निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
सूर्यबिनायक नगरपालिकाको प्रमुख पदको लागि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मनशोभा सुवाल(त्वाती) को जन्म २०३३ असार २० गते पिता थिरमान सुवाल र माता जोगमाया सुवालको कोखबाट काभ्रे जिल्लाको धुलिखेल नपा वडा नं ९ श्रीखण्डपुरमा भएको थियो । साधारण किसान परिवारमा जन्मिनुभएका मनशोभाको शिक्षारम्भ श्रीखण्डपुर प्राविमा भएको थियो । २०५० सालमा श्रीखण्डपुर माविबाट एलएलसी उत्तीर्ण गर्नुभएका उहाले पद्मकन्या क्याम्पसमा प्रवीणता प्रमाणपत्र, चैतन्य बहुमुखी क्यँम्पसबाट स्नातक तहसम्मको अध्ययन गर्नुभयो । उहाले काभ्रे हेल्थ ट्रेनिङ इन्स्टिच्युटबाट अहेब(सीएमए) उत्तीर्ण गर्नुभयो । विसं २०५९ सालसम्म उहा“ धुलिखेल वडा नं ९ श्रीखण्डपुरमा सञ्चालनमा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्य चौकी इन्चार्जको रुपमा जनताको सेवा गर्नुभयो ।
विसं २०५७ मा उहाको भक्तपुरको साविक चित्तपोल गाविस(हाल सूर्यबिनायक नपा वडा नं ३) निवासी राष्ट्रिय खेलाडी रामशरण त्वातीसग वैवाहिक सम्बन्धमा गासिनुभयो ।
सानै उमेरबाट सामाजिक गतिविधिमा रुची भएका र सक्रिय मनशोभा त्वाती विशेषतः स्वास्थ्य सेवामार्फत दीन दुःखीको सेवा र मानवीय सहायतामा अग्रसर हुनुहुन्छ । उहा घर–आगन सरसफाई अभियान, सार्वजनिक स्थान र मठमन्दिर सफाई, स्थानीय पानीको मुहान संरक्षण र सफाई, वृक्षारोपणजस्ता सामाजिक गतिविधिमा सक्रिय हुनुहुन्छ । उहा आफ्नो टोलका निराक्षर महिलाहरुलाई साक्षर र शिक्षित बनाउन अनौपारिक अभियानमा संलग्न हुनुभयो । उहाले रेयुकाई र जेसिसजस्ता सामाजिक संस्थाहरुले प्रदान गर्ने गरेका विभिन्न तालिमहरु लिनुभएको छ ।
सामाजिक गतिविधिमा सक्रिय हुनुका साथै श्रीमती त्वाती कला संस्कृतिको संरक्षण कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । नया“ पुस्ताबीच धिमे बाजा र बासुरी बाजाको संरक्षण र सम्बद्र्धनमा उहाले नेतृत्वदायी भूमिका निभाउ“दै आउनुभएको छ । साविकको चित्तपोलमा २०६० साल पुस ९ गते स्थापना भएको अनौपचारिक शिक्षा केन्द्रबाट स्वीकृतिप्राप्त सामुदायिक अध्ययन केन्द्रमा मनशोभाले सामाजिक परिचालिकाको भूमिकामा रही अनौपचारिक शिक्षा कार्यक्रम, स्वास्थ्य तथा जनचेतना कार्यक्रम, महिला आयआर्जन तथा सीप विकास कार्यक्रम, सामुदायिक विकास कार्यक्रममा अग्रसर रहनुभयो ।
२०५८ सालदेखि उहा नेपाल मजदुर किसान पार्टीको भातृसंगठन नेपाल क्रान्तिकारी महिला संघमा आबद्ध हुनुभयो । उहा“ नेक्रामहिलासंघको भक्तपुर जिल्ला समितिका सदस्य र सूर्यबिनायक नगर समितिका अध्यक्ष हुनुहुन्छ ।
फरासिलो र हसिलो स्वभावका मनशोभा त्वाती सूर्यबिनायक नगरपालिकाका प्रमुख पदमा रही सानै उमेरदेखि देश र जनताको सेवामा लाग्ने आफ्नो भावना र नेपाल मजदुर किसान पार्टीले अघि सारेको घोषणापत्र कार्यान्वयन गर्नमा प्रतिबद्ध हुनुहुन्छ । नेपाल मजदुर किसान पार्टीको मादल चिन्हमा छाप लगाई पार्टीको तर्फबाट प्रमुख पदका उम्मेदवार मनशोभा त्वातीलगायत सम्पूर्ण उम्मेदवारहरुलाई अत्याधिक मतले विजयी बनाऔं ।
Leave a Reply