भर्खरै :

भक्तपुरमा कोभिड–१९ को प्रतिरोध तयारी

भक्तपुर, २८ फागुन । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित ६ वटा स्वास्थ्य संस्थाहरूः भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, डा. इवामुरा मेमोरियल अस्पताल, सिद्धिस्मृति महिला तथा बाल अस्पताल र जनस्वास्थ्य केन्द्रलाई कोरोना (कोभिड–१९) को सङ्क्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रणको लागि छुट्टै बेडको व्यवस्था मिलाउने सम्बन्धमा पत्राचार गरिएको छ ।
पत्रमा कोभिड–१९ को सङ्क्रमण विश्वव्यापीरूपमा पैmलिने क्रममा रहेको र छिमेकी मुलकुमा यसको प्रभावको कारण नेपाल पनि सम्भावित जोखिम क्षेत्रमा रहेको हुत्दा यस रोगको सङ्क्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रणको लागि यस नगरपालिका क्षेत्रभित्र रहेका सबै अस्पताल, स्वास्थ्य केन्द्रहरूमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी आवश्यक न्यूनतम मात्रामा छुट्टै बेडको व्यवस्था मिलाउन र बिरामीहरूको प्रारम्भिक जात्च, परीक्षण गर्ने र सघन जात्च परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालहरूमा रिफर गरी पठाउने व्यवस्था गर्न तथा कोभिड–१९ को सङ्क्रमण, यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न पनि अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *