पार्ने पञ्चायती व्यवस्थाको षड्यन्त्रले पञ्चायती व्यवस्था आफै सकियो भन्नुभयो । “आज पुँजीवादी राजनीतिक दलका कार्यकर्ता तथा नयाँ नामका ठगहरू नेमकिपाको सङ्गठन र कार्यकर्तालाई समाप्त पार्ने योजना बुनिरहेका र लागिपरेका छन्,” उहाँले भन्नुभयो ।
उहाँले रास्वपा सरकारले पनि कामदारवर्गको हितमा काम नगरेको उल्लेख गर्दै नेमकिपा निरन्तर समाजवादी गणतन्त्रको पक्षमा लागिरहेको बताउनुभयो ।
वडा समितिका उपाध्यक्ष भट्टबहादुर शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँ समिति सदस्य कुलबहादुर कठायत र दिनेश विकले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएका थिए ।
Leave a Reply