भर्खरै :

कानुनमा भयो परिवर्तन, व्यवहारमा नि !

सिर्जला प्रजापति
म पेशाले कानुन व्यवसायी । काठमाडाँैको एक कर्पोरेट ल फर्ममा काम गर्दछु । तर, अदालतमा भन्दा धेरै समय मेरो कार्यालयमै बित्ने गर्दछ । मैले गर्ने व्यवसाय वा पेशा पहिलेदेखि नै पुरुषको बाहुल्य भएको व्यवसायमध्येमा पर्दछ । हुन त संसारका सबै व्यवसाय वा पेशामा पुरुषकै प्रधानता देखिन्छ । नेपालमा पुरुषलेनर्सिङ पेशा अङ्गाल्ने र अध्ययन गर्ने व्यवस्था छैन । नत्र त्यो पेशामा समेत पुरुषको बाहुल्यता हुनेछ । त्यसो त हाम्रो सिङ्गो समाज नै पुरुषप्रधान समाज हो । जे होस्, संसारको कुल जनसङ्ख्याको आधा हिस्सा ओगट्ने महिलाको पनि हरेक पेशा वा व्यवसायमा अग्रता रहने समयको कल्पना गर्दै गर्दा म वर्तमानको धरातलमा उभिन पुग्छु ।
मैले विश्वविद्यालयमा कानुन विषयको पाँचवर्षे स्नातक अध्ययन गर्दै गर्दा महिला विद्यार्थीहरूको बाहुल्यता थियो । मभन्दा अघिका वर्षहरूमा पनि महिला विद्यार्थीहरूको बाहुल्यता उत्तिकै थियो भने अहिले पनि ल स्कूलमा यो ट्रेन्ड चलिनै रहेको छ । अधिकांशले भविष्यमा न्यायाधीश बन्न वा वकालत गर्न कानुनी पढाइ थाल्छन् । तर, पढाइपश्चात् वकालत पेशा रोजी निजी व्यवसाय गर्ने महिला कानुन व्यवसायी भने कममात्रै छन् । कानुन व्यवसाय गर्न योग्य अधिकांश महिलाले या त लोकसेवाको बाटो रोज्छन् या रोज्न लगाइन्छ, भविष्यको सुरक्षा गर्ने नाममा । यो चलन अन्य पेशामा पनि नभएको होइन ।
मैले पढाइपश्चात् वकालत पेशा नै रोजेँ । त्यसैमा टिप्पणी गर्दै मेरा एक ‘व्यवहारिक’ पुरुष मित्रले भने, ‘ठीक छ । तिमीसँग क्षमता छ । गर । तर, केही वर्षको लागि मात्र त चल्ने हो । आखिर सब केटीहरू पछि लोकसेवा नआई धर छैन । मैले तिमीले नसक्ने भन्न खोज्या होइन । मलाई अन्यथा नसम्झ । तर, कृपया यो वास्तविकतालाई स्वीकार । तिमी भन न बजारमा कति जना महिला अधिवक्ता टिकेका देख्छौ ? कति जना न्यायाधीश बनेका देख्छौ ? तिम्रो रहर हो क्यारे, अहिले गर । पछि तिमीलाई मैले देख्ने भनेको लोकसेवामा नै हो । तिम्रो भविष्यको लागि शुभकामना छ !” कानुन पढेको मेरो साथीको यस्तो टिप्पणीले मलाई अब म पस्न लागेको दुनियाँको अँधेरो पाटोले तर्सायो । अँधेरो कहाँमात्र नहुने हो र ! दिन नै पनि त आधा दिन उज्यालो र आधा दिन अँध्यारो रहन्छ । मैले रोजेकै पेशामा छु अहिले ।

हाम्रो समाजको बनावटले नै महिलालाई आफ्नो समय आफूले रहर गरेको विषयमा समर्पण गर्ने छुट दिएको छैन । घरायसी र पारिवारिक जिम्मेवारी पूर्णरूपमा ननिभाउने महिलालाई यो समाजले स्वीकारेकै छैन । घरको आर्थिक भार बाँडिएझैँ घरायसी र पारिवारिक भार पनि एकआपसमा बाँडिनुपर्छ भन्ने चेतना नहुनाले समानता कानुनका पानाहरूमा कैदी भएको छ । धन्य ! मेरा माता–पिता, म यसको सिकार त बन्न परेन । तर ‘कामको समय निश्चित गर्नुप¥यो’ भनी भन्नुहुन्छ । घर समयमा आउनुप¥यो । मेरो स्वास्थ्य र मेरो सुरक्षाको ख्याल गरी भन्नुभएको हो भन्ने लाग्छ । कहिलेकाहीँ सोच्छु, म सुरक्षित छु त ? अन्य महिला सुरक्षित छन् त ? यही पनि अर्को कारण हो जो अधिकांश महिला अझै कानुन पढेका मेरा ‘व्यवहारिक’ मित्रको टिप्पणीको आधार बन्न पुग्छन् ।

मैले अधिकांश महिलाहरूले निजी व्यवसाय गर्ने इच्छा र क्षमता भए पनि लोक सेवालगायतका ढुक्क हुन सकिने नौ बजेदेखि पाँच बजेसम्मको जागिरमा हुलिनुलाई नराम्रो भन्न खोजेको होइन । आफ्नो क्षमता प्रयोग गर्न पाउनु एक अवसर नै हो, स्वतन्त्रता नै हो । केलाउन खोजेको पाटो भनेको इच्छा र क्षमता अन्यत्र रहँदारहँदै पनि किन सुरक्षित ‘नौदेखि पाँच’को जागिरमा नै चित्त बुझाउनुपरेको हो भन्ने हो । यावत कारणहरूमध्ये केलाउन चाहेको एक पक्ष भने समाजमा रहेको पितृसत्तात्मक सोच नै हो । केटी रै’छे । सक्दिनन् ।” सानी छे । उनले भन्या कुरा न्यायाधीशले पत्याउँछ जस्तो लाग्दैन ।” “क्लाइन्टले उनी वकिल हुन्, उनले तिनीहरूको बहस गर्नसक्छ भनी पत्याउला जस्तो लाग्दैन ।” आँटिलिन् त ?” “प्रेसर ह्याण्डल गर्न सक्लिन् त ? सक्छिन् जस्तो लाग्दैन ।” “विवाह गर्ने उमेर भइसक्यो । अफिसलाई टाइम दिनसक्दिनन् ।” “कामको सिलसिलामा छानिएको व्यक्ति बाहिर जिल्ला गइरहनु पर्छ । उनलाई कसरी लिनु अब । सक्ने भएरमात्र हुन्छ र ? जिम्मा कसले लिने ?”, यी नमुना टिप्पणीहरू मात्र हुन् । कानुन पढेका मेरा ‘व्यवहारिक’ मित्रले यत्तिकै टिप्पणी गरेका भने होइनन् ।
हाम्रो समाजको मनसायको हुर्काइ नै यसरी भएको छ कि केटीहरूले केही गर्न सक्दैनन्, आँट्दैनन् भनेर पहिले नै अड्कल लगाइन्छ । एक व्यक्तिको क्षमताभन्दा अघि उसको जेन्डर हेरिन्छ । हेर्नेबित्तिकै देखिने उसको जेन्डर ठम्याइन्छ । जेन्डरसँग क्षमताको मूल्याङ्कन गरिन्छ । म यस्तो किसिमको वातावरणमा हुर्कन त परेन । तर, यस्तो परिवेशको सिकार बन्नबाट भने म बच्न सकिनँ । आफ्नो क्षमता पुष्टि गर्न समान स्तरका पुरुष सहकर्मीहरूको भन्दा दोब्बर मेहनत गर्नुप¥यो । ज्यादा मेहनत, ज्यादा लगाव, ज्यादा समर्पण । अन्यथा, म मात्र एक महिला । कानुनमा त समानताका शब्दहरू जोडिए, व्यवहारमा ?
हाम्रो समाजको बनावटले नै महिलालाई आफ्नो समय आफूले रहर गरेको विषयमा समर्पण गर्ने छुट दिएको छैन । घरायसी र पारिवारिक जिम्मेवारी पूर्णरूपमा ननिभाउने महिलालाई यो समाजले स्वीकारेकै छैन । घरको आर्थिक भार बाँडिएझैँ घरायसी र पारिवारिक भार पनि एकआपसमा बाँडिनुपर्छ भन्ने चेतना नहुनाले समानता कानुनका पानाहरूमा कैदी भएको छ । धन्य ! मेरा माता–पिता, म यसको सिकार त बन्न परेन । तर ‘कामको समय निश्चित गर्नुप¥यो’ भनी भन्नुहुन्छ । घर समयमा आउनुप¥यो । मेरो स्वास्थ्य र मेरो सुरक्षाको ख्याल गरी भन्नुभएको हो भन्ने लाग्छ । कहिलेकाहीँ सोच्छु, म सुरक्षित छु त ? अन्य महिला सुरक्षित छन् त ? यही पनि अर्को कारण हो जो अधिकांश महिला अझै कानुन पढेका मेरा ‘व्यवहारिक’ मित्रको टिप्पणीको आधार बन्न पुग्छन् । नौदेखि पाँचको समयतालिकामा आफ्नो क्षमतालाई अनुकूलन गर्न पुग्छन् र भाग्यमानी ठान्छन् कि कमसेकम स्वतन्त्रता त छ । संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतका द्वितीय महिला न्यायाधीश रुथ बेडर गिन्सबर्गले एक समय आफ्नो ल स्कूलको अनुभव सुनाउँदै भनिन्, Fहामीले हार्भडमा कानुन पढ्दा त्यहाँ महिला शौचालय थिएन (हार्भडमा कानुन पढ्ने प्रथम महिलाहरूमध्ये रुथ एक हुन्) । वास्तवमा पुरुषले मात्र पढ्न पाउने कानुन क्याम्पस भएकोले महिला शौचालयको निर्माण नै नगरिएको थियो । हामीले त्यसको विरोध गरेनौँ । हामी अल्छी भएकोले विरोध नगरेको होइन । तर हामीलाई महिला भएर हार्भडमा पढ्न पाउनु नै एउटा ठूलो उपलब्धि लागेको थियो ।” यस्तै किसिमको मानसिकता त व्याप्त भएको होइन अहिले ?
शताब्दीऔँ अघिबाटै महिलाहरूले आफ्नो हक र समानताको निम्ति त लडे । केही हदसम्म कानुनमा परिवर्तन पनि आएको छ । तर, समाज र व्यवहारमा कहिलेबाट ल्याउने ? एक सालअघि काठमाडाँैको मण्डला थिएटरमा दर्पण गरिएको ‘राजेन्द्रलक्ष्मी’ नाटकमा राजेन्द्रलक्ष्मीका बारेमा प्रस्तुत गरिएका हरफहरू सम्झन्छु ः“हुर्काईमा भएन विभेद, र त उनी साहसी बनिन्” । हरेक महिलालाई राजकुमारीजस्ती राम्री बन्नमात्र नभई साहसी र आँटिली बन्न हौसला दिनु आवश्यक छ भने हरेक व्यक्तिले दम्भ र मूल्याङ्कन गरिहाल्ने मनोवृत्ति त्याग गरी अर्का व्यक्तिलाई आफूलाई चिनाउने अवसर दिनुपर्दछ । श्रमिक महिला दिवसको शुभकामना !
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *