भर्खरै :

ज्येष्ठ नागरिकका निम्ति आदर निकेतन अत्यावश्यक

भक्तपुर, २३ वैशाख । नेपाल मजदुर किसान पार्टी, भनपा ७ वडा निर्वाचन परिचालन समितिको आयोजनामा शनिबार बिहान नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा उम्मेदवार परिचय तथा चुनावी सभा गोल्मढीस्थित झौरबहीमा सम्पन्न भयो ।
सभामा अध्यक्ष रोहितले घरमा हेर्ने मान्छे नभएका वृद्धवृद्धाहरूलाई स्याहार सुसार गर्न आदर निकेतनको अत्यन्त आवश्यकता भएको र त्यस्तो आदर निकेतनको बन्दोबस्त गर्नेतर्फ निर्वाचित हुने जनप्रतिनिधिहरूले सोच्नुपर्छ भन्नुभयो । सबै नगरपालिकामा नेमकिपाका बहुमत जनप्रतिनिधि निर्वाचित भए योसहजै सम्भव हुने विचार राख्दै उहाँले शिक्षाको विकास गर्ने उद्देश्यले नै नेमकिपाका जनप्रतिधिहरूको बाहुल्यता भएको भनपाले ख्वप उमावि/कलेज, इन्जिनीयरि· कलेज, नर्सि· कलेज स्थापना गरेको हो भन्नुभयो । ती कलेजहरु स्थापना भएकै कारण हरेक टोल टोलमा ४०/५० जनाको हिसाबमा इन्जिनीयरहरू, नर्सहरू, स्नातक तथा स्नातकोत्तर उत्तीर्ण व्यक्ति भइसकेको छ, अब हामीले विश्वविद्यालयको माग गरिरहेका छौं,– उहाँले भन्नुभयो । उहाँले अब घर बनाउँदा वास्तुकलालाई ध्यानमा राखेर बनाउनु पर्ने विचार राख्दै घर बनाउँदा घरकै कारण हाम्रो स्वास्थ्यलाई कस्तो असर पार्छ भन्नेतिर पनि ध्यान दिनुपर्छ भन्नुभयो ।

घरमा हेर्ने मान्छे नभएका वृद्धवृद्धाहरूलाई स्याहार सुसार गर्न आदर निकेतनको अत्यन्त आवश्यकता भएको र त्यस्तो आदर निकेतनको बन्दोबस्त गर्नेतर्फ निर्वाचित हुने जनप्रतिनिधिहरूले सोच्नुपर्छ

नेमकिपाबाट मेयर पदका उम्मेदवार सुनिल प्रजापतिले नेमकिपाको तर्फबाट निर्र्वाचित जनप्रतिनिधिहरूले निरन्तर जनताको सेवामा ध्यान दिंदै आएको, नगरको सरसफाइ, नगरवासीहरूको सभ्यताको विकास, कला–संस्कृतिको संरक्षण गर्ने कामलाई प्राथमिकताका साथ गर्दै आएको दोेहो¥याउँदै अहिले पनि त्यसको निरन्तरता हुनेछ भन्नुभयो । भक्तपुर नगरमा शिक्षा, स्वास्थ्यलगायतका हरेक सुविधाहरू उपलब्ध हुने किसिमले व्यवस्था गर्ने हाम्रो सोच हो तर हामीलाई सरकारले मेडिकल कलेज खोल्न नपाउने शर्त राखेर ख्वप विश्वविद्यालय स्वीकृति दिन खोज्दैछन्, यसले हाम्रो उद्देश्यलाई सहयोग गर्दैन उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपाबाट उपप्रमुखका उम्मेदवार रजनी जोशीले भक्तपुरका नागरिकहरू सचेत छन् र नगरपालिकाबाट विभिन्न विषयहरूमा अनलाइन सेवाबाट सेवा प्रदान गर्नतिर पनि ध्यान दिनेछ भन्नुभयो । वडा नं. ७ का उम्मेदवार उकेश कवांले अहिलेको देशको राजनैतिक स्थितिलाई मध्यनजर गर्दै नेमकिपाले राष्ट्रिय पूँजीको रक्षा गर्न जनताको प्रजातन्त्रको अवधारणालाई अघि बढाएको हो भन्नुभयो । वास्तविक प्रजातन्त्रको अभ्यास स्थानीय तहमा हुने र नेमकिपाले हरेक विकास निर्माणका कामहरू जनतासँग सर–सल्लाह गरेर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सबै नगरपालिकामा नेमकिपाका बहुमत जनप्रतिनिधि निर्वाचित भए योसहजै सम्भव हुने विचार राख्दै उहाँले शिक्षाको विकास गर्ने उद्देश्यले नै नेमकिपाका जनप्रतिधिहरूको बाहुल्यता भएको भनपाले ख्वप उमावि/कलेज, इन्जिनीयरि· कलेज, नर्सि· कलेज स्थापना गरेको हो भन्नुभयो । ती कलेजहरु स्थापना भएकै कारण हरेक टोल टोलमा ४०/५० जनाको हिसाबमा इन्जिनीयरहरू, नर्सहरू, स्नातक तथा स्नातकोत्तर उत्तीर्ण व्यक्ति भइसकेको छ, अब हामीले विश्वविद्यालयको माग गरिरहेका छौं,– उहाँले भन्नुभयो ।

नेक्राकिसङ्घका केन्द्रीय सदस्य एवं साविक भनपा ६ का निर्वाचित वडा अध्यक्ष कृष्णगोविन्द खाइजूले भक्तपुरको कला–संस्कृतिलाई जिवन्त राख्न सके मात्रै भक्तपुरको विकास हुने र भक्तपुरको विकासको निम्ति नेमकिपाका उम्मेदवार नै विजयी गराउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
कार्यक्रममा स्थानीय टेकबहादुर पलिखेलले पनि आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रममा नेमकिपा निर्वाचन परिचालन उप–समिति, पलिखेलका संयोजक विश्वराम कवांले स्वागत मन्तव्य व्यक्त गर्दै नेमकिपाका जनप्रतिनिधिहरूले ख्वप विश्वविद्यालय स्थापनाको निम्ति विशेष पहल गर्ने, ठाउँ ठाउँमा पर्यटकहरूको लागि सुविधासम्पन्न शौचालयको व्यवस्था गर्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा सदस्यहरू रञ्जना त्वाती, रिजु कपाली, हेरा ख्याजु र हरिरत्न गोर्खालीले पनि आ–आफ्नो परिचय दिनुभएको थियो ।
७ नं. वडा स्तरीय निर्वाचन परिचालन समितिका संयोजक बलराम गोसाईको सभापतित्वमा सम्पन्न उक्त सभामा पुरुषोत्तम ग्वाछाले पनि बोल्नुभएको थियो ।
त्यस्तै निर्वाचन परिचालन समितिको आयोजनामा वैशाख २२ गते वाचुटोलमा चुनावी सभा सम्पन्न भयो । सभामा कृष्णगोविन्द खाइजूले नेमकिपा जनतासँग नजिक रहेर काम गर्छ, विगतका अधुरो–अपुरो रहेका विभिन्न कामहरू अबको नयाँ पदाधिकारीहरूले पूर्णता दिने विश्वास व्यक्त गर्नुभयो । उपमेयरका उम्मेदवार रजनी जोशीले जनतासँग सल्लाह गरेर नै आफूहरूले काम गर्ने विचार राख्नुभयो । कार्यक्रममा वडाध्यक्षका उम्मेदवार उकेश कवांले भोट दिंदा कुन पार्टीका उम्मेदवारहरू के कस्तो चरित्र एवं व्यवहारका छन्, उनीहरूको मातृपार्टीको सिद्धान्त र व्यवहार कस्तो छ भन्ने जस्ता सबै पक्षहरूलाई राम्रोसँग विचार गरेरमात्र भोट हाल्न अनुरोध गर्नुभयो । कार्यक्रममा ७ नं. वडा स्तरीय निर्वाचन परिचालन समितिका संयोजक बलराम गोसाईले देशहितविपरीतका सन्धि, सम्झौता तथा गतिविधिहरूको विरोधमा सदन र सडकमा नेमकिपाले उठाइरहेको आवाजलाई निस्तेज पार्नकै लागि ठूला तथा पूँजीवादी दलहरूले थ्रेसहोल्डको प्रावधान ल्याएको हो भन्नुभयो । वडा सदस्य पदका उम्मेदवार हरिरत्न गोर्खालीले पद र पैसाको निम्ति जुनसुकै कदम चाल्ने खालका मानिसहरू र पार्टीहरूलाई भोट हाल्नु दुर्भाग्य हुने विचार व्यक्त गर्नुभयो । वडा सदस्य उम्मेदवार तथा निर्वाचन परिचालन उप–समिति, वाचुटोलका संयोजक हेरा ख्याजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महिला वडा सदस्य उम्मेदवार रञ्जना त्वाती, दलित महिला सदस्य उम्मेदवार रिजु कपाली र स्थानीय हरिकृष्ण दुवालले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *