भर्खरै :

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना

आज ८ मार्च । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । कोभिड–१९ को महामारीको कारण सम्भवतः संसारभर आज ठूलठूला प्रदर्शन कमै होलान् । तथापि संसारभरका श्रमिक महिलाले आज सामना गरिरहेका नयाँ–नयाँ समस्या र चुनौतीबारे कुनै न कुनै रूपमा बहस र छलफल अवश्य हुनेछ ।
कोभिड–१९ भाइरसविरुद्ध चीनले लडेको प्रतिरोध युद्धको फ्रन्टलाइनमा चीनका महिला स्वास्थ्यकर्मीहरूको समर्पित भूमिका यो वर्षको श्रमिक महिला दिवसको प्रमुख चर्चाको विषय बन्न सक्छ । इतिहासमा श्रमजीवी महिलाले न्यायपूर्ण युद्धमा जसरी महत्वपूर्ण भूमिका खेलेका थिए, त्यसरी नै प्रकृतिसँगको सङ्घर्षमा पनि महिलाको उल्लेखनीय भूमिका पुष्टि भएको छ । अस्टे«लियामा महिनौँसम्म फैलिएको डढेलोको प्रतिकारमा महिला अग्नि नियन्त्रणहरूले खेलेको भूमिका पनि संसारले बिर्सन सक्दैन ।
यो वर्षको श्रमिक महिला दिवसमा स्मरण गर्न जरुरी छ–भारतको साहिन बागमा महिनौँदेखि फासीवादी मोदी सरकारविरुद्ध लगातार धर्ना बस्दै आएका भारतीय न्यायप्रेमी महिलाहरू । भाजपाको हिन्दू अतिवादी सरकारले संसद्बाट पारित गरेको विभेदकारी नागरिकता संशोधन ऐन र राष्ट्रिय नागरिकता पञ्जीकरणको विरोधमा उनीहरू लगातार धर्नामा छन् । महिलाहरूको यो न्यायपूर्ण आन्दोलन मोदी सरकारको लागि निल्नु न ओकल्नुभएको छ ।

सामन्तवादी व्यवस्थाले महिलालाई घर र चुल्होमा सीमित राख्थ्यो । महिलालाई उत्पादन श्रमबाट अलग राखी पुरुषको जीवनमा सहजता ल्याउनु नै सामन्तवादले महिलालाई तोकेको जिम्मेवारी थियो । पुँजीवादी व्यवस्थाले महिलालाई घरको चौघेराबाट बाहिर निकाल्यो । महिलालाई पनि उत्पादन श्रमको रूपमा स्वीका¥यो । सँगै पुँजीवादी व्यवस्थाले महिलालाई वस्तुकरण ग¥यो । महिला स्वयम् पुँजीवादी शोषणको औजार बनाइयो । महिलालाई पुँजीवादी शोषणमूलक प्रणालीको हिस्सा बनाइयो ।
पुँजीवादी व्यवस्थाले केही महिलालाई सफल, सुन्दर र सक्षम देखाएर व्यापक महिलाको असफलता, असुन्दरता र अक्षमता छोप्ने गर्छ । त्यसरी आफैंले सफल, सुन्दर र सक्षम देखाएको महिलालाई नै वस्तुको रूपमा प्रयोग गरी व्यापार गर्नु नै पुँजीवादी व्यवस्थाको मूल ध्येय हुने गर्छ । नेपाली समाज क्रमशः पुँजीवादी बन्दोबस्ततिर अघि बढ्दै छ ।

मध्यपूर्वका देशहरूमा फैलिएको हिंसाको सबभन्दा पहिलो निशाना महिला र बालबालिका नै भएका छन् । वर्षौं वर्षको युद्धले आजित भएर त्यहाँका जनता शरणको लागि युरोपतिर गइरहेका छन् । तर, युरोपेली देशहरू न मध्यपूर्वको राजनीतिक समस्या समाधान गर्न मद्दत गरिरहेका छन् न आफ्नो देशमा शरणार्थीलाई ढोका खोलिरहेका छन् । टर्कीले ‘आफूले शरणार्थीको भार सम्भाल्न नसक्ने’ भनेर युरोपतिर जान बाटो खोलेपछि शरणार्थीहरू ग्रीससँगको सिमानामा छन् । तर, ग्रीस सरकारले शरणार्थीहरूमाथि दमन गरेको छ । दमनका कारण विशेषतः महिला र बालबालिका जोखिममा परेका छन् ।
सामन्तवादी व्यवस्थाले महिलालाई घर र चुल्होमा सीमित राख्थ्यो । महिलालाई उत्पादन श्रमबाट अलग राखी पुरुषको जीवनमा सहजता ल्याउनु नै सामन्तवादले महिलालाई तोकेको जिम्मेवारी थियो । पुँजीवादी व्यवस्थाले महिलालाई घरको चौघेराबाट बाहिर निकाल्यो । महिलालाई पनि उत्पादन श्रमको रूपमा स्वीका¥यो । सँगै पुँजीवादी व्यवस्थाले महिलालाई वस्तुकरण ग¥यो । महिला स्वयम् पुँजीवादी शोषणको औजार बनाइयो । महिलालाई पुँजीवादी शोषणमूलक प्रणालीको हिस्सा बनाइयो ।
पुँजीवादी व्यवस्थाले केही महिलालाई सफल, सुन्दर र सक्षम देखाएर व्यापक महिलाको असफलता, असुन्दरता र अक्षमता छोप्ने गर्छ । त्यसरी आफैंले सफल, सुन्दर र सक्षम देखाएको महिलालाई नै वस्तुको रूपमा प्रयोग गरी व्यापार गर्नु नै पुँजीवादी व्यवस्थाको मूल ध्येय हुने गर्छ । नेपाली समाज क्रमशः पुँजीवादी बन्दोबस्ततिर अघि बढ्दै छ । त्यसकारण, महिलासम्बन्धी हिजोका सामन्ती मान्यताको पर्खाल भत्किरहेका छन् । त्यसको ठाउँमा महिलालाई वस्तुकरण गर्ने अर्को पुँजीवादी विचार प्रबल बन्दै छ । हिजो घरभित्र हुने शोषणको जालो आजभोलि कार्यस्थलमा महिलामाथि शोषणको रूपमा जारी छ । शोषणको रूप बदलिएको छ, तर शोषणको मूल चरित्र बदलिएको छैन । आजका महिला सशक्त बनेको जस्तो देखिएको छ । तर, वास्तवमा महिलालाई पुँजीवादी उत्पादन सम्बन्धको लागि सुहाउँदोमात्र बनाइएको छ । पुँजीवादी शोषणले महिलामाथिको विभेदको रूप बदलेको छ, सार बदलेको छैन । तसर्थ, पुँजीवादी व्यवस्थाको शोषणमा आधारित उत्पादन सम्बन्ध नै व्यापक श्रमिक महिलामाथिको प्रमुख चुनौती हो । पुँजीवादी व्यवस्थाले लादेका शोषणको सिक्री तोड्नु नै नेपाली श्रमिक महिला आन्दोलनको प्रमुख जिम्मेवारी हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सम्पूर्ण श्रमिक महिलालाई हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *