भर्खरै :

आगलागी पीडित परिवारलाई भक्तपुर नगरपालिकाको राहत

भक्तपुर, २४ बैशाख । भक्तपुर नगरपालिकाको तेखापुखूमा लागेको भीषण आगलागीबाट पीडीत परिवारहरुलाई भक्तपुर नगरपालिकाले राहत वितरण गरेको छ । आगलागीबाट घर क्षतिग्रस्त भएका ५ घरका ८ परिवारलाई प्रति परिवार चामल १ बोरा, चिउरा १२ किलो, दाल ५ किलो, दालमोठ १ प्याकेट र रु २५ हजार नगद राहत दिएको हो । आज बसेको भक्तपुर नगरपालिकाको आकस्मिक बोर्ड बैठकले पीडितलाई तत्काललाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । भक्तपुर नगरपालिकाले आवश्यकता अनुसार थप सहयोग गर्दै जाने जानकारी प्राप्त भएको छ ।
उपप्रमुख उम्मेदवार जोशीको पीडित परिवारसंग भेटघाट
साथै नेपाल मजदुर किसान पार्टीकातर्फबाट भक्तपुर नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रजनी जोशी तेखापुखु पुगी आगलागीले पु¥याएको क्षतिबारे जानकारी लिनुभयो । स्थानिय बासिन्दाहरुसंग कुराकानी गर्नुहुँदै उहाँले सक्दो सहयोग जुटाउने बचन दिनुभएको छ ।






Leave a Reply

Your email address will not be published. Required fields are marked *