क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
नयाँ दिल्ली, २६ फागुन । भारतको ‘एसोसिएसन फर डेमोक्रेटिक रिफर्म’ नामको संस्थाले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदनले भारतका सात वटा राष्ट्रिय राजनीतिक दलहरूले आर्थिक वर्ष २०१८–१९ मा ३,७४९.३७ करोड भा.रू. आर्थिक सहायता प्राप्त गरेको र त्यसमध्ये ६७ प्रतिशतको स्रोत अज्ञात रहेको बताएको छ ।
राजनीतिक दलहरूले प्राप्त गरेको आर्थिक सहायतामध्ये सबभन्दा बढी भारतीय जनता पार्टीले १,६१२.०४ करोड भा.रू. चन्दा प्राप्त गरेको थियो । सबै राष्ट्रिय राजनीतिक दलले प्राप्त गरेको चन्दा रकममध्ये भाजपाले प्राप्त गरेको आर्थिक सहयोगको ६४ प्रतिशतको स्रोत खुलेको छैन ।
भाजपाले प्राप्त गरेको चन्दा अरू पाँच राजनीतिक दलले घोषणा गरेको अज्ञात स्रोतबाट प्राप्त जम्मा चन्दा रकम (९००.९४ करोड) भन्दा १.५ गुणाले बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले भाजपा, भारतीय काङ्ग्रेस, बहुजन समाज पार्टी, राष्ट्रवादी काङ्ग्रेस पार्टी, त्रिणमूल काङ्ग्रेस, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) र भारतीय कम्युनिस्ट पार्टीको अध्ययन गरेको थियो । ती दलहरूमध्ये बहुजन समाज पार्टीले कुनै पनि स्वेच्छिक चन्दा, कुपन वा चुनावी रसिद अथवा कुनै पनि अरू अज्ञात स्रोतबाट चन्दा नअसुलेको दाबी गरेको प्रतिवेदनमा उल्लेख छ ।
बाँकी ६ दलमध्ये काङ्ग्रेसले ७२८.८८ करोड चन्दा प्राप्त गरेको घोषणा गरेको छ । सबै दलले प्राप्त गरेको चन्दाको यो २९ प्रतिशत हो ।
प्रतिवेदनमा बीस हजार भा.रू. भन्दा बढी चन्दा दिने खुलेको स्रोतका चन्दादाताबारे विस्तृत विवरण दिएको छ । कर कटौतीसहित बीस हजारले नबढ्ने गरी प्रदान गरिएको चन्दा रकमलाई वैधानिक आर्थिक सहयोग मानिन्छ ।
सार्वजनिक प्रतिवेदनबाट भारतमा जुन दलले सबभन्दा बढी चन्दा सङ्कलन गर्न सक्यो, त्यही दलले चुनाव जितेको देखिएको छ । पुँजीवादी चुनाव पैसाकै भरमा जित्ने वास्तविकता यो प्रतिवेदनबाट पनि पुष्टि भएको छ । विशेषतः मोदीको भारतीय जनता पार्टीलाई भारतीय पुँजीपति वर्गले आर्थिक सहयोग गरेको र अज्ञात स्रोतको चन्दा भन्नाले तिनै पुँजीपतिहरूले दिएको चन्दा हुने गरेको छ ।
Leave a Reply