सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
– शर्मिला पाठक
काठमाडौँ, २८ फागुन । सडक सफा गर्न काठमाडौँ महानगरपालिकाले वुमर (यान्त्रिक कुचो) सञ्चालनमा ल्याएको एक वर्ष बितेपनि अपेक्षा अनुरुप यहाँका सडक सफा देखिँदैन ।
कामपाले हालसम्ममा ब्रुमरमन्त्रमार्फत सडक सफा गरेर ५ हजार ७९ टन धुलो सङ्कलन गरिसकेको छ । पानी परेको दिनबाहेक अन्य दिन अहिले दैनिक सात यन्त्रले सडक सफा गरिरहेको छ । कामपाले बु्रमर सञ्चालन गरेको एक वर्ष हँुदासम्म महानगरको सडकमा धुलो कम भएको छैन । बाहिरी ठूला सडकमा केही कम भए पनि भित्री सडकमा एकपटक पनि उक्त यन्त्र पुगेको छैन ।
कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बाहिरी सडकमा सहजरूपमा ब्रुमर सञ्चालन गर्ने अवस्था रहेको भए पनि भित्री सडकमा अझै पनि सहजरूपमा सञ्चालनको अवस्था छैन । जसले गर्दा यातायातको साधनमार्फत भित्री सडकको धुलो ठूला सडकमा आउँछन् र फोहर देखिन्छन् ।
सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ । महानगरले सुन्दर सहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । गत फागुन २८ गते इटालीबाट ल्याइएका उक्त यन्त्र प्रयोगमा ल्याइएका हुन् । बु्रमर सञ्चालनका लागि कामपाले पाँच वटा सडक निर्धारण गरेको छ । सोही रुटअनुरुप काम गरिहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहँुदा समस्या भएको बताइएको छ ।
महानगर क्षेत्रमा पर्ने सबै खाल्डाखुल्डी पुर्ने काम कामपाको नभएको जनाइएको छ । आठ मिटर कम चौडाका सडकमात्र कामपाको अधिकारभित्र पर्दछ, बाँकी अन्य सडक विभाग मातहतमा पर्दछ । पछिल्लो समय सडक विभागले ठूला सडकको खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ । सडकको मुख्य स्थान न्यूरोड, रत्नपार्क, जमल, कालिमाटी कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायतका स्थानमा खाल्डाखुल्डी विभागले पुरिरहेको छ । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गर्दै आएको थियो । महानगरसँग यसअघि रहेको एक बु्रमरले पानी नपरेको दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सडक सफा गर्दै आएको छ । ती ब्रुमर रु. १० करोड ८० लाखमा ल्याइएको हो ।
पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ । ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताका रहेका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।
खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कूल, रानीपोखरी, काठमाडौँ भ्यूटावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगर वातावरण विभागले जनाएको छ ।
स्थानीयवासीको गुनासो
कामपाका नागरिकले भने बु्रमर प्रयोगमा आए पनि सडक सफा नभएको भन्दै गुनासो गरेका छन् । कालिमाटीका स्थानीयवासी विष्णु कँडेलका अनुसार बु्रमर सञ्चालनमा आएको एक वर्ष हुँदासम्म सहरमा अपेक्षाअनुरुप धुलो कम हुनसकेको छैन । समस्या जस्ताकोतस्तै छ । “यही अवस्था रहिरहने हो भने महँगो रकम खर्च गरेर बु्रमर खरिद गर्नुको कुनै अर्थ छैन”, कँडेलले भन्नुभयो ।
Leave a Reply