किसानको नाममा ४० प्रतिशत प्रोत्साहन बिचौलियालाई पोषण
- श्रावण ११, २०८३
भक्तपुर, २३ वैशाख । रेडक्रसलाई संसारभरि मानवीय उद्धार संस्थाको रूपमा लिन्छ । अन्तर्राष्ट्रिय रेडक्रसले युद्धरत क्षेत्रमा, प्राकृतिक विपद्मा उद्धार र व्यवस्थापनको कार्य गरिरहेको छ । नेपालमा २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि उद्धार र राहतको लागि विभिन्न देशका रेडक्रस तथा अन्तर्राष्ट्रिय रेडक्रसले सहयोग पु¥याएको थियो । रेडक्रसजस्तो मानवीय संस्थालाई त्यसमा बस्ने पदाधिकारीहरूको कारणले बद्नाम पन िगराउने गरेको छ । भक्तपुर रेडक्रस र त्यसका अध्यक्षको पक्षपातपूर्ण व्यवहारको २०७२ वैशाख १२ को भूकम्पलगत्तै निकै आलोचना भयो जसले गर्दा भूकम्पपछिको कुनै पनि समन्वय बैठकहरूमा अध्यक्षले मुख देखाउन सकेनन् ।
हालै बिट्रिश रेडक्रसले दिएको सहयोगलाई व्यापक दुरूपयोग गरेको समाचार पत्रपत्रिकामा पढ्न नपाएको पनि होइन । भक्तपुरमा गोदाम घर निर्माणको लागि भनी खरिद गरेको जग्गामा पनि व्यापक अनियमितता भएको समाचार बाहिर आयो । हालै देश स्थानीय निर्वाचनमा लागिरहेको बेला भक्तपुर रेडक्रसले भूकम्प पीडितको नाममा चा“गुनारायणका केही वडाहरूमा आफ्ना आसेपासेलाई जनही रू. २० हजार वितरण गरेकोमा जिल्ला प्रशासन कार्यालय, भक्तपुरले रोक लगाएको खबर छ ।
Leave a Reply