भर्खरै :

सांस्कृतिक स्तर र महिला मुक्ति

–प्रतिभा महर्जन
श्रमजीवी वर्गका महिलाहरू सयौँ वर्षदेखि शोषित, दमित र अपहेलित छन्, त्यसैले महिलाहरूको उत्थान गरी मुक्तिको अनुभूति गराउन आवश्यक रहेकोमा विश्वभरका न्यायप्रेमीहरू सहमत छन् । त्यसैले नै महिला मुक्ति आन्दोलनले व्यापकता पाएको हो । सामन्ती युगमा कामदार महिलाहरूको अवस्था जनावरको भन्दा तल्लो स्तरमा पु¥याइएको थियो भने पुँजीवादी व्यवस्थाको विकाससँगै महिलाहरूलाई श्रमशक्तिका रूपमा शोषण मात्र नगरी बिक्रीयोग्य वस्तुको व्यवहार पनि गरिँदै आएको छ । आजको एक्काइसौं शताब्दीमा पनि अनेक स्वरूपमा महिलाहरूको बेचबिखन भइरहेकै छ ।
महिलाहरूको मुक्तिका कुरा गर्नु नति सजिलो छ तर वास्तविक मुक्तितिर महिलाहरूलाई उन्मुख गराउनु भने उत्तिकै गा¥हो छ 
असाक्षर र अशिक्षा महिलाहरूका लागि त मुक्तिका कुरा काल्पनिक परिकथा जस्तै लाग्दो हो साक्षर र शिक्षित तर पुँजीवादी व्यवस्थाबाट प्रभावित महिलाहरू आफ्नो व्यक्तिगत आकाङ्क्षालाई मुक्तिसित जोडिरहेका छैनन् । त्यसैले त उनीहरू बेचबिखन हुन्छ भनी थाहा पाउँदा पाउँदै वैदेशिक रोजगारका नाममा उड्न तयार छन्, कयौं महिलाहरू आफै यौन व्यवसायमा संलग्न रहेका छन्, कुनै पुरुषको विचार र व्यवहार नहेरी उसको धन र खर्च गर्ने हैसियत हेरेर विवाह गरिरहेका छन् । कामदार वर्गकै कयौं महिलाहरूमा उपभोक्तावादको यति गहिरो असर देखिएको छ कि उनीहरू आफूले लगाउने नयाँ नयाँ कपडा र गरगहना किन्न आफ्ना श्रीमान्को अङ्ग बेच्न लगाउने र बालबच्चा समेत बेच्ने गरेका छन् ।
सांस्कृतिक स्तर नउठेका ती महिलाहरू तिनीहरूकै हितका निम्ति उठेको आन्दोलनमा सहभागी हुँदैनन् । त्यस्ता महिलाहरू न अध्ययनमा रुचि राख्छन् न समुदाय र समाजमा के भइरहेको छ भन्नेमै । पुँजीवादी व्यवस्थामा सबैभन्दा बढी काम आउने रूपैयाँको केही मुठो बटुल्नु र त्यसले हम्कनु तथा व्यापारीहरूले नयाँ डिजाइन भनी अगाडि ल्याएका कपडा र गहनामा सजिनु र नाङ्गिनुमै आफ्नो वास्तविक मुक्ति देख्छन् । त्यस्ता महिलाहरूलाई राजनीतिमा ल्याएर, नेतृत्वका रूपमा तयार गरेर वास्तविक मुक्ति गर्नु असम्भवै नभए पनि धेरै कठिन छ । क्रान्तिकारी महिला नेतृ रोजा लक्जेम्वर्गले भन्नुभएझैँ – आफै नचल्ने गतिहीनहरूले कहिल्यै आफूलाई बाँधिराखेको सिक्रीबारे थाहा पाउँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *