क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
क्रिश्चिना
काठमाडौँ, २१ फागुन । डोनाल्ड ट्रम्पले आफ्नो पद बहाली र संरा अमेरिकाको प्रशासन सुरु गर्नुभन्दा पहिले निर्वाचनकै बेला अमेरिकी प्रचारमाध्यमहरूले उनी महिला समानताविरोधी, मुसलमानविरोधी, मेक्सिको मध्य अमेरिकी र दक्षिण अमेरिकी हिस्पेनियाली जनता र आप्रवासीविरोधी भनी प्रस्ट पारेका थिए । त्यसो त अमेरिका अफ्रिकाविरोधी र अल्पसङ्ख्यकविरोधी भावनाबाट सदा पीडित क्षेत्र नै हो । अफ्रिकी–अमेरिकी नेता मार्टिन लुथर किङ्गको दक्षिणपन्थीहरूबाट हत्या भएपछि संरा अमेरिकामा अफ्रिकी–अमेरिकीहरू झन् बढ्ता पीडित हुनपुगे । इटालीका नेता मुसोलिनीले कट्टर राष्ट्रवाद, क्याथोलिक धर्म र कम्युनिस्ट एवम् कामदार जनताको प्रजातान्त्रिक हक अधिकार खोस्ने र दमन गर्ने सिद्धान्त प्रतिपादन गरेलगत्तै छिमेकी देशहरूको ठूलो राष्ट्र अहङ्कारवाद र कट्टर धर्मले फासीवादको चकचकी अफ्रिकाको अवेसिनियासम्म पुग्यो ।
जर्मनीमा हिटलरले जनताको मौलिक र राजनैतिक अधिकारहरू खोस्न राष्ट्रिय समाजवाद र जर्मन राष्ट्रको नाममा कामदार जनतामाथि नाजीवादी अत्याचार सुरु गरे र त्यसपछि छिमेकी देशहरू कब्जा गर्न सुरु गरे ।
आज भारतको जनता पार्टीले हिन्दू राष्ट्रको नारा दिएर मुसलमान, सिख, जैन र अन्य धर्मावलम्बीहरू, दलित र अल्पसङ्ख्यक जातजाति तथा भाषाभाषीमाथि दमनचक्र चलायो । कट्टर हिन्दूवादको नारा लगाउँदै अति राष्ट्रवादी एकाधिकार पुँजीपति वर्गको सहयोगमा संसदीय निर्वाचन जितेर नरेन्द्र मोदीले भारतमा फासीवादको नयाँ संस्करण सुरु गरे ।
भर्खरै भारतको गुजरातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्रमण गर्दा भारतले अमेरिकी साम्राज्यवादी आतङ्कवादको समर्थनमा लाहाछाप लगाउने काम ग¥यो । ट्रम्प स्वयम् ठूलो पुँजीपति र व्यापारी भएको हुँदा भारतमा लगानीको हिसाबकिताब गर्ने र ३ अर्ब डलरको अमेरिकी हतियार बेच्ने घोषणा गरियो । यसरी ट्रम्पको भारत भ्रमण अमेरिकी र भारतीय फासीवादी गठबन्धनको प्रमाण सावित हुनपुग्यो ।
हिजो बेलायती साम्राज्यवादले भारतलाई स्वतन्त्रता प्रदान गर्दा हिन्दू मुसलमानबीच दङ्गा–फसाद गर्दै गराउँदै भारतलाई हिन्दुस्तान र पाकिस्तान बनाएर ७० वर्षसम्म पनि भिडन्त गराउँदै छ भने १९६० को दशकमा संरा अमेरिकाको केन्द्रीय गुप्तचर विभागले भारतीय गुप्तचर विभागको मुख्य व्यक्तिलाई नै हातमा लिई भारत–चीनको सीमा भिडन्त गराई ६० वर्षसम्म झगडा र शत्रुताको आगो लगाइरहेको छ ।
गुजरातमा ट्रम्प र मोदीले गला मिलाउँदै थिए भने राजधानी दिल्लीमा मुसलमानहरूको घरघरमा आगो लगाउँदै हत्या हिंसा मच्चाउँदै थिए– भाजपाका भिजिलान्ते अथवा गुण्डाहरू । प्रहरीले सीसीटीभी फुटाउँदै हत्याहिंसामा छुट दिँदै अदालतको मानहानी गर्दै थियो ।
(दिल्ली हिंसाको कोरोना भाइरसबाट हामी सिकिस्त छौँ । (अरुन्धती राय, नयाँ पत्रिका, १९ फागुन २०७६)
“दिल्ली हिंसामा प्रधानमन्त्री, गृहमन्त्री, अन्य मन्त्री र भाजपाका नेताहरूको मुसलमानविरोधी उक्साहरूमा प्रत्यक्ष र परोक्ष भूमिका छ । यदि यो हिंसाको निष्पक्ष अनुसन्धान भएमा तिनीहरू सबै हत्याका लागि जिम्मेवार घोषित हुनेछन् ।” (दिल्ली हिंसामा जिम्मेदार को ?– अपूर्वानन्द, मजदुर – १९ फागुन २०७६) ।
सन् २००२ मा मोदी गुजरातका मुख्यमन्त्री थिए । गुजरात साम्प्रदायिक दङ्गामा ७९० मुसलमान र २३४ हिन्दूको ज्यान गएको थियो । यसबाहेक २२३ भन्दा अधिक बेपत्ता भएका थिए, जुन हिंसाको घटनामा आजका प्रधानमन्त्री मोदीको नाम पनि मुछिएको थियो (गुजरात मोडल अब दिल्लीमा– छुदेन काविमो, नयाँ पत्रिका १७ फागुन २०७६) ।
Leave a Reply