अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण र स्वास्थ्य अवस्थाबारे जानकारी दिन हरेक दिन सञ्चारकर्मी भेला आयोजना गरिंदै आएको छ । सरकार प्रमुखको स्वास्थ्य अवस्थाबारे जानकार हुन पाउने जनताको अधिकारलाई यो अभ्यासले सम्मान गरेको छ । तर, सरकारका कुनै पनि निकायले संसारभर फैलिएको कोरोना भाइरसले नेपालमा पारिरहेको प्रभावबारे भने औपचारिक रूपमा जनतालाई जानकारी दिन आवश्यक ठानेको छैन ।
नेपालमा हालसम्म कतिजना मानिसलाई कोरोना भाइरसको सङ्क्रमण भयो, कति मानिस उपचारमा छन्, कति मानिसलाई सञ्चो भयो, सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि कस्तो तयारी गरेको छ, विभिन्न देश र अन्तर्राष्ट्रिय निकायसँग के–कस्तो सहकार्य भइरहेका छन् आदि धेरै विषयमा सरकारले नियमितरूपमा जानकारी दिने बन्दोबस्त गर्नुपर्छ । सफल मिर्गौला प्रत्यारोपण पछि सुधारोन्मुख प्रधानमन्त्रीको स्वास्थ्यबारे अब औपचारिक पत्रकार भेटघाटभन्दा सामान्य वक्तव्यमार्फत् नियमित जानकारी सार्वजनिक गरे पुग्ने देखिन्छ । प्रमकोे स्वास्थ्त्न्दा पनि यतिबेला जनताको चासो कोरोना भाइरसको सङ्क्रमण र यसको प्रतिरोधमा सरकारको तयारी हो । त्यसकारण सरकारले नियमित सञ्चारकर्मीमार्फत जनतालाई यी विषयको अद्यावधिक जानकारी दिनु उपयुक्त हुन्छ ।
“प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भयो र उनी केही दिनमा घर फर्किंदैछन् ।” योभन्दा थप कुनै विशेष समाचार भए पत्रकार भेटघाटमार्फत् जनतालाई जानकारी दिनु उपयुक्त हु्न्छ । दैनिक प्रगतिको नाममा स–साना कुराको लागि अलग पत्रकार भेटघाट गरिरहनु शक्ति पूजाकै रूप हो । प्रधानमन्त्रीको स्वास्थ्त्न्दा अब जनताको चिन्ता कोरोना भाइरसको प्रतिरोध गर्न सरकारले के गरिरहेको छ भन्ने हो । सरकारले नियमित सूचना सम्प्रेषण नगर्दा कोरोना भाइरसबारे जनतामा सन्त्रास व्याप्त बनेको छ । विभिन्न सञ्चारमाध्यमका अपुष्ट समाचार जनता पत्याउन बाध्य छन् । त्यस्ता अपुष्ट समाचारले समाजमा दुर्घटना हुने सम्भावना पनि रहन्छ । आधिकारिक सूचनाको अभावमा कति मानिसले अनावश्यक चिन्ता पनि गरिरहेका छन् भने कति मानिस हेलचक्र्याइँ पनि गरिरहेका छन् । यी दुवै अवस्थाले समस्या समाधान गर्न सक्दैन ।
काठमाडौँ टेकुको सरूवा रोगसम्बन्धी अस्पतालमा बनाइएको अलग कक्ष भरिएपछि पाटन अस्पतालमा बिरामी पठाउन थालिएको समाचार आइतबार केही सञ्चारमाध्यमले प्रकाशित गरे । यसको अर्थ सङ्क्रमण नेपालमा पनि फैलिँदो अवस्था छ । यसबारे औपचारिक जानकारी अद्यावधि गर्न सरकारले अलग व्यवस्था गर्न जरूरी छ । टेकुमा राखिएको एक जना सम्भावित सङ्क्रमित भागेर विराटनगर पुगेको समाचार सम्प्रेषण भयो । अहिले तिनी व्यक्ति कहाँ छन्, क्वारेन्टाइनमा छन् वा सडकमा हिंडिरहेका छन् ? यस्ता प्रश्नको उत्तर सरकारले दिनुपर्दैन ?
यस्ता नियमित कार्यक्रम सरकारी निकायले सर्वसाधारणसँग संवाद गर्ने एउटा मञ्च पनि हो । नियमित कार्यक्रममा सहभागी बन्ने सञ्चारकर्मीमार्फत् सरकारी निकायले जनताका गुनासा र प्रतिक्रिया सुन्न सक्छन् । सोअनुसार काम गर्न सहज पनि बन्छ । विपद्् व्यवस्थापनमा सही सूचनाको सम्प्रेषण पनि निकै महत्वपूर्ण पाटो हो । त्यसकारण सही सूचना जनतामा सम्प्रेषण गर्ने राज्यको दायित्व हो र सही सूचना पाउनु सर्वसाधारण जनताको अधिकार हो । सूचनाको हकलाई सरकारले सम्मान गर्न सक्नुपर्छ ।
Leave a Reply