राजन
‘अरूलाई परे कुरो आउँछ, आफूलाई परे ज्वरो ।’ उहिलेको यो उखान अहिलेका कुरौटे भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीमाथि लागू भएको छ । तपार्इँले बिर्सनुभयो ? यी नरेन्द्र मोदीको विशेष दूत भएर आएका अहिलेका भारतीय विदेश मन्त्री सुब्रमव्यम जयशंकरले नेपालमा संविधान घोषणा हुने समयमा खुलमखुला नेपाल सरकारका प्रतिनिधिलाई धम्कीको भाषामा संविधान घोषणाको मिति रोक्न दबाब दिएका थिए । फिजीमा भारतीय मूलका प्रधानमन्त्रीलाई त्यहाँको सेनाले अपदस्थ गर्दा त्यसको विरोध गर्ने पहिलो विदेशी राष्ट्र भारत नै थियो । अमेरिकामा गएर भारतीय मूलका अमेरिकीहरूलाई अबको चुनावमा ट्रम्पलाई भोट दिनु भनेर आह्वान गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने मोदीले अहिले विश्वका थुप्रै मुलुकले ‘भारतको आन्तरिक मामिलामा हस्तक्षेप गरेको’ गुनासो गरिरहेका छन् ।
सन्दर्भ हो, दिल्ली दङ्गा । केही दिनअघि भारतको राजधानी दिल्लीमा हिन्दू–मुसलमान दङ्गा भएको थियो । त्यो दङ्गामा ५५ भन्दा बढी व्यक्तिको हत्या हुनुको साथै अरबौँ रूपैयाँको क्षति भएको थियो । दङ्गा विशेषगरी मुसलमान समुदायप्रति लक्षित थियो । मर्नेमा थुप्रै मुसलमान छन् । दङ्गामा भारतीय जनता पार्टीको सरकारको प्रत्यक्ष संलग्नता भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । स्मरण रहोस्, भारतको भाजपा सरकार हिन्दू अतिवादी सङ्घको समर्थनमा छ । त्यहाँका गृहमन्त्री अमित शाहले प्रहरीलाई दङ्गा रोक्न निर्देशन दिनुको सट्टा उल्टै दङ्गा बढाउन उक्साएको विपक्षहरूको आरोप छ । हुन पनि दङ्गा हुनुभन्दा केही दिन अघिदेखि भाजपाका नेताहरू द्वेष फैलाउने भाषण र वक्तव्यबाजी गरिरहेका थिए । जुलुस सभामा आफ्ना कार्यकर्ताहरूलाई विपक्षमाथि गोली हान्न आह्वान गरिरहेका थिए ।

धेरै भएपछि चिनी पनि तितो हुन्छ’ भनेजस्तै यसपालिको दिल्ली दङ्गाले मोदीको सपनामाथि चिसो पानी खन्याउने सम्भावना बढ्दै छ । सदावहार साझेदारी भारतको मित्र इरानसमेतले दिल्ली दङ्गाको विरोध गर्नुबाट ‘अति भएपछि खति हुन्छ’ उखान सार्थक भएको छ । इरानी विदेशमन्त्री मोहम्मद जाभेद जरिफले उर्दू, अरबी र फारसी तीनै भाषामा आफ्ना पिताको लाससँगै रोइरहेको एक बालकको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेर दिल्ली दङ्गाको भत्र्सना गरेका छन् । इरानी विदेशमन्त्रीको उक्त कार्यको विरोधस्वरूप भारतस्थित इरानी राजदूतलाई भारतको विदेश मन्त्रालयले बोलाएर असन्तुष्टि जनाउँदै भारतले भनेको छ, ‘यो हाम्रो आन्तरिक मामिला हो यसमा कसैको हस्तक्षेप स्वीकार्य छैन ।’ यसको प्रत्युत्तरमा इरानका धार्मिक नेताले ‘यसरी कट्टरपन्थी हिन्दूहरू मुसलमानको हत्यामा संलग्न भइरहे भारत विश्वका मुसलमान देशसँग अलगथलग हुनुपर्ने’ अर्को चेतावनी दिए । भारतले जे भने पनि इरान र भारतको सम्बन्ध यतिबेला चिसिएको छ । स्मरणीय कुरा के छ भने भारतको लागि चाहिने पेट्रोलियम पदार्थको ६२ प्रतिशत इरानबाट आयात हुन्छ । इरानसँग आयात गरेको तेलको भुक्तानी अमेरिकी डलरमा गर्नुपर्दैन । यस्तो फाइदाजनक साझेदार देश भारतले गुमाउनुप¥यो भने भारतको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने पक्का छ ।

धेरैको विश्वास के पनि छ भने भाजपा दिल्लीमा भएको विधान सभा चुनावमा नराम्ररी हार भोग्नुपरेको बदलास्वरूप यो दङ्गा गराइएको हो । जब हिन्दू मुसलमानबीच सौहार्दपूर्ण वातावरण बन्दै जान्छ, भाजपाले चुनाव हारेको पुरानो रेकर्डले देखाउँछ । भाजपाको चुनाव जित्ने प्रमुख हतियार भनेकै हिन्दू–मुसलमानबीच बढ्दो वैमनस्यता हो । त्यसैले भाजपाको निम्ति चुनाव जित्नको लागि सधँै हिन्दू–मुसलमान एजेण्डालाई जीवित राख्नु अपरिहार्य छ । दङ्गाको पछाडिको प्रमुख कारण पनि यही हुन सक्छ ।
अहिलेका प्रधानमन्त्री मोदीको इतिहास नै दङ्गासँग जोडिएको छ । सन् २००२ मा गुजरातमा भएको हिन्दू–मुसलमान दङ्गाको प्रायोजक नै मोदी हुन् भन्ने धेरैको विश्वास रहेको छ । उक्त दङ्गामा लगभग २ हजार मान्छेको ज्यान गएको अनुमान छ । तीमध्ये धेरै मुसलमान थिए । दङ्गाको समयमा मोदी गुजरातको मुख्यमन्त्री थिए । त्यतिबेला पनि मोदीले चाहेको भए दङ्गा रोक्न सक्थे । तर, तत्कालीन एक सुरक्षा प्रमुखको भनाइअनुसार दङ्गा नियन्त्रण गर्नेबारे सुरक्षा बैठकमा मोदीले हिन्दूहरूलाई मुसलमानविरुद्ध रिस फेर्ने अवसर दिनुपर्छ भन्दै दङ्गा नियन्त्रण नगर्न अप्रत्यक्ष रूपमा सुरक्षाकर्मीलाई दबाब दिएका थिए । यस्तै गतिविधि गरेरै सत्तामा आउन सफल मोदीको लागि यस्ता दङ्गा नै चुनावी रणनीतिको मुख्य आधार हो । एक पटक चोर्न सफल भएपछि चोर फेरि–फेरि चोर्न उत्साहित हुन्छ भनेजस्तै मोदीलाई अरूको ज्यानमाथि नङ्गा नाच देखाउँदै आफ्नो सत्ता टिकाइ राख्ने बानी परिसकेको छ ।
‘धेरै भएपछि चिनी पनि तितो हुन्छ’ भनेजस्तै यसपालिको दिल्ली दङ्गाले मोदीको सपनामाथि चिसो पानी खन्याउने सम्भावना बढ्दै छ । सदावहार साझेदारी भारतको मित्र इरानसमेतले दिल्ली दङ्गाको विरोध गर्नुबाट ‘अति भएपछि खति हुन्छ’ उखान सार्थक भएको छ । इरानी विदेशमन्त्री मोहम्मद जाभेद जरिफले उर्दू, अरबी र फारसी तीनै भाषामा आफ्ना पिताको लाससँगै रोइरहेको एक बालकको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेर दिल्ली दङ्गाको भत्र्सना गरेका छन् । इरानी विदेशमन्त्रीको उक्त कार्यको विरोधस्वरूप भारतस्थित इरानी राजदूतलाई भारतको विदेश मन्त्रालयले बोलाएर असन्तुष्टि जनाउँदै भारतले भनेको छ, ‘यो हाम्रो आन्तरिक मामिला हो यसमा कसैको हस्तक्षेप स्वीकार्य छैन ।’ यसको प्रत्युत्तरमा इरानका धार्मिक नेताले ‘यसरी कट्टरपन्थी हिन्दूहरू मुसलमानको हत्यामा संलग्न भइरहे भारत विश्वका मुसलमान देशसँग अलगथलग हुनुपर्ने’ अर्को चेतावनी दिए । भारतले जे भने पनि इरान र भारतको सम्बन्ध यतिबेला चिसिएको छ । स्मरणीय कुरा के छ भने भारतको लागि चाहिने पेट्रोलियम पदार्थको ६२ प्रतिशत इरानबाट आयात हुन्छ । इरानसँग आयात गरेको तेलको भुक्तानी अमेरिकी डलरमा गर्नुपर्दैन । यस्तो फाइदाजनक साझेदार देश भारतले गुमाउनुप¥यो भने भारतको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने पक्का छ ।
यसैगरी संसारभरका मुसलमान राष्ट्रहरूको सङ्गठनले पनि दिल्ली दङ्गालाई लिएर भारत सरकारको विरोध गरेका छन् । उक्त सङ्गठनमा कुल ५७ राष्ट्र छन् । यी राष्ट्रहरूसँगको भारतको कुल वैदेशिक व्यापार २६२ अर्ब डलर छ जुन अमेरिकासँगको भन्दा पनि बढी हो । यदि यी राष्ट्रहरूले भारतसँग हुने व्यापार बन्द वा कमीमात्र ग¥यो भने पनि भारतीय अर्थतन्त्रको मेरुदण्ड भाँचिने निश्चित छ । भारतीय कदमको विरोधकै क्रममा टर्कीका राष्ट्रपतिले त खुलेरै भारत नरसंहारकारी देश भनेर विरोध गरेका छन् ।
मुलसमान राष्ट्रमात्र होइन, संयुक्त राष्ट्र सङ्घको मानव अधिकार कमिशनले समेत दिल्ली दङ्गा र नागरिकता कानुनको सम्बन्धमा भारतीय सर्वोच्च अदालतलाई निर्णय गर्नुभन्दा अगाडि सबै पक्षको विचार मनन गर्नु भनेर खुलेर हस्तक्षेप गरेको छ । बेलायतका एक मन्त्रीले पनि दिल्ली दङ्गाको बारेमा बेलायतले भारतसँग वार्ता गर्नुपर्ने माग गरेका छन् ।
विश्वमञ्चमा भारतको महत्व बढेको र विदेशमा भारतीय नागरिकहरूको सम्मान बढेको भनेर मोदी भारतीय जनतासँग झूठ बोलिरहँदा भारत विश्वमा एक नरसंहारकारी राष्ट्रको रूपमा बदनाम भइरहेको छ । पहिला भारत ‘संसारको सबभन्दा ठूलो प्रजातान्त्रिक देश’ भनेर पनि चिनिन्थ्यो । तर, अहिले ‘अल्पसङ्ख्यक जनतामाथि दमन गर्ने देश’ भनेर प्रचारित भइरहेको छ । अझ कतिले त भारत जर्मनीको हिटलरजस्तै फासिस्ट र इटालीको मुसोलिनीको बाटोतिर गइरहेको टिप्पणी गरेका छन् । यस सन्दर्भमा भारतकै सांसद महुवा मोहीत्राले भारतीय संसद्मा मोदी सरकार ‘फासिस्ट’ भन्दै ७ आधारको चित्रण गरेका थिए ।
“मै हुँ” भन्दै सबै छिमेकीमाथि प्रभुत्व कायम गर्नेे मोदीले आफ्नो विदेश नीतिमा परिवर्तन गर्नुपर्छ अन्यथा छिट्टै भारत संसारबाट अलग ठलग हुने समय धेरै टाढा नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *