भर्खरै :

क्वारेन्टाइन स्थलबारे केही मत

 नरेश महर्जन
नोवेल कोरोना भाइरसले विश्व समुदायमा आक्रान्त मच्चाइरहेको कुरा हामीमाझ सर्वविदित्तै छ । यसले हालसम्म ७० भन्दा बढी देशमा सङ्क्रमण फैलाइसकेको तथ्याङ्क सार्वजनिक भइरहँदा यसले निकै ठूलो उग्ररूप लिने कुरालाई नकार्न सकिंदैन । यस सम्बन्धमा नेपालको तयारी कस्तो अवस्थामा छ त, त्यो कुरामा सरकारको ध्यानाकर्षण एवम् पहलकदमी कस्तो स्तरमा भइरहेको छ त ? कि यो सरकार नेपाल भित्रिएपछि त्यसबारे सोचाँैला भन्ने पक्षमा छ ।
जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य मन्त्रालय यससम्बन्धी पूर्वतयारी तथा तत्पश्चात्को तयारी के–कस्तो रणनीतिका साथ अघि बढिरहेको छ ? हालसम्मको जानकारीमुताविक चीनबाट ल्याइएका विद्यार्थी साथीहरूलाई राख्न तोकिएको खरीपाटीस्थित क्वारेन्टाइनमात्र छ । काठमाडौँ उपत्यकाजस्तो अति घना बस्ती (२०,००० व्यक्ति प्रति वर्ग कि.मि.) भएको स्थानमा उक्त एउटा क्वारेन्टाइन के पर्याप्त छ त ? के कोरोना सङ्क्रमित बिरामीलाई जनरल अस्पतालहरूमा राखिनु सुरक्षित छ ? मलाई थाहा भएअनुसार कोरानाको सङ्क्रमण दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, वृद्धा तथा बालबालिकालाई छिटो आक्रमण गर्ने भनिन्छ । देशका प्रधानमन्त्री स्वयम् दीर्घरोगी हुनुहुन्छ, तर पनि उहाँले यससम्बन्धी प्रत्यक्ष केही गरेको जस्तो मलाई लाग्दैन । उहाँको प्राथमिकतामा आफ्नो जन्मदिनलाई कसरी राख्न सक्नुभयो ? त्यो पनि त्यस्तो खर्चिलो ¤ उहाँको उक्त खर्चले २० शैøयाको क्वारेन्टाइनको व्यवस्था गर्न सकिन्छ । उहाँको प्राथमिकता विश्वभरि त्रास फैलिइरहेको कोरोना भाइरसमा किन परेन ? छिमेकी मुलुक जनगणतन्त्र चीनमा आफ्नो नयाँ वर्षको उत्सवसमेत नमनाइकन यो महामारी रोगको सामनाको लागि खट्यो अनि निरन्तर खटिरह्यो ।
सरकारले यसको लागि विदेशी सहायता कुरिबसेको त होइन ? यो कुरामा सरकारले केही गर्ला भनेर आफ्नो काममा मात्र लागि रहे । ढिलो हुने कुरामा दुईमत छैन । त्यसकारण हामी प्रत्येक सचेत नागरिकले आ–आफ्नो तर्फबाट यसको बारेमा चाँडोभन्दा चाँडो सोच्ने हो कि ? नेपालमा विद्वानहरूको कमी छैन । विद्वता हासिल गरेका व्यक्तित्वहरूको विशेष योजनामा जनस्तरबाट पूर्वतयारी तथा समाधानको थालनी गर्न जरुरी छ । अब हरेक पेशाका व्यक्तित्वहरूको यसतर्फ ध्यानकेन्द्रित गर्नु जरुरी छ । वर्तमान चुनौतीलाई केन्द्रमा राखेर जनताले केही समय खर्चिने हो कि भन्ने मेरो आग्रह छ । देशका प्रगतिशील उद्यमी, समाजसेवामा लागेका व्यक्तित्वहरूले थप सचेतताका साथ लाग्नुपर्ने देखिन्छ । यो विश्वव्यापी महामारीको रोकथाम तथा नियन्त्रणमा लागिपर्नुको विकल्प छैन । नेपालमा योभन्दा अगाडि बिफरको महामारी फैलिएको दर्दनाक घाउ हामीमाझ ताजै छ । त्यतिबेला शासक वर्गहरूले देश निकालासम्म गर्न भ्याए ।
त्यसबेला काठमाडौँ उपत्यकाबाट मुग्लिङ् पार गराइएको थियो । यो स्थिति नदोहोरिए पनि हामीले आवश्यक कदम चाल्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *