तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २५ फागुन । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको तेखापुखुस्थित सेवा केन्द्रमा २ दिने अरगन्जी कपडाको फूल बनाउने तालिम र १ दिने स्यानिटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ ।
प्रशिक्षार्थीहरूलाई प्रमाण–पत्र वितरण गर्दै समापन कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष राजन लाखाजुले सदस्यहरूलाई स्वावलम्बी बनाउन वित्तीय सेवाहरूका साथै क्षमता अभिवृद्धिका तालिमहरू संस्थाले सञ्चालन गर्ने उद्देश्य रहेको जानकारी गराउँदै सिकेका सिपहरू उपयोग गर्न र अरुलाई पनि सिकाएर सीपमा निखार ल्याउन प्रशिक्षार्थीहरूलाई अनुरोध गर्नुभयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले संस्थाको कार्यालय परिसरमा संस्थाका सदस्यहरूको उत्पादन र सेवा प्रदर्शनी कक्षको व्यवस्था गरी बजारीकरण गर्न सकिने धारणा राख्नुहुँदै प्रशिक्षार्थीहरूलाई व्यक्तिगत तथा सामूहिकरुपमा व्यवसायिक रुपमा अगाडि बढ्न र उत्पादन गर्न अनुरोध गर्नुभयो । आयोजक सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुका संयोजक पञ्चरत्न सैंजुले सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षक पूर्णकेशरी श्रेष्ठले पनि बोल्नुभएको थियो । कार्यक्रममा राधेश्याम सैंजु र प्रशिक्षार्थी गुजेश्वरी कुम्पाखले पनि बोल्नुभएको थियो ।
Leave a Reply