क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
काठमाडौँ, २१ फागुन । कोरोना भाइरसको उद्गमथलो मध्यचीनको हुपेई प्रान्तमा अझै पनि २५ देखि ३० जना नेपाली रहेको हुनसक्ने बताइएको छ । उहानको इन्डिया मार्का नामको रेस्टुराँको नाममा मात्र नौ जना नेपाली मजदुर रहेको उहानको सेन्ट्रल चाइना नर्मल युनिभर्सिटीमा अध्ययनरत झमकुमार विश्वकर्माले बताउनुभयो ।
पेइचिङस्थित नेपाली राजदूतावासले सङ्क्रमणको इपिसेन्टर मानिएको उहानबाट नेपाल फर्किन चाहने नेपालीको आवेदन आह्वान गर्दा १८५ जनाले फारम भरेका थिए । उनीहरूमध्ये १७५ जना फागुन ४ गते नेपाल फर्केका थिए । ६ जना नेपाली नेपाल फर्किन चाहेर पनि विमानस्थलमा गरिएको स्वास्थ्य परीक्षणमा असफल भएपछि उनीहरू नेपाल आउन पाएका थिएनन् । त्यसबाहेक हुपेईमा अरू पनि नेपाली रहेको विश्वकर्माले जानकारी दिनुभयो ।
“स्वास्थ्य परीक्षणमा असफल भएकाबाहेक अरूले नेपाल फर्किन आवेदन नै भरेका थिएनन् ।
“इन्डिया मार्का नामको भारतीय रेस्टुराँमा काम गर्ने दस जना नेपालीमध्ये एक जना आवेदन भरेर स्वदेश फर्किनुभयो । बाँकी नौ जना अहिले पनि त्यहाँ छन्”, उहाँले भन्नुभयो ।
हुपेईका विभिन्न विश्वविद्यालयमा अध्ययनरत २० जना जति विद्यार्थीहरू विच्याटमार्फत सम्पर्क भइरहेको विश्वकर्माले बताउनुभयो ।
“नेपाल फर्किएका बाहेक २३ जनाको एउटा विच्याट गु्रप बनेको छ । त्यसमा तीन जना नेपाली दूतावासका अधिकारीहरू छन् । बाँकी बीस जना हुपेईमै छन्”, उहाँले भन्नुभयो ।
विश्वको पछिल्लो कोभिड–१९ तथ्याङ्क
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार कोभिड–१९ भाइरसको सङ्क्रमण हालसम्म ७४ देशमा फैलिएको छ । संसारभर ९१ हजार ७८३ जना सो भाइरसबाट सङ्क्रमित भएका छन् भने मर्नेको सङ्ख्या ३ हजार १२३ पुगेको छ ।
दक्षिण कोरियाले कोभिड–१९ भाइरसविरुद्ध ‘युद्ध’ घोषणा गरेको छ । बुधबार त्यहाँ १४२ जना नयाँ सङ्क्रमित व्यक्ति पहिचान गरेको छ । हालसम्म त्यहाँ सङ्क्रमितको सङ्ख्या ५ हजार ३२८ पुगेको छ भने मर्नेको सङ्ख्या ३१ पुगेको छ ।
जापानमा बुधबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । १२ जनाको निधन भएको छ । इटालीमा मर्नेको सङ्ख्या ७९ पुगेको छ । नयाँ ४६६ जनासहित त्यहाँ सङ्क्रमितको सङ्ख्या २ हजार ५०२ जना पुगेको छ ।
इरानमा कोभिड–१९ को महामारीबाट ७७ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमितको सङ्ख्या २ हजार ३३६ नाघेको छ ।
संरा अमेरिकामा पनि मर्नेको सङ्ख्या बढेको छ । हालसम्म मर्नेको सङ्ख्या नौ जना पुगेको छ । फ्रान्समा चार जनाको निधन भएको छ । २१२ जना सङ्क्रमित फेला परेका छन् भने १२ जना निको भएका छन् ।
चीनले कोभिड–१९ को नियन्त्रणमा उल्लेख्य उपलब्ध हासिल गरेको छ । मङ्गलबार एकै दिनमा २ हजार ६५२ जना विरामी निको भएर घर फर्केका थिए ।
हालसम्म चीनका विभिन्न अस्पतालबाट ४९ हजार ८५६ जना विरामी निको भएर घर फर्केका छन् । चीनमा हालसम्म ८० हजार २७० मा सङ्क्रमण देखियो भने २ हजार ९८१ जनाको निधन भएको छ ।
Leave a Reply