नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
काठमाडौ, २८ फागुन । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सभाकक्ष सिंहदरबारमा कोभिड–१९ को सङ्क्रमण, विश्व परिवेश र नेपालमा यसको रोकथाम तथा नियन्त्रणका प्रयासहरूबारे संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूको बैठक बुधबार भयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले चीनसत्गको सिमानाका बन्द भइरहेको तर भारतसत्गको खुला सिमाका नाकाहरूमा रोकतोक नभएको उल्लेख गर्दै यसले नेपाल–भारत दुवै देशमा एक–अर्काको कारण कोरोना भाइरसको सङ्क्रमण फैलिने सम्भावना बढाएको औत्ल्याउनुभयो
उहात्ले दुवै देशका सङ्क्रमण नियन्त्रणको लागि खुला सीमामा परीक्षणको साथै आवतजावतको लगत राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
महाकाली नदीको टनकपुर बात्ध र शारदा बात्धबाट नेपाल–भारत आवत–जावत गर्नेहरूको कुनै स्वास्थ्य परीक्षण र लागत राख्ने काम नभइरहेको उल्लेख गर्दै सचिव सुवालले भारतसत्ग पूर्वी नाका झापा, कात्कडभित्ता, पशुपतिनगरलगायत दक्षिणी नाका विराटनगर र जलेश्वरमा पनि कुनै परीक्षण र लगतको व्यवस्था नगरिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सङ्क्रमित आशङ्का भएकाहरूको क्वारेन्टाइनस्थल मानव वस्तीको बीचमा राख्न नहुने सुझाव दोहो¥याउनुहुत्दै सचिव सुवालले चीनबाट फकाईका विद्यार्थीहरू सङ्क्रमित भएका थिएनन्, चीनले सङ्क्रमितलाई नपठाएको तर नेपालमा बढी हल्ला गरेको बेठीक भएको उल्लेख गर्नुभयो ।
सांसद सुवालले काठमाडौत् उपत्यकामा ८० लाख मानिस बसोबास भइरहेको हुत्दा क्वारेन्टाइन स्थल वस्तीबाट टाढा राख्नुपर्ने र सामान्य अस्पतालमै आइसोलेशन वार्ड व्यवस्था भन्दा वस्तीबाट टाढा अलग उपचारका व्यवस्था गर्नुपर्ने आवश्यकता औत्ल्याउनुभयो ।
उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना सङ्क्रमण रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा भएको बैठकमा सरकारको तर्फबाट डा. विकास देवकोटाले कोरोना भाइरस चमेरोबाट कसरी मानिसमा स¥यो पत्ता नलागेको उल्लेख गर्दै भारतसत्गको ४१ नाकामा हेल्थ डेस्कको विवरण प्रस्तुत गर्नुभयो ।
माघ ९ गते चीनको उहानबाट नेपाल फिर्ता भएका एक नेपालीमा कोरोना भाइरस पोजिटिभ देखिएको र उपचारपछि निको भएको उल्लेख गर्दै डा. देवकोटाले त्यसपछि कसैको पनि पोजिटिभ नभएको बरु अष्ट्रेलियामा १ जना नेपाली र यूएईमा २ जनालाई सङ्क्रमण भएको बताउनुभयो ।
अर्थमन्त्री युवराज खतिवडाले पेट्रोलियम पदार्थ अन्य कच्चा पदार्थ बढी खपत हुने चीनमा खपत घटेकोले पेट्रोलियम पदार्थको मूल्य घटेको उल्लेख गर्दै नेपालको आयात भारत निर्भर भएको हुत्दा नेपालको अर्थतन्त्र प्रभावित नहुने स्पष्ट गर्नुभयो ।
आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न ६ महिनाको लागि भण्डारण रहेको, ग्यास पनि अभाव नभएको उल्लेख गर्दै अनियमित गर्नेलाई कारबाही भइरहेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विभिन्न मुलुकबाट नेपाल फिर्ता हुनेहरू आ–आफ्नो घरमा क्वारेन्टाइन बस्नुपर्ने बताउनुभयो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसत्ग कोरोना भाइरस नियन्त्रण र अन्य वस्तु, आपूर्तिबारे समन्वय भइरहेको उल्लेख गर्नुभयो ।
गृहमन्त्री रामबहादुर थापाले कालोबजारी रोक्न र खुला सीमाबाट हुने सङ्क्रमण रोक्न सशस्त्र र जनपद प्रहरीले निगरानी बढाएको उल्लेख गर्नुभयो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विदेश अध्ययनमा जाने विद्यार्थीको नो अब्जेक्शन लेटर बन्द भएको उल्लेख गर्नुभयो ।
उपप्रम पोखरेलले उपचारमा लाग्ने चिकित्सकलाई जोखिम भत्ता दिने विषय थालनी भएको बताउनुभयो ।
छलफलमा पूर्वप्रमहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, खिलराज रेग्मी, राप्रपाका महन्थ ठाकुर, महेन्द्र राय यादव, राजेन्द्र महत्तो, नेकाका बालकृष्ण खाण, दिव्यमणि राजभण्डारी, गगन थापा, राप्रपाका गीताभक्त जोशी, समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठको उपस्थिति थियो ।
Leave a Reply